सर्वसाधारण चरम महंगीको मारमा : नालायक सरकार मुकदर्शक

धरान/सरकारको नालायकीपन र मुकदर्शकसागै मधेशमा जारी आन्दोलनका कारण खाद्यान्न लगायत अन्य दैनिक उपभोग्य सामान भारतबाट सहज आपूर्ति हुन नसक्दा यतिबेला पूर्वञ्चलमा महंगीसागै कालोबजारी मौलाएको छ ।
स्थानीय स्तरमा बजार अनुगमनको अधिकार पाएका निकायको मौनताले कालो बजारी गर्नेलाई थप बल पुगेको छ । अन्य समय बडो फूर्तिफार्ती गर्दै अनुगमन गर्ने कथित निकाय तिनै कालो बजारीको पक्षपोषणमा लागेको उपभोक्ताले आरोप लगाउन थालेका छन् ।
महंगीले दैनिकी धान्नै नसकिने अवस्था भयो धरान १७ की सुकमाया वनेमले भनिन् । विहान बेलुका चाहिने सामानमा अत्याधिक महंगी र कालो बजारी बढेको छ । सुकमायााकै जस्तो गुनासो छ धरान १३ सुकुम्बासी बस्तीकी नरमाया विष्टको । बजारमा दैनिक उपभोग्य सामानको अभाव र मूल्य वृद्धि हुनुमा यतिबेला सर्वसाधारण
सरकारको नालायकपन नै प्रमुख रहेको बताउाछन् । हुन पनि यतिबेला बजारमा कुनै सामान छोइसक्नु छैन । सुनसरी डिलर तथा थोक व्यवसायी संघका महासचिव तथा सुनसरी उद्योग वाणिज्य संघका सदस्य सीताराम आचार्य भन्नुहुन्छ देशको अवस्था दिनप्रतिदिन कहाली लाग्दो बन्दै गएको छ । सरकार राज्यकोषको लाखौ रुपैयाा खर्च गरेर भोज खादै माला लगाएर बस्छ । यहााभन्दा विडम्बनापूर्ण अवस्था अरु केही हुन सक्दैन । उहाा भन्नुहुन्छ सरकारका लागि नागरिकको दैनिकी पहिलो प्राथमिकतामा पर्नुपर्ने हो तर त्यसो हुन सकेको छैन । उहाा भन्नुहुन्छ जुन जोगी आएपनि कानै चिरेको ।
सरकारप्रति जन आक्रोस बढ्न थालेको छ । साल्टट्रेडिङ्ग मार्फत सरकाले नै व्यापार गर्दै आएको नुन, चिनी, घ्यु,
रिफाइनमै कालो बजारी भइरहेको छ । सरकार आफै कालो बजारी गर्न उद्यत देखिएको छ आचार्य भन्नुहुन्छ, मधेश आन्दोलन शुरु भएपछि र त्यसपभन्दा अगाडिको दैनिक उपभोग्य सामानको मूल्य हेर्दा जोकोर्ही आक्रोसित हुनु स्वभाविक हो ।
यो मूल्य वृद्धि अचाक्ली हो । मूल्य वृद्धिका विरुद्धमा अब आम नागरिक सडकमा आउनुको विकल्प छैन । दुई महिनाकै अन्तरालमा यो अचाक्ली मूल्य वृद्धि किन त भन्ने जिज्ञासामा आचार्य भन्नुहुन्छ मूख्य समस्या ढुवानीको हो । दुई महिना अगाडि १ क्विन्टल सामान विराटनगरबाट धरान ल्याउदा रु ३० ढुवानी भाडा लाग्थ्यो भने हाल रु १ सय लिन्छन् । रु ८० को डिजल ब्लाकमा किन्दा रु २ सय पर्छ । यसो भएपछि मूल्य नबढेर के घट्छ त ? आचार्यको प्रश्न छ ।
उता इटहरीका पुराना व्यवसायी एवम् समाजसेवी सुरजकिशन मुन्घडा भन्नुहुन्छ समस्या अत्यन्तै कहाली लाग्दो अवस्थामा पुगिसकेको छ । सरकारले लचकता देखाएर समस्याको चाडै हल गर्नुपर्छ । नत्र देश धेरै पछाडि जान्छ । हामी हिजो पनि भिख माग्ने थियौ भोलिका दिनमा पनि भिख माग्ने समेत रहादैनौं । यहाा स्मरणीय कुरा के छ भने यतिबेला उत्पादन घटेको वा उत्पादन नभएको भन्दै उद्योगहरुले व्यापारीहरुलाई अन्डर विल दिने काम समेत
गरिरहेका छन् । विर्जु केडियाकोहरिवन स्थित रहेको राजन सुगर मिलबाट उत्पादन भएको राजहंस चिनीको ५ हजार ८ सयको अण्डर विल दिने गरेको छ । यो त एउटा उदाहरण मात्र हो मुन्घडा भन्नुहुन्छ । देश प्रति कोही बफादार देखिएनन् । राम भरोसेले देश चलिरहेको छ ।उहाा भन्नुहुन्छ रहण दाल, मुंग दाल, कालो दादको मूल्य छोइ नसक्नु छ किनेर टीका लागाउन सक्ने अवस्था समेत छैन ।

तपाईको प्रतिक्रिया