इन्धन, औषधि, ग्याास, अभाव, महंगी, असुरक्षाबाट नेपाली जनता आक्रान्त राष्ट्रको नाममा आएको प्रधानमन्त्री ओलीको सम्बोधन हावादारी र विगतकै सरकारको निरन्तता

धरान/आवश्यकता भन्दा बढी तामझाम, जनताका दैनिक आवश्यकता सहजीकरण, नेपालले भोग्नु परेका समस्याका बारेमा कुनै शब्द खर्च नगरी देशबासीका नाममा कार्तिक २९ गते आइतबार प्रधानमन्त्री खड्गप्रसाद ओलीले गरेको सम्बोधनलाई यहााका सर्वसाधारण, उद्योगी, व्यवसायीहरुले हावादारी र विगतका सरकारकै
निरन्तताका रुपमा लिएका छन् ।
मधेशवादी दलहरुको तीन महिनादेखिको आन्दोलनका कारण मुलुकको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । इन्धन, आषधि, खाना पकाउने ग्याास, कलो बजारी, महंगी र बढ्दो असुरक्षाले आम सर्वसाधारण, उद्योगी व्यवसायी सरकारप्रति आक्रान्त र आक्रोसित बन्न पुगेका छन् । ग्याास अभावले अधिकांश नपालीको घरमा चुल्हो बल्न छाडेको छ, द दाउरा समेत सरकारले उपलब्ध गराउन सक्दैन, औक्षदधि अभावमा विरामीहररुको ज्यान जान थालेको छ, इन्धन अभावले यातायात सञ्चालन हुन छाडेको छ । तर सरकार यी यावत समस्याको समाधान गर्नुको सट्टा चाइना कार्ड प्रयोग गरेर हावादारी सम्बोधन गरेर बसेको छ । सुनसरी उद्योग वाणिज्य संघ धरानका वाणिज्य सचिव गिरिधारी सापकोटाको कथन छ ।
समाजसेवी समेत रहनु भएका सापकोटा भन्नुहुन्छ प्रधानमन्त्रीको सम्बोधन हावादारी देखियो । भारतसाग वार्ता गरेर सहज रुपमा दैनिक उपभोग्य वस्तु, कच्चा पदार्थ ल्याउने सुनिश्चितता, मधेशवादी दलसाग विगतका सहमति अनुरुप सार्थक वार्ता गर्न सरकारले पहल गर्ला भन्ने प्रधानमन्त्रीको सम्बोधन अगाडि धेरैले अनुमान गरेका थिए । तर त्यस्तो देखिएन । राजधानीमा मेट्रो रेल सञ्चालन, एक बर्षभित्र देशलाई लोड सेडिङ्ग मुक्त गर्ने कुरा हावादारी हुन् । यस्ता हावादारी गफ यस भन्दा अगाडिका सरकारले पनि गर्दै आएका थिए । कुनै योजना, पूर्वाधार विनाको सम्बोधनलाई उद्योगी व्यवसायीले सिरियस्ली रुपमा लिएकै छैनन्, सापकोटाले भन्नुभयो । चाइनाबाट सामान ल्याउने भनेर फलाक्ने तर त्यहा सम्मको सडकको अवस्था नबुझ्ने, सडकका लागि रकम विनियोजन नगर्ने काम सम्बोधनमा भएको छ । उहााले भन्नुभयो सप्तकोशीमा चतरापुल बन्यो तर बाटो नभएकेले यातायात सञ्चालन हुन सकेको छैन , यस्ता हावादारी गफ गरेर जनता झुक्याउनु हुादैन, सापकोटाको कथन थियो ।
सापकोटाकै जस्तो कथन छ, सुनसरी उद्योग वाणिज्य संघ धरानका पूर्व अध्यक्ष विजय डाागाको । उहाा भन्नुहुन्छ प्रधानमन्त्री ओलीको सम्बोधनको कुनै औचित्य छैन । जनताले ग्याास, डिजल, पेट्रोल, औषधि पाएका छैनन, यस्तो बेला जनताका आधारभूत आवश्यकतालाई कसरी सहज बनाउन सकिन्छ भन्ने तर्फ कदम चाल्नुपर्नेमा
राजा महाराजा जस्तो गरेर सम्बोधन गर्नु औचित्य नै छैन , राष्ट्र र जनताका नाममा कुनै राम्रो काम गर्दा आइपरेका समस्याको समधान गर्दा राष्ट्रमा सम्बोधन गर्ने हो । प्रधानमन्त्री ओलीले केचाहिा त्यस्तो काम गरेका छन् र सम्बोधन गर्ने ? यहाा भन्दा लज्जास्पद र विडम्बना अरु केही हुन सक्दैन । अहिले सरकार चाइना कार्ड प्रयोग गर्न खोजिरहेको छ । तर यसमा पनि सफल हुन सकेको छैन , पछिल्ला दिन चाइनाले पनि नेपाल सरकारको आग्रहलाई वेवास्ता गर्न थालेको देखिदै छ । उहाा भन्नुहुन्छ चाइना कार्ड नेपालमा कहिल्यै सफल भएको छैन । विगतमा राजाले पनि चाइना कार्ड प्रयोग गरेकै हुन् ।
