भारतीय प्रधानमन्त्रीद्वारा बधाई एवम् शुभकामना

राजधानी/नेपालका नव निर्वाचित प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई (धु्रव) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको ३८ औं प्रधानमन्त्रीको रुपमा निर्वाचित भएकोमा बधाई एवम् शुभकामना दिनुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले आइतबारै टेलिफोन गरी प्रधानमन्त्री ओलीलाई बधाई एवम् शुभकामना दिनुहुादै भारत भ्रमणको निम्तो पनि दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली लोकतान्त्रिक विधि अनुरुप नेपालको प्रधानमन्त्री निर्वाचित हुनुभएकोमा बधाई एवम् शुभकामनासागै ओलीसंग घनिष्ट भएर काम गर्ने आशा समेत व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री मोदीले ओलीले देशमा शान्ति र स्थायित्वका लागि समाजका सबै क्षेत्रलाई साथमा लिएर अघि बढ्ने आशा समेत व्यक्त गर्नुभएको छ । उहााले भन्नुभयो् हामी आशावादी छौ कि नेपालका बााकी रहेका विवादित
राजनैतिक विषयहरु नेपाल सरकारले सोहार्दपूर्ण संवादको माध्यमबाट हल गर्ने छ । उहााले भन्नुभएको छ हामी सदैव नेपालको शान्ति, स्थायित्व र सामाजिक तथा आर्थिक विकासमा नेपाली जनताको चाहना अनुरुप भारतले सदैव सहयोग जारी राख्ने छ ।
यसैबचि नेपालका लागि भारतीय राजदुत रन्जित रेले नेपालका नव निर्वाचित प्रधानमन्त्री खड्ग ओलीलाई सोमबार विहान उहााकै निवास बालकोटमा पुगेर बधाई एवम् शुभकामना दिनुभएको छ । राजदुत राय र प्रधानमन्त्री अ‍ोलीबीचमा झण्डै आधा घण्टा वार्ता भएको स्रोतले धरान साप्ताहिकलाई जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया