विदेशमै लगनगााठो कस्दैछन् नेपालीहरु, अधिकांशको लिभिङ टुगेदर

दुबई । रोजगारीको सिलसिलामा विदेसिने गरेका धेरै नेपालीहरुले यतै आफ्नो लगनगााठो कस्ने गरेका छन् । आपसी सहमतिमा गरिएका अनौपचारिक तथा गुपचुप रुपमा लगनगााठो कसिएका दुबईमा अनगिन्ती भेटिन्छन् ।
केही ‘विवाह’को आयु त विदेश बसुन्जेलसम्म मात्र हुन्छ । आपसी सहमतिमा लिभिङ टुगेदरमा बस्नेहरुको कुनै लेखाजोखा छैन । लिभिङ टुगेदरमा बस्नेहरुमा यूएईको नेपाली समुदायमा नाम कहलिएका व्यक्तिहरु पनि छन् । केही दिनअघि मात्रै यूएईमा एक जोडीले अग्नी साक्षी राखेरै औपचारिक रुपमा पण्डितद्वारा विधिवत रुपमा मन्दिरमा विवाह गरे ।
सामान्यतया विदेश जानेहरुको पहिलो लक्ष्य हुन्छ अर्थोपार्जन या विद्याआर्जन । विदेश त्यसमा पनि संयुक्त अरब इमिरेटको दुबई आउनेहरुको त पहिलो प्राथमिकतामै पर्छ काम अनि काम अनुरुपको दाम । तर रोजगारीकै लागि रुपन्देही, अमुवा मिलनचोकबाट दुबई आएकी २२ वर्षीया देबी रेग्मी र स्याङ्जा जिल्ला कृष्ण गण्डकी गाविसका २४ वषिर्य युवराज न्यौपानेसागले करिब चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् ।
गत सेप्टेम्बर १० तारिखदुबई आएकी देवीयहाापाइला टेकेको १० दिनपछि अर्थात् २० सेप्टेम्बरमा विवाह बन्धनमा बााधिइन् । एकाउन्टेन्को काम गर्न आएकी देवी रातो साडी, चोली र रातै घुम्टोमा सजिएकी थिइन् । उनै देवीको सिउादोमा सिन्दूर भरे
युवराजले अनि सात जुनीसम्म साथदिने कसम खाए ।
देवीले पनि युवराजलाई औंठी र वरमाला पहिर्याइ दिइन् । जन्तीका रुपमा आएका सहभागीहरुले ताली बजाएर विवाह उत्सवमा सहभागी भए । नव विवाहित जोडीलाई सफल दाम्पत्य जीवनको कामना गर्दै सहभागीले टीका लगाई उपहार प्रदान गरे । नजिकैको सिल्भर स्पुन नेपाली रेन्टुरेन्टमा जन्तेबाख्रो खाने व्यवस्था गरिएको थियो ।
विवाह उत्सवमा दुलाहा पक्षबाट यूएईको नेपाली समुदायमा चिर परिचित धेरै व्यक्तिवहरुको सहभागिता थियो भने दुलही पक्षका केही साथीमात्र देखिन्थे । दुलाहा पक्षबाट दाजु कृष्णप्रसाद न्यौपाने, शंकर न्यौपाने, दिदीशान्ति न्यौपाने, भिनाजु मित्रलाल पाण्डे, ज्वाइा नवीन अर्याल र अन्य आफन्तहरु सहभागी थिए । परिवारको सहमतिमै विवाह गरिएको भनिए पनि कन्यादान दिन भने दुलही पक्षका नारायण बस्याल मात्र देखिन्थे ।
दुलाहा न्यौपानेले आफ्ना हजुरबुबाको देहान्त भएका कारण नेपालको घरबाट विवाह गर्न नमिलेका कारण दुबईमा विवाह गर्नुपरेको बताए । विवाह नगरिकनै सागै बस्न यहााको कानुनविपरीत भएका कारण यो सम्बन्धलाई औपचारिक बनाएको उनको भनाइ छ । विवाह दर्ताको सक्कल प्रमाणपत्रमा गाविस, जिविस, परराष्ट्र मन्त्रालय र नेपाली दूतावासले प्रमाणित गरेपछि यहा श्रीमान् र श्रीमतीका रुपमा एकै कोठामा बस्न अनुमतिप्राप्त हुन्छ ।

तपाईको प्रतिक्रिया