नयाँ प्रधानमन्त्रीसँग जनताको अपेक्षा

विगत डेढ बर्षदेखि मुल ुकको भावि प्रधानमन्त्रीका रुपमा चर्चा पाउादै आएका एमाले अध्यक्ष खड्गप्रसाद ओली (धु्रव) आइतबार नेपालको ३८ औ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
प्रधानमन्त्रीमा ओलीलाई व्यवस्थापिका संसदमा रहेका साना ठूला गरी १५ वटा दलले समर्थन गरेका थिए । दोस्रो जनआन्दोलन पश्चात हालसम्म नेपालमा गठबन्धनको सरकार सञ्चालन हुादै आएको थियो भने नेपालको संविधान २०७२ जारी भएपछि गठबन्धनक सरकारको नेतृत्व गर्ने ओली पहिलो व्यक्ति भएका छन् । यतिमात्र हैन संविधानसभाबाट संविधान जारी भएपििछ सरकारको नेतृत्व गर्ने ओली पहिलो व्यक्ति हुन् भने उनी नेपालको इतिहासमा ३८ औं प्रधानमन्त्रीको रुपमा दर्जिएका छन् ।
ओली प्रधानमन्त्री भएपछि सर्वत्र अनेकौ शंका र उपशंका बढेका छन् । स्वभावका कडा ओलीका लागि आगामी दिन त्यति सहज भने देखिदैन । नेपाल अििधराज्यको संधिवान २०७३ जारी हुनु अगाडिदेखि नै मुलुकमा विद्यमान बन्द , हडेताल, अराजकता, बढे अपराध एकातिर छ भने बलियो प्रतिपक्षी र छिमेकी राष्ट्रसागको सम्बन्धलाई कसरी एकसाथ लिएर जा ने भन्ने ओलीका सामु अर्को चुनौति छ । संधिवानको कार्यान्वयन, भुकम्पपछिको पुन निर्माण, समृद्धितर्फको यात्रा लगायतका विषयमा ओलीका लािग आगामी दिनमा पेचिले बन्ने देखिन्छ । कााग्रेसका सभापति सुशिल कोइराला नेतृतवको सरकारले इतहिासमै सबैभन्दा ठूलो जिम्मेवारी निर्वाह गर्‍यो त्यो भनेको संविधान जारी गर्नु । तर अब संविधान जारी गर्नुभन्दा ठूला चुनौति ओलका लागि अगाडि देखिएको छ ।
सरकार जोसुकै आओस जुनससकै पार्टीका नेता प्रधानमन्त्री बनुन केही सीमित व्यक्ति भन्दा अरुलाई त्यति साह्रो सरोकार समेत रहादैन । आम सर्वसाधारणको एउटै चाहना देखिने गरेको छ त्यो भनेको हरेक कुरामा सहजता । आन्तरिक एवम् वाह्य कारणले यतिबेला मुलुकमा हरेक वस्तुको आयात लगभग ठप्प भएको छ । झण्डै दुई महिनादेखि जारी मधेशवादी आन्दोलनले जनजीवन हायलकायल भएको छ । आम सर्वसाधारण नागरिक आफ्नै मुलुक एक ठाउाबाट अर्को ठाउामा जान सक्ने अवस्थामा छैनन् । पेट्रोलियम, खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको चरम अभाव देखिएको छ । यी यावत कुराको सहजीकरण नवनिर्वाचित प्रधानमन्त्री खड्गप्रसाद ओलीले गर्लान् भने अपेक्षा नेपाली जनताको रहेको छ । यसका अलावा बढ्दो हत्या, हिंसा, अपराध नियन्त्रणमा समेत नव निर्वाचित ओली सरकारको प्राथमिकता रहने जन अपेक्षा रहेको छ । हुन त ओलीले प्रधानमन्त्रीमा निर्वाचित हुनासाथ आफू सिंहदरबारको भित्तामा फोटो झुण्ड्याउन मात्र जान लागेको होइन, केही नविनतम काम गरेर देखाउने बताइसकेका छन् । उनको बोली यथार्थमा परिणत होस्, जनताको अपेक्षा अनुसार ओली चल्न सकून, मुलुकले नया विकासको मार्ग पहिल्याउन सकोस, मुलुक आत्म निर्भरतातर्फ अगाडि बढ्न सकोस, हाललाई यति नै कामना गर्न सकिन्छ । बााकी परिणाम त ओलीका आगामी व्यवहारबाट प्रष्ट हुादै जाने छ ।

तपाईको प्रतिक्रिया