सापकोटा र डाागाकै जस्तो कथन छ, इटहरी उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् समाजसेवी सुनिलकुमार अग्रवालको । उहाा भन्नुहुन्छ प्रधाचनमन्त्रीको सम्बोधन सरकारको नीति तथा कार्यक्रम जस्तो लाग्यो । सरकारले जबसम्म देशमा राजनैतिक स्थिरता कायम गर्न सक्दैन तबसम्म मुलुक अस्थिर रहन्छ र जनताले दु:ख पाइरहन्छन् । उहाा भन्नुहुन्छ प्रधानमन्त्री ओलीको खोक्रो सम्बोधनले कुनै कुराको सम्बोधन हुन सक्दैन । सरकारमा बस्नेहरु यतिबेला आफ्नो विकासका लागि मात्र लागि परेका छन् । देश विकास, जनताको हितप्रति उनीहरुको कुनै भिजन नै देखिएन । तीन महिनादेखि देशमा यत्रो समस्या देखिएको छ तर त्यसलाई समाधान गर्न प्रधानमन्त्री ओलीको सम्बोधन उन्मुख देखिएन । यो विडम्बना नै हो । यसैगरी सुनसरी उद्याग वाणिज्य संघ धरानका सदस्य मानिक सुराना भन्नुहुन्छ प्रधानमन्त्री खड्गप्रसाद ओलीको सम्बोधनको कुनै औचित्य छैन । उनको सम्बोधन जनतालाई ललिपप देखाएर झुक्याउने खालको मात्र देखियो । सरकारले आपूर्ति सहज बनाउने कुरा सम्बोधनमा कही कतै गरेको छैन । उहाा भन्नुहुन्छ यो सरकारले आपूर्ति सहज गराउला भन्ने विश्वास पनि छैन , उहााको कथन थियो हामीले भोको पेटले कतिदिन
सरकारको हावादारी गफ सुनेर बस्ने ? सरकार जिम्मेवार हुनुपर्छ, हावादारी गफ गरेर मुलुक चल्दैन ।
यहाा स्मरणीय कुरा के छ भने दुई महिनादेखि इन्धनको सहज आपूर्ति हुन नसक्दा बोतल पेट्रोल पम्पहरु जताततै खुलेका देखिन्छन्, भएका पेट्रोल पम्पहरुले डिजेल, पेट्रोल छैन भनेर घुम्टो ओढेका छन् भने सडकमा खुलेआम बोतलमा भरिएका पेट्रोल, डिजेलको कालो बजारी भइरहेको छ । भारतको अघोषित नाकाबन्दीका कारण तेल, ग्याास लगायतको आपूर्ति हुन नसकेको गफ सरकारले गरिरहेको भएपनि यस
कुरालाई पूर्ण रुपमा मान्न पूर्वका सर्वसाधारण तयार छैनन् । भारतले अघोषित नाकाबन्दी गरेको भनिए तपानि पूर्वी जोगबनीबाट मात्र १ सय ४५ ट्यांकर पेट्रोल, ४ सय ७७ ट्यांकर डिजल, १ सय ४२ बुलेट ग्याास भित्रिएको छ । आयल निगम स्रोतका अनुसार जोगबनी नाकाबाट भित्रिएको पेट्रोलमध्ये १ सय ८ ट्यांकर, डिजेल ३ सय ५७ ट्यांकर र १ सय ६ बुलेट ग्याास काठमाण्डौ लगिएको छ । एउटा नाकाबाट मात्र आयात भएको यत्तिका ग्याास, डिजेल, पट्रोल काठमाण्डौ लगिएको छ भने अन्य नाकाबाट भित्रिएका समेत काठमाण्डौ पुर्‍याइएको छ । यतिका ग्याास, डिजेल, पेट्रोल
राजधानी भित्रिए पनि राजधानीका सर्वसाधारणले पाउन सकेका छैनन् , सोमबार सम्म काठमाण्डौ, पठाइएको परिणममात्र २१ लाख ६० हजार थियो , जुन चाइनाले दिएको १३ लाख लिटर पेट्रोल भन्दा ज्यादा हो । यतिका इन्धन, ग्यास कित मन्त्री, तिनका आसेपासे, सचिव तिनका आसेपासेले प्रयोग
गरेका छन् कि आयल निगमले नै तस्करी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया