धरान/:धरानका विभिन्न स्थानमा सृंखलाबद्ध कत्ती प्रहार गरी घाइते बनाउदे हिड्ने पाच जनालाई धरान प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रक्राउ पर्नेमा धरान १५का बर्ष १६ का अभिषेक लिम्बु, सोही स्थानका बर्ष १६ कै घनश्याम मगर, बर्ष १७ का अनिल राई, बर्ष १७ कै दाते भनिने गणेश राई, बर्ष १६ का विशाल भनिने प्रसन लिम्बु रहेका छन् ।
पक्राउ परेका युवाहरुले धरान १२ चतरालाइनस्थित खहरे पुलमा कार्तिक १३ गते राति साढे ९ बजेको समयमा छुरा प्रहार गरी विकास भुजेल र मिलन तामाङलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । यस्तै सोही दिन बेलुका ९: ४५ बजे धरान १ सुनाखरी बोर्डिङ स्कुल छेउमा अभियक्त पाच जनाले धरान १६ बस्ने बर्ष २० का सुमन तामाङलाई धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए । यसैगरी सोही दिन रातको १०:३० बजे धरान ३ पुरानो बजार सब्जीमण्डीमा धारिलो हतियार प्रयोग गरी प्रमोद लिम्बुलाई सख्त घाइते बनाएका थिए भने सोही दिन दिनको २:३० बजे धरान १५ का १६ बर्षीय सुजन गुरुङलाई घाइते बनाई फरार रहेको प्रहरीले जानकारी दिएको छ । प्रक्राउ परेका सबैलाई ज्यान मार्ने उद्योग अन्तर्गम मुद्धा चलाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुदम कुमार सिजापतिले जानकारी दिनुभयो ।
घाइतेहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सबैको गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका उनीहरुको साथबाट दुई वटा धारितलो हतियार समेत बरामद गरेको छ । चाडपर्वका समयमा बढी यस्ता घट्ना घट्ने विगतको घट्नालाई हेर्दा समेत प्रहरीलाई थाहा भएपनि यस बेलामा सुरक्षालाई मजबुत बनाएको दाबी गर्दै आएपनि घट्नामा कुनै कमी आएको छैन । विशेष गरी चाडपर्वका समयमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने समूहबीच झगडा हुदा हतियार प्रयोग गरी सृंखलाबद्ध घट्ना घटनुले पनि प्रहरीको सक्रियताबारे स्पष्ट देखाउने गरेको छ । दशैको अष्ठमीको राती धरान २२ पानमारामा आफ्नै साथी नविन पौडेललाई भारत घर भई सोही स्थानमा बस्दै आएका विकास रायले कत्ती प्रहार गरी हत्या गरेका थिए ।
