भारतको ६८ औ स्वतन्त्रतादिवस र मोदीको नेपाल भ्रमण

आज साउन ३० गते अर्थात १५ अगस्त । संसारकै सबैभ नदा ठूलो प्रजातान्त्रिक मुलुक भारतका लागि १५ अगस्तको जुन महत्व छ अरुका लागि सायद त्यो महत्व नहुनसक्छ । दुई सय बर्ष भन्दा अधिक समय अंग्रेजीको अ‍ैपनिवेशिकताबाट सन १९४७ अगस्त १५ तारेकका दिन आजको समेद्ध भारत स्वतन्त्र भएको थियो ।
१५ अगस्टका दिनलाई भारतले एउटा राष्ट्रिय पर्वका रुपमा मनाउदै आएको छ । हरेक भारतीय नागरिक आफ्नो रराष्ट्रिय स्वाभिकतालाई प्राणभन्दा प्यारो ठान्छन् । यसो हुनुमा उनीहरुले पराधीनताको पीडा बुझेका छन् । राष्ट्रिय स्वतन्त्रताका लागि आफ्ना अग्रजहरुले दिएको बलिदानीप्रति उनीहरुको भावपूर्ण श्रद्धा पाइन्छ, आफ्ना अग्रजहरुकै कारण आज सिागो सवल, समृद्ध राष्ट्र पाएकोमा उनीहरु गर्व गर्छन् । आफ्ना अग्रज योदाहरुप्रैति अगाध स्मरण र सम्मान व्यक्त गर्दे प्रत्येक बर्ष १५ अगस्त भारत, विदेशस्थित रहेका आफ्ना कुटनीतिक नियोगहरुमा विविध कार्यक्रममा साथ मनाइन्छ ।
नेपालमा समते भारतीय राजदुतावासले १५ अगस्तका दिन विविध कार्यक्रमको आयेजना गर्ने गरेको छ । दुतावासले १५ अगस्तका दिन विविध कार्यक्रमको आयोजना र्गे गरेको छ । दुतावास मातहत रहेका विरानगरस्थित क्याम्प असफस। धरानस्थित पेन्सन वतरण कार्यालय, वीरगञ्जपिस्थत महावाणिज्यण् कार्यालय, पोखरास्थित पेन्सन वितरण कायाृलयले १५ अगस्त धुमधामसागे मनाउने गरेका छन् । १५ अगस्तको पूर्व सन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ३० घण्टे जुन भ्रमण गर्नुभयो त्यसले प्रत्येक नेपालीको मनमा एउटा सकारात्मक स न्देश प्रवाह गरेको छ । भारतप्रति सदैव नकरात्मक सोच बनाएका यहाकाका केही वाम राजनीतिक, आवश्यकता भन्दा बढी बुझक्कहरुले भारतप्रति जुन नकरात्मक धारणा प्रवाह गर्थे त्यसलाई प्रधानमन्त्री मोदीले चिरीदिएका छन् । यसलाई दुई देशबीचको सकारात्मक सन्देशका रुपमा लिनुपर्छ ।
नेपाल र भारत यस्ता निकटस्थ मुलुक हुन जुन निकटस्थ संसारका अन्य कुनै पनि मुलुकबीचमा छैन । साास्कृतिक, धार्मिक, एतिहासिक सम्बन्धलेदुई देशका सरकारमात्र हैन जन जनबाट यो समबन्ध सृदृढ छ । कुनै राजनैतिक उथलपुथलले पनि ियी दुई बीचको जनस्तरको समबनधलदाई विगार्न, भत्काउन सक्दैन । पधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको साास्कृतिक सम्बन्धलाई वशेष जोड दिएर संसदलाई सम्बोधन गर्नुभएको थियो । बुद्ध, सोमनाथ, विश्वनाथ र पशुपतिनाथको प्रसंगले हरेक नेपालीको हृदय छुएको थियो । साास्कृति एवम् धार्मिक सम्बन्ध कति गाढा छ भन्ने िकुराको दह्रो प्रमाण उनले पशुपति नाथको दर्शनसागै पशुपतिनाथको मूल भट्टा भारतीय नागरिक हुनु र बनारसका पूजारी नेपाली हुनुले पनि प्रष्ट पार्छ ।
नेपाल भारत सम्बन्धलाई लिएर केही नराकात्कम सोच राख्नेहरुले यसपटक नकरात्मक रुपमै कुनै शब्द खर्च गर्न सकेनन् । यथार्थता रवास्तविकता अगाडि उनीहरु नतमस्तक भए । नेपाली जनतामोदीको भनाइप्रति यति विश्वस्त भए कि यसका विरुद्ध शब्द खर्च गर्नेहरु आफै नांगिन सक्थे । जे होस् मोदीको भ्रमणपश्चात दुई देशबीचको सम्बन्धले नयाा उचाइा प्राप्त गरेको छ । सम्बन्धलाई अझ दह्रिलो र प्रगाढ बनाएको छ । यथार्थमा दुई देशबीचको प्रगााढ र विश्वासिलो सम्बन्धले नै दुवैको हति हुने छ ।

तपाईको प्रतिक्रिया