धरान/बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । स्थानीय गीता मन्दिरमा आयोजित उक्त साधारण सभामा शेयरि सदस्यहरु, लेखा समितिका संीयोजक तथा सदस्य, सल्लाहकार, सञ्चालक समितिका पदाधिकारी, सहयोगी कर्मचारी लगायत समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा सञ्चालक समितिका तर्फबाट बराह बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष एवम् बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.का शाखा प्रमुख मानबहादुर विश्वकर्माले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
शााा प्रमुख विश्वकर्माका अनुसार बराह बचत तथा ऋण सहकारी संस्था लिको हालसम्म शेयर संख्या ९९४ रहेका छन् । जसमा महिला ५ सय १७ र पुरुष ४ सय ७७ जना रहेका छन् । अध्यक्ष विश्वकर्माका अनुसार शेयर रकम २०७२ असार मसान्तसम्ममा रु ९७,११,४००, निक्षेप संकलन रु २७ करोड ४५ लाख ६२ हजार ७ सय ७६, निक्षेप फिर्ता रु २६ करोड ५६ लाख ८२ हजार ९ सय ९८ र ऋण लगानी रकम २०७२ असार मसान्त सम्ममा रु ८ करोड २९ लाख ६८ हजार ७सय ५ रहेको छ । यसैगरी आर्थि बर्ष ०७१/०७२ को खुद नाफा १३ लाख ७० हजार १ सय ४८ र हालसम्मकै अर्थात स्थापना कालदेखि हालसम्मको मुनाफा ३० लाख ६ हजार २ सय ७३ रहेको अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।
आर्थिक बर्ष ०७१/०७२ मा उल्ललेखित रकम विभिन्न संस्थाको विनियम बमोजिम विभिन्न कोषमा बााडफााड गरिएकोछ । जदसका शेयर लाभांस कोष २, ५६, ९०२, कर्मचारी बोनस कोष १, ०२, ७६१, सहकारी विकास कोष १,०२,७६१, घाटा पूर्ति कोष १,०२, ७६१, डुबन्त ऋण कोषमा १,०२,७६१ रहेको छ । यसैगरी संस्थाले राष्ट्रिय सहकारी बैंकमा १ सय का दरले १ हजार मूल्य बराबरका १००५००० शेयर सदस्य, जिल सहकारी संघमा २५००० शेयर सदस्य, जिल सहकारी संघ सुनसरुीको शययर सदस्य, क्षेत्रीय सहकारी समन्व्य समिति सुनसरीको सदस्य, उद्योग वाणिज्य संघ सुनसरीको सदस्य, सुनसरी जिल्ला एम्बुलेन्स अनुगमन समिति सदस्य, जिल्ला सहकारी संघ लिको सल्लाहकारमा मनोनयन, बचत तथा ऋण सहकारी संस्था लि
सुनसरीको शेयर सदस्य, राष्ट्रिय सहकारी बैंक लि धरान शाखा सञ्चालक समितिमा समेत बराह बचत तथा ऋण सहकारी संस्था लि. आवद्ध
रहेको छ ।
अध्यक्ष मानबहादुर विश्वककर्माा अनुसार बराह बचत तथा ऋण सहकारी संस्था लि.ले राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, प्राइम कमर्सियल बैंक, त्रिवेवणी डेभलोपमेन्ट, राष्ट्रिय सहकारी बैकं र प्रभु बंकमा समेत खाता सञ्चालन भइरहेको छ । यसका अलावा वराह बचत तथा ऋण सकारी संस्था लिबाट करिब ५ सय जनाले रोजगारी, स्थापनादेखि हालसम्मको ऋणी संख्या ८ सय ५१, ऋणपश्चात शेयर सदस्यले २५ प्रतिशत बचत कारोबार बृद्धि गरेको, संस्थाले आव ०७१/०७२ राज्यलाई ५ लाख, ४ हजार ४ सय ५८ कर बुझाएको, संस्थाले राज्यलाई हालसम्म १८ लाख ८६ हजार ६ सय ८० रुपैया कर बुझाएको छ भने संस्थाले मानवीय कार्य अन्तर्गत ०७१/०७२ मा १ सय ४० गरी हालसम्म १ हजार ६ सय ६१ जना शेयर सदस्यहलई नि:शुल्क एम्बुलेन्स सेवा पंदान गरेको छ । सो अवसरमा
राष्ट्रिय सहकारी संस्थाका केन्द्रीय सद स्य शिवकुमार डाागी, कोशी अञ्चल प्रहरी प्रमुख ज्ञानविक्रम शाह, इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापति लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कुमार कालिकोटेले गर्नु भएको थियो भने स्वागत मन्तव्य बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.का प्रशाकीय अधिकृत गंगा कालिकोटेले गर्नुभएको थियो ।
