हामीले प्रणाली परिवर्तन गर्‍यौ कार्यशैली परिवर्तन गरेनौं, सुनिलबहादुर थापा–आपूर्ति मन्त्री

धनकुटा (भेडेटार)/आपूर्ति मन्त्री सुनिलबहादुर थापाले हामीले पटक पटक प्रणालीमा परिवर्तन गर्‍यौ तर कार्यशैलीमा परिवर्तन गर्न नसकेकै कारण विकासका दृष्टिले पछाडि परेको बताउनुभयो ।
पूर्वाञ्चलकै पर्यटकीय सुन्दर स्थल भेडेटारमा निर्माण भएको भेडेटार पार्क शंखेश्वर महादेव मन्दिरको सोमबार एक समारोहबीच उद्घाटन गर्दै आपूर्ति मन्त्री थापाले उक्त करा बताउनुभएको हो । उहााले भन्नुभयो पवित्र मन्दिर उदघाटन गर्न पाउादा अत्यन्तै खुशी लागेको छ । म जुन उद्देश्यका लागि यहाा उपस्थित भएको छु त्यसैमा मात्र केन्द्रित रहन्छु ।
राप्रपाका केन्द्रीय सदस्य समेत
रहनु भएका आपूर्तिमन्त्री थापाले मुलुकको राजनैतिक अवस्था, संविधान निर्माणमा देखा परेका पार्टीगत विमति, दलभित्रका आन्तरिक कलहका बारेमा सार्वजनिक मन्तव्य देलान भनेर बसेका स्थानीय नेताहरु अन्तत: मुखामुख गरेर फर्किएका थिए । मन्त्री थापाले भन्नुभयो , हामी सबै विकास गछौं भनेर आएका हौं । वर्तमान अवस्थामा पार्टीमुखी भन्दा माथि उठेर काम गर्नुपर्ने अवस्था छ । उहााले आफू राजनीतिकर्मी नभएको प्रष्ट पार्दै २५ बर्षसम्म विकासे संस्थामा काम गरेर आएकोले विकासकै कार्यलाई अगाडि बढाउाछु । भर्खरै बजेट आएको छ, विनियोजन सम्बन्धी संसदमा छलफल चलिरहेकोले चााडै नै विकासले गति लिने प्रष्ट पार्दै थापाले मन्दिर र पार्क संरक्षण अक्षय कोषका लागि व्यक्तिगत रुपमा १ लाख १० हजार दिने घोषणा समेत गर्नुभयो ।
विभिन्न संघ, संगठन, समाजसेवी, उद्योगी व्यवसायीहरुबाट संकलिन ९ लाख ७५ हजार, १ सय २१ रुपैयााको लागतमा निर्माण भएको भेडेटार पार्क र संखेश्वर मन्दिरले पर्यटकलकहरुलाई थप आकर्षित गर्ने निर्माण समितिका अध्यक्ष खगेन्द्र कुावरले बताउनुभयो । उहााले भन्नुभयो शंखेश्वजर महादेवको मन्दिर निर्माण र पार्कका लागि पर्यटन विकास बोर्ड, जिल्ला वकविकास समिति लगायतका ठाउामा सहयोगका लागि आग्रह गर्‍यौ तर उहााहरुले हाम्रो आग्रहलाई सुन्नु भएन । त्यसपछि जनस्तरबाटै चन्दा संकलनको अभियन थाल्यौं । दाताहरुकै आर्थिक सहयागले आज निर्माण कार्य सम्पन्न भएको, अध्यक्ष कुावरको कथन थियो ।
मूर्तिकार रोजस चाम्लिङ्गद्वारा निर्मित मन्दिर, यलम्बरको प्रतिमा, बुद्धका मर्तिहरुको उपस्थित सबैले मुक्त कण्ठले प्रशंसा गरेका थिए । सो अवसरमा नेपाली कााग्रेसका सभासद रामहरी खतिवडा, धनकुटाका प्रमुख जिल्ला अधिकरी
भोजराज न्यौपाने, स्थानीय विकास अधिकारी मुरारी वस्ती लगयतले पनि बोल्नुभएको यिो भने पार्क र मन्दिर निर्माणमा सहयोग पुर्‍याउनुहुने सहयोगीहरुलाई आपूर्तिमन्त्री थापाले प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया