रोम सहर जलिरहदा त्यहााका समा्रट निरो बासुरी बजाएर आनन्द लुटिरहेका थिए भन्ने विश्व इतिहासमा उल्लेख छ ।
रोमको उक्त ऐतिहासिक कथन वर्तमान अवस्थामा नेपालको सरकारको चर्चा गर्दा हुवहुा मेल खान पुगेको छ ।
यतिबेला नेपाल अभावै अभावबाट गुज्रिरहेको छ , सर्वत्र डर, त्रास र भय व्याप्त छ । तराई मधेशमा झण्डै ३ महिनादेखि
जारी आन्दोलनले मानिसका लागि चाहिने अत्यावश्यक वस्तुको अभाव छ , यातायातका साधन इन्धन अभावका कारण चल्न सकेको छैन, उद्योग धन्दा, कलकारखाना, कच्चा पदार्थ
असुरक्षाका कारण ठप्प हुादा लाखौ मजदुरहरु भोकभोकै बस्न बाध्य छन्, विद्यालयहरु सबै प्राय: ठप्प छन् जसका कारण भोलिका देशका कर्णधार भनिने बालबालिका पठन पाठनबाट बञ्चित भएका छन् ।
कुनैपनि राज्यका लागि वर्तमान अवस्थामा यातायात, उद्योग, कलकारखाना, विद्यालय बन्द हुनु अन्धकार तर्फको यात्रा हो । यी समस्या राज्यको प्राथमिकतामा सदैव रहनु पर्दछ । तर वर्तमान सरकार रोमका सम्राट झै राज्यको ढुकुटीमा पौडी खेलेर राजधानीमा मात्र रमाएको छ । राजधानीबाहिर पनि नेपाल छ, राजधानी बाहिर पनि नेपाली जनता छन् भन्ने सोच नै वर्तमान सरकारमा देखिएन । सत्तामा मडारिएकाहरुका लागि खाना पकाउने ग्याास, पजेरो, प्राडो, मर्सिटिज चढ्नका लागि इन्धन राज्य स्रोतबाट अभाव हुन नदिएको अवस्थामा आम नेपालीले भोग्ग्नु परेको पीडाको अनुभूति नै यिनीहरुमा भएन । आम नागरिकले भोग्नुपरेको यो सकस र सास्तीपूर्ण समयमा प्रधानमन्त्री केपी ओली लगायतका प्रवृत्तिहरु दैनिक भोजमा रमाउादै छन् । यो सकसपूर्ण अवस्थामा तामझामका साथ भोज भतेरको आयोजना गर्दा आम नेपालीमा कस्तो सन्देश जाला भन्ने थोरै सोच पनि देशको कार्यकारी प्रधानमन्त्रीमा देखिएन ।
लाखौ खर्च गरेर आयोजना गरिएको भोजले वर्तमान सरकार अहिले सम्मकै सर्वाधिक नालयक, निकम्बा, विवेकहीन, असम्वेदनशील, पतित, पत्रुको कोटीमा दर्ज भएको छ । यो समय भोज गरेर रमाइलो गर्ने बेला हुादै होइन । सम्पूर्ण
नागरिकहरु पीडत भएको यो घडीमा कुन कुसियाली प्रयोजनका लागि भोज गरिएको हो ? नागरिकको पीडाभाथि खुशी व्यक्त गर्ने ? आÏना नागरिकको समान्य आधारभूत आवश्यकता समेत पूरा गर्न नसक्ने सरकार वास्तवमा भोज खाएरै रमाइलो गर्छ । किनकि उसलाई थाहा छ सत्तामाथिको घोडा चढाई दीर्घकालीन हुन सक्दैन । आफ्ना वहिर्गमनको समय अगावै सत्ताको भरमार दोहन गर्नु नै केपी ओली प्रवृत्ति देखिएको छ । नेपालकै इतिहासमा यति लामो आन्दोलन कहिल्यै भएको छैन तर ओली सरकार समस्या समाधानको लागि थोरै पनि संवेदनशील देखिएको छैन । एकजनाको अवरोधले सय जनाले दु:ख पाउाछन् भने एकजनाले बाटोबाट हटाएर सय जनाको दैनिक सहज बनाउनुपर्छ । तर ओली सरकारबाट त्यो अब सम्भवै देखिएन । हुने विरुवाको चिल्लो पात भन्छन् तर सरकार गठन नै भताभुंग र फुस्रो ढंगले भएको छ । यो अवस्था अझ केही दिन रहयो भने मुलुकका अन्य क्षेत्रका बासिन्दा समेत भोलि सरकारका विरुद्धमा उत्रने छन् । त्यो अवस्था कस्तो हुनेछ कल्पना समेत गर्न सकिदैन ।
