बाडुली आ–आइ छ
उखान तुक्का सुनाएर सत्तामा पुगेका झालेमालेका अध्येक्षे खप्रओले पर्धानमन्तरीको निर्वाचन भएसी’ भन्या थे ओली केही गर्न सत्तामा गा’ को हो । अरुले जस्तो सिंहदरबारको भित्तामा फोटो झुण्ड्याउन मात्र ओली पर्धानमन्तरी भा’ हैन । ओलीको काम गराई देखेर मलाई भोट नकाल्नेहरुलाई थक्क–थक्क लागेर हिक्क हिक्क बाडुली आउाछ । तर आज यतिका दिन भैसकक्यो नेपालमा कसैलाई नि सुल्टो बाडुली आ’छैन । घण्टाघरलाई नि हिजो आज उल्टो बाडुली मात्र आइरा’छ । खै अहिलेसम्म केही खालो सार्या छैनन् । सार्या छैनन् भन्दा पाप नलागोस
राज्येको ढुकुटीबाट लाखौ रित्याएर आफ्ना आसेपासे, हुक्के, वैठके, ढोके, भ्रष्टहरुलाई चाहिा दिनैपिच्छे भोजचाहिा खुवाएका छन् । ग्याास पेट्रोल केही नपाइने अवस्थामा त्यसरी भोजको आयोजना गर्नु चानचुने कुरा हैन । त्यसैले सुल्टो बाडुली त उही नापेसरी ।
योग्यता चाहिँदैन
नपढेका, मूर्खले मात्र शासन गर्ने कुन देश हो भनेर कसैले प्रश्न गर्यो भने आाखा चिम्म गरेर नेपाल भन्दियो भने ठीक भनेर नम्बर आउाछ । अब हेरौ न एउटा नपढेको खलासीले लाइसेन्स लिनुपर्दा अनिवार्य एसएलसी पास गरेकै हुनुपर्ने, पियनको जागिर खान एलएसली हुनैपर्नेै तर राजनीति गर्नेलाई चाहिा कुनै योग्यता नै चाहिादैन रे । झल देश हााक्नेको छ सिर्टिफिकेट अनिवार्य हुनुपर्ने हैन र । राजनीति गर्न योग्यता नचाहिने व्यवस्था अहिलेको गणतान्त्रिक भनाउादो संविधानले गर्या छ । छोरा छोरी पढाएर पियन, खलासी बनाउनु भन्दा नपढाई नेता बनाउनु ठीक । बित्थाा यो स्कुल कलेज किन
राख्नु ? सबै खारेज गर्दिए भै’गोनि
अब । अब हेरौ न खप्रओले एसएलसी पास नगरिकनै देशको सबैभन्दा ठूलो पदमा पुगे । ओनसरी घर्तीले सभामुख पड्काइन् । नपढेका अरु पनि के के पड्काउने हुन ? पढ्ने विचराजति सबै पोको पन्तेरो बोकेर घोडा र उाटको लिदी सोहोर्न खाडीतिर लाग्या छन् । पढ्नेले भन्दा नपढनेले सम्पत्ति जोड्या छन् । अनि वित्थाा पढेर टाउको किन खल्बलाउनु ? कि कसो हौ ?
मुतको न्यानो
छिमेकी देश चीनले आस्तिका दिन १२ ट्यांकर पेट्रोल दिएछ । १२ ट्यांकर पेट्रोल पाउादा मन्त्रालयका सचिव, चिनियाा र नेपाली राजदूत केरुङ्गसम्मै पुगेर नाचगान गरे छन् । दैनिक सैयौ ट्यांकर तेल चािहने ठाममा जाबो १२ ट्यांकर के गर्नु ? सुघ्नु कि डढेल्नुमा घस्नु ? राजधानीलाई मात्र एकदिन नपुग्ने तेल दिएर चीनले के नाक घोक्र्एको होला ? दिने भए दैनिक दुई चार सय ट्यांकर दिनु । नदिने भए हिदै नदिनु । मुतको न्यानो कतिञ्जेल टिक्छ र ? हावा चलेपछि उनी चिसाको चिसै । पढेलेखेका गिदीमा अलिकता गुदी भएका नेता भा’पो सोच्थे । एसएलसी पास नगरेकाले मुलुक चलाएसी फुइाय्या हुन्छ ?
