अनौठो कपडा, महिलामाथि गिद्धेदृष्टि लगाउने पुरुषलाई ठाउाको ठाउा पार्ने

अब महिलामाथि गिद्धेदृष्टि लगाउने पुरुषलाई अप्ठेरो पर्नेवाला छ । महिलाहरुले लगाउने यस्तो कपडाको निर्माण गरेको छ जसले महिलालाई घुरेर हेर्ने पुरुषलाई ठाउाको ठाउा पानीपानी पार्नेछ ।
महिलाको जिउमा लगाइएको यो कपडा पुरुषले महिलामाथि गिद्धेनजर लगाउादा बित्तिकै आफ्नो आकार बदल्छ । उक्त कपडामा यस्ता ग्याजेट तथा फाइबरको प्रयोग गरिएको छुन फैलिने र खुम्चिने गर्छ । जसका कारण महिलाको जिउमाथि गिद्धेनजर लगाउने पुरुषलाई जवाफ दिादै यो कपडा खुम्चिएर सातो लिन्छ ।
डेलीमेलका अनुसार यो टपरमा एउटा गोप्य क्यामरा तथा माइक्रोकन्ट्रोलर समेत जडान गरिएको हुन्छ । यसले घुर्नेवाला व्यक्ति महिला वा पुरुष को हो भन्ने कुरा पत्ता लगाउाछ । साथै त्यसरी घुरेर हेर्ने मानिसको उमेर र उसले कुन दिशामा हेरेको छ भन्ने कुराको पनि जानकारी दिन्छ ।
यो कपडाले महिलाको जिउको कुन भागमा पुरुषले गिद्धेनजर लगाएको छ भन्ने कुराको पनि जानकारी दिन्छ । अमेरिकाको साउदर्न क्यालिफोर्निया विश्वविद्यालयकी विद्यावारिधीको विद्यार्थी समेत रहेकी बेहनाज फराही नामका डिजाइनरद्धारा बनाइएको उक्त कपडा थ्री डी प्रिन्टिंगको सहायताले निर्माण गरिएको छ । यद्यपि यो कपडा कहिल बजारमा आउाछ भन्ने जानकारी भने दिइएको छ । तर भविष्यमा महिलामाथि हुने यौनहिंसा कम गर्न यसले सहयोग गर्ने भने विश्वास गर्न सकिन्छ । स्मरण रहोस् उनै डिजाइनरले यसअघि थ्री डी प्रिन्टिंगबाट हेलमेट तथा कलर बनाएका थिए ।

तपाईको प्रतिक्रिया