अफगानिस्तानको हिन्दु कुश हिमालय पहाडलाई केन्ऽ बनाएर गएको शक्तिशाली भूकम्पको धक्का पाकिस्तान र भारतका साथै काठमाडौंमा समेत महसुस भएको छ ।
भूकम्पले बढी मानवीय क्षती भने पाकिस्तानमा भएको छ । पाकिस्तानमा मात्र १ सय ३० जनाको मृत्यु भएको छ । अफगानिस्तानमा पनि ठूलो धनजनको क्षति भएको छ ।
सोमबार काबुलबाट २सय ५६ किलोमिटर उत्तर पूर्वमा हिन्दु कुश हिमालय पहाडलाई केन्ऽ बनाएर ७.५ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्प सुरुमा ७.७ भनिएपनि अहिले सच्याएर ७.५ भनिएको छ । शक्तिशाली भूकम्पपछि ४ रेक्टर स्केलभन्दा माथिका दुई पराकम्प गएको छ ।
भूकम्पमा परी पाकिस्तानमा मृत्यु हुनेको संख्या १०५ पुगेको छ । पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण घरहरु भत्किएर तथा छत खसेर सयौं घाइते भएका छन् ।
अफगानिस्तानमा पनि घरहरु भत्किएका छन् । एक स्कुलमा भूकम्पपछि भागदौड मच्चिादा १२ छात्राको मृत्यु भएको छ ।
