इनरुवा/नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति सुनसरीले भारतको ६८ औं स्वतन्त्रता दिवसको अवसरमा भारत–नेपाल मैत्री संघ वीरपुरका पदाधिकारीसाग भाण्टाबारीमा वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिने नेपाल भ्रमण क्रममा संसदमा दिएको अभिव्यक्तिले सकारात्मक सन्देश प्रवाह गरेपछि दुवै देशका मैत्री संघका पदाधिकारी एकै थलोमा जम्मा भई अन्तरक्रिया गर्न लागेको नेपाल भारत मैत्री संघ सुनसरीका अध्यक्ष हेमराज पोख्रेलले जानकारी दिनुभयो ।
मैत्री संघका कोषाध्यक्ष गिरिजराज अटलले भारतको ६८ औं स्वतन्त्रता दिवसका अवसरमा सुनसरीको भाण्टबारीमा एक होर्डिङ्ग बोर्ड समेत राखिने भएको छ । दुवै देशका नागरिकहरुको बढी ओहोरदोहोर हुने भाण्टाबारी भन्सार कार्यालय नजिक होर्डिङ्गबोर्ड राखिने र त्यसमा नेपाल भारत मैत्री संघ यहााहरुको हार्दिक स्वागत गर्दछ भन्ने लेखिएको हुने छ । नेपाल भारत बीचको सम्बन्ध विषयक अन्तरक्रियामा प्राध्यापक, वकिल, नेपाल भारत विज्ञहरु, स्थानीय बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहने कोषाध्यक्ष अटलले जानकारी दिनुभयो । यसका अलावा उहााहरुले एउटा समूह बनाइ सीमा क्षेत्रका बासिन्दाकहाा पुगी सद्भाव र शुभकामना आदानप्रदान गर्ने कोषाध्यक्ष अटलको कथन छ ।
