बहुराष्ट्रिय उत्पादन कोलगेट टोटल टुथपेष्टमा गिजाको रोगसंग लड्नका लागि प्रयोग गरिएको रासायनिक पदार्थमा क्यान्सर गराउने तत्व रहेको पाइएको
छ । बेलायतको डेलीमेल अनलाइनमा जनाइएअनुसार कोलगेट टोटलमा प्रयोग गरिएको ट्राइक्लोसान नामक तत्व क्यान्सरसंग सम्बन्धित रहेको पाइएको हो ।
कम्पनीले ट्राइक्लोसानले गिजाको रोगबाट बचाउने भएकाले सुरक्षित
रहेको दाबी गर्दै आएको छ । यो टुथपेष्टलाई अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्ेरेशन (एफडिए) ले सन् १९९७ मा स्वीकृति दिएको थियो । यो टुथपेष्टलाई लाखौ अमेरिकीहरुले दैनिक प्रयोग गर्छन् । तर, गतवर्ष सूचनाको स्वतन्त्रता ऐनअनुसार मुद्दा परेपछि यसवर्षको सुरुमा सार्वजनिक गरिएको एक रिपोर्टले एफडिएले कम्पनीकै कागजातका आधारमा स्वीकृति दिने निष्कर्षमा पुगेको खुलासा गरेको छ । ३५ पृष्ठ लामो सो रिपोर्टमा एफडिएले ट्राइक्लोसानले क्यान्सरको खतरा निम्त्याउने चिन्ता व्यक्त गरेपनि कम्पनीले भने बढी मात्रामा प्रयोग गरिएको अवस्थामा मात्र समस्या निम्त्याउने तर्क दिएको पनि खुलासा गरेको दाबी गरिएको छ । तर, अध्ययनहरुले के देखाएका छन् भने यो रासायनिक पदार्थले समयअगावैको जन्म र जनावरमा हड्डीको विकास नहुने समस्या निम्त्याउँछ ।
सन् २०१०मा एक विद्यार्थीले
गरेको अध्ययनले ट्राइक्लोसानले मुसाहरुमा वीर्य उत्पादनमा कमी ल्याएको पाइएको थियो । यस्तै, कतिपय अनुसन्धानले ट्राइक्लोसानले मुसा र
बिरालोका हड्डीमा समस्या ल्याउने पुष्टि गरेको थियो । तर, कोलगेट कम्पनीले ती अनुसन्धान जनावरमा मात्र भएकाले मानिसमा कुनै खतरा नपर्ने दाबी गरेको छ ।
कम्पनीले उक्त ३५ पेज लामो
रिपोर्टले ट्राइक्लोसान मानवका लागि खतरनाक हुन्छ भने पुष्टि नगर्ने दाबी गर्दै १९ हजार मानिसका बीच
गरिएका ८० वटा अनुसन्धानले
सुरक्षित रहेको प्रमाणित गरिसकेको बताएको छ ।
