क्यान्सर पीडित सुनिता थामीलाई सहयोग गर्नेको संख्यामा वृद्धि

धरान/ एक सीमान्तकृत युवती क्यान्सर रोगले थला परेपछि अहिले विभिन्न सामाजिक संघ संस्थाले सहयोग रकम जुटाउन थालेका छन् ।
६ महिना अगाडि ढाडमा मासु पलाएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण
गरेपश्चात क्यान्सर भएको थाहा पाएपछि अस्पतालले चितवनको भरतपुरको क्यान्सर अस्पतालमा उपचार गर्न लान सल्लाह दिएपछि सुनिता थामीका परिवार चिन्तित बनेका थिए ।
ज्याला मजदुरी गरेर परिवार गुजारा गर्दै आएको परिवारका लागि लाखौ खर्च लाग्ने चिकित्सकले बताएपछि छागाबाट खसेझै भयो । ३ जनाको परिवारलाई जेनतेन उनका श्रीमान सुरज विकले ज्याला मजदुरी गरी पालनपोषण गरेपनि उपचार खर्च भने नभएपछि सहयोगको लागि सबैसंग आग्रह गर्दै आएका छन् ।
उनीहरुको समस्यालाई धरानको महिला सञ्जालले केही भएपनि सहयोग गरेको छ । उनीहरुको पीडालाई थप मल्हमल लगाउन सञ्जालले ४ महिना अगाडि थामीलाई सहयोग गर्न आग्रह गर्दै पत्रकार सम्मेलन गरेपछि भने उनलाई सहयोग गर्ने दाताहरु धेरै देखिए । पत्रकार सम्मेलनमा सञ्जालका तर्फबाट १० हजार रुपैया सहयोग गरेपछि उनलाई १ लाख ३० हजार रुपैया सहयोग आइसकेको छ ।
हालसम्म एक लाख खर्च भइसकेको पीडितको परिवारले सोमबार धरानमा पत्रकार सम्मेलन गरी जानकारी दिए । क्यान्सर अस्पतालले १४ पटक किमो
थेरापी गर्नुपर्ने भन्दै आएपनि अहिलेसम्म ४ पटकमात्र भएको रकम सिद्धिसकेको भन्दै पुन सहयोगको लागि उनीहरुले आग्रह गरेका छन् ।
यसैबीच सञ्जालले गरेको सहयोगका पहल अनुरुप सोमबार समेत थामीलाई ४५ हजार रुपैया सहयोग जुटेको छ । कतारमा काम गर्ने नेपालीहरुले अरुणकुमार केसीको पहलमा ३२ हजार र सुनसरी सृजनशील परिवारले सञ्चालन
गरेको सृजनशील बचत तथा ऋण सहकारी संस्था लिले १३ हजार सहयोग गरेको छ ।
राज्यले सीमान्तकृत वर्गमा
राखेकालाई सहयोग गर्ने भने पनि थामीको विषयमा केही सहयोग नगरेको सञ्जालकी अध्यक्ष शिला बज्राचार्यले जानकारी दिनुभयो । उहाले सकेसम्म सञ्जलाले थामीको सहयोगको लागि पहल गरिदिने समेत जानकारी
दिनुभयो ।
उहाले अन्यन्तै निम्न परिवारका थामीलाई सहयोग गर्न सबैसंग आग्रह समेत गर्नुभयो ।
त्र

तपाईको प्रतिक्रिया