गजब छ वा
आफै धामी अपाmै झक्री भन्ने उखान सबैले सुनेका छन् । यतिबेला धरानका पुलिसको चरित्र आफै धामी आफै्र झाक्रीको देखिएको छ । अर्काको पसल, घरमा छापा मार्नु धरानका पुलिसको दैनिकी नै भएको छ । अस्तिका दिनमा एकजना सुन व्यवसायीको घरमा छापा मारे । तर पाए गुाएलाको फूल । हचुवाको भरमा पत्र बनाई छापा मार्न आएका उनेरलाई कारणसहितको पत्र ल्याई छापा मर्न चेतावनी व्यवसायीले दिएपछि पुन: इलाका प्रशासनबाट अर्को पत्र बनाएर ल्याएका थिए । कानुनको पालना गर्ने र सुरक्षेको ठेक्का लिएका धरानका प्रहरीको काम गराई ताल न बेतालको देखिएको छ । व्यवसायीको घरमा किन छापा मार्‍या रे सुन्दा पनि कुति कुति लाग्छ । काठमाण्डौमा एकजना प्रहरी इन्स्पेक्टरले पााच केजी सुन
चोरेछन् । अनि त्यो सुन धरानका
व्यापारीलाई बेचेको भन्दै छापा मार्‍या रे । सुन चोर्ने पनि पुलिस, बेच्ने पनि पुलि अनि छापा मार्ने पनि पुलिस ।
तेरिमा टोक्ने छैन त गजब । राज्यको बर्दी लगाएर जन्ताले तिरेको करमा ढलीमली गर्नेहरुको दादागिरी यतिबेला ह्वात्तै बढ्या छ । आखिरी यिन्का छापामारी धन्दा कमिशनकै चक्कर त हो नि । कि कसो हौ ?
एक्लै च्याप्प
चरीले फिरौती असुल्यो, गुण्डागर्दी गर्‍यो, माल कमायो, अरुलाई दु:ख दियो भनेर मट्यांग्रा हानेर सिध्याइदिए ।
आखिरी माल भनेपछि प्रहरी पनि चरी भन्दा कम हुादा रहेनछन् । माल भनेसी’ महादेवका पनि तीन नेत्र हुन्छन्् रे । अब हेरांै न प्रहरीले आफ्नै सहकर्मीलाई सुराकी भत्ता नदिए एक्लै कुुम्ल्याएसी प्रहरी प्रधान कार्यालयले त्यस्ता प्रहरीमाथि छानबिन शुरु गरेछ । केन्द्रीय अनुसन्धान व्यूरोले आफ्ना सहकर्मी सुराकीलाई माल नदिएर एक्लै च्वाप्प पारेसी डिआइजी केशरबहादुर शाही र एसपी इश्वर बाबु कार्की माथि अनुसन्धान गरिरहेको छ । उनीहरुले विभिन्न ठामबाट बरामद सुन वापत पाउनुपर्ने प्रोत्साहन भत्ता आफ्ना अरु सहकर्मीलाई नदिई एक्लै बजाएछन् । गति छाडेरै बजाएपछि अख्तियारले पनि प्रहरीले समाएको सुनको फाइल घैचे छ । अबचाहिा केही होला कि ?
सभासदको रुवाबासी
यतिबेला झालेमालेका धादिङ्गका सभासदहरुमा रुवाबासी चलेको छ । चुचामा बोकेर दानापानी जुटाइदिने धादिङ्गका चारीलाई प्रहरीले प्राण पखेरु उडाइदिएसी’ धादिङ्गे सभासदहरुमा त्यसरी रुवाबासी चल्या रै’छ । तिनै
चरीका कारण उनेरले धादिङ्गमा चुनाव जितेका थिए, चन्दाको कुनै चिन्ता थिएन, विरोधीहरुका हातखुट्टा ठनक्क बनाउन कुनै चिन्ता थिएन । अब चरी नभएपछि धादिङ्गका सभासदको दानापानी नै
हरियो । विरोधीहरुले खुच्चिङ्ग भनेर काखी बिजाउन थाल्ल्या छन् । चरी खुस्किदा कसैले साथ नदिए पनि उनेर एक्लै संसदमा उफ्रेर गाइजात्रा देखाइरहेका छन् । अझ झालेमालेकै गृहेमन्त्री बादेगौले चरी प्रहरीकै मुठभेडमा मारिएको भन्दै संसदमा बोलेपछि धादिङ्गे सभासदहरु आगोमा पिल्सिएको माछाजस्तै भएका छन् ।
वैधाउ गायव
बी माउवादीका अध्येक्षे वैधाउको हिजो आज अत्तोपत्तो छैन । हैन बूढाको ज्यानलाई सञ्चो भएछ कि क्या हो ? भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउादा विरोध जनाउने भनेर फुकीढल ज्यानले कम्ता हुइाया पिट्या थेन । मोदी आएपछि गायव भएका वैधाउ कही क तै देखिएका छैनन् । अझ उनीसाग हिमचिम बढाएका ३३ दलको सातै उड्यो कि क्या हो ? कि वैधाउसागै ओथारो पो बसे कि । झन मोदी तीन वटा कुरामा हिट गरेपछि त यिन्को अत्तोपत्तो छैन । जे भे नि वैधाउ पुरान नेता हुन् । उन्का चेला चपेटा प्रसस्तै छन् । कमसेकम आफ्ना गुरुको खोजी गर्नुपर्दैन ? हुन त सबै बलेकै आगो ताप्ने त हुन नि ।
