सुनकलीलाई युरोपमा अवार्ड

भोजराज भाटद्वारा निद्रेशित डकुमेन्ट्री ‘सुनकली’ले युरोपमा दुई अन्तराष्ट्रिय अवार्ड जितेको छ ।
इटलीको मिलानमा सम्पन्न ३३ औं मिलानो इन्टरनेश्नल फिक्स्ट फिल्म फेस्टिबलमा ‘सुनकली’ले मुुभी एण्ड टिभी फुटबल विधामा उत्कृष्ट अवार्ड पाएको हो । फेष्टिवलमा ५३ देशका डेढ सयबढी फिल्म प्रदर्शन गरिएको थियो ।
आइतबार भएको समापन समारोहमा फेडेरेशन अफ इन्टरनेश्नल सिनेमा टेलिभिजन स्पोर्टस् (फिक्स्ट)का अध्यक्ष फ्रान्को अस्कानीले निर्देशक भाटलाई ट्रफी हस्तान्तरण गरेका थिए ।
विभिन्न सात अन्तराष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यताप्राप्त फिक्स्ट फेस्टिबलले वर्षेनी विभिन्न १६ मुलुकमा स्पोर्टस् फिल्म फेस्टिबल गर्ने गर्छ । सबैतिर फेस्टिबल गरिसकेपछि वर्षको अन्त्यमा इटलीको मिलानमा संसारभरका स्पोर्टस् फिल्मलाई छनौट गरी फिक्स्ट फेस्टिबल आयोजना गर्ने चलन छ । फिक्स्टको ग्राण्ड फाइनलमा पुरस्कृत भएका फिल्महरुलाई १६ वटै अन्तराष्ट्रिय फिल्म फेस्टिबलमा रिले गर्ने आयोजकले बताएका छन् ।
‘ओलम्पिक कमिटीबाट मान्यताप्राप्त फेस्टिबलमा मनोनयनमा पर्नुु आफैंमा ठूलो उपलब्धि हो ।’ निर्देशक भाटले भने ।
‘न्युन लगानीमा बनेको सुनकलीलाई जुरीले अवार्ड दिदा कथा र विषयवस्तुलाई पनि साच्चिकै कदर हुादो रहेछ भन्ने महसुस भयो ।’ निर्देशक भाटले आफ्नो अनुभव सुनाए ।
५० मिनेट लामो डकुमेन्ट्रीमा पत्रकार भाटले १३ वर्षीया सुनकली बुढा र उनकी साथीहरुको फुटबल कथालाई प्रस्तुत गरेका छन् ।

तपाईको प्रतिक्रिया