पाँच करोड ड्याउ
सभासद राज्येलक्ष्मी गोल्छा दुई बर्ष अगाडि झालेमालेको सभासद हुादा धेरैले आश्चर्य मान्या थे । अहिले उन्ले झालेमालेसाग पााच करोडमा सभासद किनेको सार्वजनिक गर्दैसी’ फेरि सबैले जिब्रो टोक्या छन् । धेरैले त्यसै बेला शंका गर्या थे झालेमालेले गोल्छालाई त्यसै सभासद बनाएको हैन । दालमे कुछ काला है भनेर सबैलाई लाग्या थ्यो । यतिबेला आएर झालेमाले र सभासद गोल्छाको लेनदेनको कुरा बाहिर आएको छ । हुन त सम्पत्ति भनेसी महादेवको पनि तीन नेत्र भन्छन् त्यसमाथि झालेमाले । सभासद गोल्छाले आफूले पााच करोड दिएर सभासद बनेको बताएपछि झालेमालेको उपल्लो तहका नेता देखि बीचमा बसेर लभीको भूमिका निर्वाह गर्नेहरुलाई पनि आज ड्याउ–ड्याउ आउन थाल्या छ । पैसो नलिई, झालेमालेले गोल्छालाई सभासद बनाउने कुरै थिएन । त्यै जनताले नपत्याइदिएन भनेर अस्तिका दिन झालेमाले सचिवालय सचिव प्रदीप ज्ञवालीले पानीमा छाडेको अपानवायु जस्तै वक्तव्य निकालेर झारा टार्ने कामसम्म गर्या छन् ।
किन छाड्थे
झण्डै सात बर्ष ३ महिना शितल निवासमा ढलीमली गरेर पिलन्धरे अनुहार लगाउादै बाहिर निस्किएका पूर्व राष्ट्रपति रामवरन जादवले खाने मामलामा अलिकति नैतिकता देखाउलान् भन्या त नापेसरी लाग्यो । उन्लाई सरकारले १ लाख ५० हजार मासिक घर भाडा तिर्ने गरी घर लिएर राखिदियो , भाडाको घर भन्दा पर्तिर उन्को आफ्नै आलिशान वंगला रै’छ । अब जिन्दगीभर राज्येले जादवलाई आवास, भत्ता, सुरक्षा, उपचार, खान दिने रे । जन्ताले गाास काटेर तिरेको करबाट जीन्दगीभर खान जादवलाई अलिकति धकुरीकुरी लाग्नुपर्ने हो । तर अहा नलाग्दो रै’छ । अरु त यस्तै हो आफ्नो आलिशान भवन छादाछादै राज्येको ढुकुटीबाट भाडामा लिएको घरमा बस्न जादवलाई किन लाज नलाग्या होला ? राजनीति गर्नेहरु सबै बेसरम नै हुन्छन् भन्थे हो कि क्या हो ?
धोति चाहियो रे
अति भएपछि खति हुन्छ भन्थे हो कि क्या हो ? अब हेरौ न संघीय समाजवादी फोरमका अध्येक्षे उपिन्द्र जादवलाई । यतिका दिन देखि मधेशमा आन्दोलन मच्चाएर बाादरे प्रवृत्ति देखाएका जादवले अस्तिका दिन लहानमा भाषण गरेको सुन्दा घण्टाघर वाल्ल पर्यो । जादवकै भाषन हो कि अरु कसैको एकछिन् त घण्टाघरलाई छुट्याउनसमेत हम्मे हम्मे पर्यो । पटक पटक नियाल्दा तिनै काले–काले धम्मरधुस पर्या उपिन्द्र नै भएको पुष्टि भयो । उन्ले भाषन गर्दा पूर्वदेखि पश्चिमसम्मको २२ जिल्लाको धोती मागे । हैन हौ जादव त अलि पढेलेखेका पनि हुन । फेरि यत्तिका दिनदेखि
गरेको आन्दोलनमा जाबो त्यति धोती माग्न मात्र गर्या हुन त ? माग्नै पर्या भे अलि गतिलै चिज माग्या भएनि त हुन्थ्यो । सिरक नै माग्या भए हुन्थ्यो । गुन्द्रुकको झोलमा जात फाल्नु नै थियो भने यतिका दिनदेखि के आन्दोलन गर्या होलान् ? कठैबरा ।
सावधान
छुच्चो बोली भएका, ठाम अनुसारको उखान तुक्का Ïयाट–Ïयाटी भन्न सक्ने, अरुलाई सात पुस्तासम्म पुग्ने गाली गर्न सक्ने खुबी भएको व्यक्ति वाल्वाटारा छेउछाउ र सिंहदरबारको भित्ता छेउबाट अब नहिडे पनि भयो ,। ओली बोले त्यस्ता खुवी भएकालाई देखे भने Ïयाट्ट मन्त्री कि उपप्रधानमन्तरी बनाइ दिइहाल्छन् । हप्तामा एकजना उपप्रधानमन्त्री जन्माउन थाल्या ओलीलाई उपप्रधानमन्त्री नियोजन गर्नुपर्छ भन्ने यतिबेला सर्वत्र आवाज उठ्न थाल्या छ । त्यो उपप्रधानमन्त्री नियोजन कहिले होला होला अहिलेलाई चाहिा सावधान भएरै वाल्वाटार र ि
संददरबारको पर परबाटै हिाड्नु वेश । कि कसो हौ ?
आधा ग्याँस
ओली सरकारले अस्तिका दिन राजधानीमा आधा सिलिण्डर ग्याास बाडेर जग हासाएको छ । थप थप दाउरा ल्याएर बााड्नु नि । आफूसाग जे छ त्यही पो बााड्नुपर्छ त । अब त्यो आधा शिलिन्डर ग्याासले भात पकाएर खानु कि ग्याास सुाघेर बस्नु ? भोलि खाद्यान्न पनि नआउाला । अनि के आधा पेटमात्र खओ भनेर बेच्न लगाउने ? त्सै भन्या हैन रै’छन् नार्मकी स्वास्नी हुनुभन्दा मर्दकी कमारी हुनु वेश । सरकार बनाउको केही दिन भा’छैन ओलीका बोली र पाइन सबै थाहा पाए नेप्लीजले ।