उत्तनोचित्त
भारतका प्रर्धानमन्तरी नरेन्द्र मोदीले दुई दिन नेपाल भ्रमण गर्दा नेपालका मधेशवादी दल र संवैधानिक राजतन्त्र स्थापनाको माग गर्दै आएका कमलाउ उत्तानोचित्त भएका छन् । मधेशवादी भुरे टाकुरे नेताहरुले पर्धानमन्ती मोदीलाई एक मधेश एक प्रदेशमा दबाव दिन, मधेशीको हितमा बोलिदिन आग्रह गर्‍या थे । उता कमलाउले पनि संवैधानकि राजतन्त्र र हिन्दु धर्मका बारेमा मोदीले बोल्देलान् भनेर नाक फुलाएर बस्या थे । तर मोदीले दुवैलाई लोप्पा खुवाइदिएका छन् । मधेश, पहाड, हिालको समान विकास हुनुपर्छ, नेपाल संघीय गणतान्त्रिक देश हो भनेर प्वाक्क भनिदिए । त्यसपछि छ मधेिशवादी दल र कमलाउ छाागाबाट खसेझै भए । जसको आड भरोसा थियो उसैले लोप्पा खुवाइदिएपछि यतिबेला ती दुवै छाागाबाट खसेझै भएका छन् ।
प्रचण्डाउ बाउराम
एमाउवादीका अध्येक्षे प्रचण्डाउ र अर्का नेता बाउरामको यतिबेला दह्रै गलफद्धी पर्‍या छ । लुरै नभएका बाउरामले पार्टी हित विपरीत काम गरेको भन्दै प्रचण्डाउले बाउरामका दुईजना नन्दीभृंगीलाई जोरलात्ती हानेर उछिटठ्याइदिएसी’ दुवैबीचको ङ्यार्र ङुरर्र चुलिएको हो । जिल्लाबाट माथि आउने खुबी नै नभएको भन्द प्रचण्डाउले बाउारमको सछितो काढेसी’ बाउराम जिल्ला जिलमा समानान्तर कमिटी बनाएर हिाड्न थाल्या छने । एउटै पार्टिमा बसेर उट्पट्याङ काम गर्न थालेसी लाटालाई नि रिस उठ्छ । अझ प्रचण्डाउ त र्पाी अध्येक्षे पो हुन् त । उन्को कन्सिरी नतात्ने कुरै भएन । जेहोस् यी दुईको ङयार्र–ङुरर्रले गाइजात्राकै रुप लिएको छ । आखिरी नेपाली जनताले यतिबला मज्जाले हाास्न पाएका हुन् । हुन त जस्ले हासाएपनि हुन्छ । जोकरले हासाएपनि नेताले हासाए पनि कि कसो हौ ?
उँगुवा सभासद
हाम्रा बेकामे सभासदहरुले अर्थोक केही गर्न नसकेपनि संसदमा उाग्न र निधाउन भने गजबले पाएका छन् । हुन त हाम्रा खरिलठ्ठक सभासदहरु संसदमा उग्न र निधाउनै त गा हुन् नि । अस्तिका दिन एकजना सभसद संगुर कराएझै संसदमा घुरेछन् । नजिक बस्नेलाई अलि डिस्टव भएछ । उनले कानमा यसो कोट्याइदिएछन् । ती सासद जुरुक्क उठेर भनेछन सभासद महोदय मेरो निधाउन पाउने अधिकार हनन भयो । मलाई डिष्टर्व गनेैमाथि कारबाही होस् । विचरा सुचने मने सुभाषचन्द्र नेम्बाङ्ग अक्क न बक्क परेछन् । अब उागुवामाथि कारबाही गरौ भने अरु उागुवाले मोर्चाबन्दी गरेर संसदै चल्न देनन् । कारबाही नगरौ भने उसको उाग्न पाउने अधिकारको सवाल छ । परेन वित्याास ?
अन्तेमा
गुण्डा नाइके चरीको प्रहरी कारबाहीमा मृत्यु भएपछि देशभरिका डनहरुको भागाभाग भएको छ । अझ
राजधानीका गुण्डाहरु यतिबेला मुसा भएका छन् । गुण्डाहरुका सानो आतंक थिएन । अपहरणमा पर्छन् कि भनेर छोराछोरी जोगाउनै गाह्रो, व्यापार व्यवसाय गर्नैै गाह्रो भाथ्यो । अब
चरी ढलेपछि गुण्डाहरु पोका पतेरा कसेर बसाइा सर्न थाल्या छन् । हामी अरु गुण्डाहरुमाथि पनि निगरानी गर्दैछौं, कानुनले दिएको अधिकार प्रयोग गछौं भनेर उपत्यका एसपी पुष्कर कार्कीले भनेपछि गुण्डाहरु मुसामा परिणत भएका छन् ।

तपाईको प्रतिक्रिया