प्रतापले चुमे सुनसरी कलेज एमेच्योर ओप गल्फ टुर्नामेन्टको उपाधि

धरान/ कार्तिक : हङकङबाट प्रतिनिधित्व गरेका धरानका प्रताप लिम्बूले चौथो सुनसरी टेक्निकल कलेज एमेच्योर ओपन गल्फ टुनामेन्टको उपाधि जितेका छन् ।
शनिवार निर्वाण कन्टूी हेल्थ हेण्ड गल्फ रिसोर्टमा भएको खेलामा ११ हेण्डिक्याप लिम्बूले उपाधिसागै ट्रफीसहित ७ हजार रुपैया बराबरको गिफ्ट भौचर हात पारे । उनले १८ होल पार ७० को खेलमा ५ अण्डर ६५ कार्ड बनाए । लेभल पार खेलेका १० हेण्डिक्यापका शेखर लिम्बू फष्ट रनर अप बने । उनले ४ हजार रुपैयाको गिफ्ट भौचरका साथ ट्रफी जिते । लेभल पार नै खेलेका तर, ब्याक नाइनको अन्तिम होलमा बुगी खेपेका इटहरीका गल्फर सन्तोष कार्की सेकेण्ड रनर अप बने ।
उनले ३ हजार रुपैया बराबरको गिफ्ट भौचरसागै ट्रफी जिते । बेष्ट ग्रसमा ८ ओभर ७८ कार्ड बनाएका इन्द्र राई भए । त्यस्तै नियरेष्ट टु दि पिनमा २२ हेण्डिक्यापका रविन राई भए । ९ हेण्डिक्याप गल्फर गजेन्द्र लिम्बू लगेष्ट ड्राइभ गर्दै ट्रफी जिते ।
त्यस्तै ७ हेण्डिक्यापका इटहरीका गल्फर राम तामाङले मोष्ट बर्डिज उपाधि जिते । त्यस्तै १८ आंै होलमा बुगी खेपेका ५ हेण्डिक्यापका राजु राईले मोष्ट बुगीको उपाधि जिते । जुनियर तर्फ इटहरीका स्वीकार कार्की विजेता बने । प्रतियोगितामा २८ जना गल्फरले सहभागिता जनाएका थिए ।
खेलको विकास र कोर्षको स्तरलाई समेत वृद्धि गर्नको लागि प्रायोजन
गरिएको प्रायोजक सुनसरी टेक्निलक कलेजका प्रमुख लेखिराज सुब्बाले बताए । विजेताहरुलाई कालिबक्स इन्जिनियर गण मोरङ याङशिलाका प्रमुख सेनानी बसन्त खड्का, प्रायोजक सुनसरी टेक्निकल कलेजका प्रमुख लेखिराज सुब्बा, आयोजक धरान गल्फ क्लवका अध्यक्ष पूर्ण लिम्बूलगायतले पुरस्कार वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया