राजधानी/मधेशवादी दलहरुको आन्दोलनका कारण भारतबाट इन्धन आपूर्ति हुन नसकेपछि नेपालले चीनसाग इन्धन सम्झौता गरे तापनि चीनबाट इन्धन ल्याउन नसकिने नेपाल सरकारका उच्च पदस्थ कर्मचारी र आयल निगमका कर्मचारीहरुले बताएका छन् ।
चरम इन्धनको समस्या व्यहोरिरहेको नेपाललाई चीनले १ हजार मेट्रिक टन पेट्रोल अनुदानमा दिने घोषणा गरेको थियो । तर अनुदानको तेल ल्याउन समेत नेपालले सकेको छैन । अनुदानको पेट्रोल लिन नेपाल आयल निगमका उच्च पदस्थ अधिकारी, नेपाल आयल निगमका कर्मचारी, नेपाल स्थित चिनियाा दूतावासका कर्मचारी, चीनका लागि नेपाली राजदूत महेश मास्के सडकको अवस्था, केरुङ्ग सिगात्सेको मौसमी वातावरण देखेर अवाक भएका थिए ।
अनुदानको इन्धन लिन समेत नसकिने अवस्था देखियो आयल निगमका एक कर्मचारीले धरान साप्ताहिकसागको टेलिफोन वार्तामा भने । चीनले दिने एक हजार मेट्रिक टन पेट्रोलमध्ये एक सय मेट्रिक टन अर्थात २७ हजार लिटर पेट्रोलमात्र ३ वटा गाडीमा लोड गर्न सकियो । पेट्रोल चाइना र नेपालस्थित चिनियाा दुतावासका अधिकारीले केरुङ्गमा नेपाल आयल निगमका पदाधिकारीलाई ३ वटा ट्यांकरमा २७ हजार लिटर पेट्रोल हस्तान्तर गरेका थिए । ती अधिकारीले आफ्नो नाम उल्लेख नगर्नेै शर्तमा भने कार्तिक, मंसिर, पुष, माघ चार महिना हिउाले र जेष्ठ, असार, साउन, भदौ अर्को चार महिना बर्षाद्का कारण केरुङ्ग सिगात्से बाटो अवरुद्ध हुने रहेछ । यस्तो अवस्थामा चीनबाट नियमित तेल ल्याउने कल्पनै गर्न सकिदैन उनले भने । अनुदानका बााकी तेल कहिले आइपुग्छ त भन्ने हाम्रो जिज्ञासामा उहााले भन्नुभयो, एक दुई हप्ता लाग्ला । अहिले त्यहाा हिउा पर्न शुरु भएको छ । उहााले थप्नुभयो, नेपालका ट्यांकरहरु सिधै चीनको केरुङ्ग प्रवेश गर्न पाउादैनन् । चिनियाा ट्यांकरले सिगात्सेबाट केरुङ्गसम्म ल्याएर नेपालका ट्यांकरमा पुन लोड गर्नुपर्छ । अर्कोतर्फ सडकको दुरावस्थाका कारण पनि चिनियाा तेलले नेपाली बजार धान्ला भन्ने विश्वास लागेन उहााले भन्नुभयो ।
