बलराम आचार्य । व्यवसायिक घरानाका लागि मात्र नभएर यो नाम पूर्वाञ्चलका आम उपभोक्ता, सामाजिक संघ संस्था, निजामति देखि लिएर सरकारका जंगी अड्डाका कर्मचारी सबैको लागि अपरिचित होइन । अर्थात गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक भन्नासाथ आचार्यको नाम अधिकांशको जिब्रोमा झुण्डिएको छ ।
आज भन्दा १७ बर्ष अगाडि पूर्वाञ्चलमै पहिलो पटक नविनतम् काम अर्थात डिपार्टमेन्ट स्टोरको अवधारणा ल्याउनु भएका आचार्यले एउटै छानोमुनि आम उपभोक्ताका आवश्यकता परिपूर्तिको शुरुवात गर्नुभयो । बजार मूल्य भन्दा कम मूल्यमा उपभोक्ताका हरेक आवश्यकता पूरा गर्न दत्तचित्त आचार्यको सोच आज अन्य व्यवसायीका लागि पनि उदाहरणीय बनेको छ भने उपभोक्ताकालागि सहज र सर्वसुलभ गन्तव्य बन्न पुगेको छ गोरखा डिपार्टमेन्ट स्टोर । सकारात्मक सोच र अथक परिश्रम भएमा हरेक मानिसको प्रगति टाढा नरहेको बताउनुहुने आचार्यले पूर्वाञ्चलका धार्मिक तथा सामाजिक संघ संस्थालाई समेत सहयोग गर्न चुक्नु भएको छैन । समाजको उत्थानमा आफ्नो आर्जनको केही हिस्सा समर्पण गर्नु आवश्यक रहेको ठान्नुहुने आचार्यले १७ बर्षको द्रवियानमा अन्य धेरै क्षेत्रमा हात हाल्नु भएको छ ।
निकट भविष्यमै सञ्चालन हुने तयारीमा तिब्र गतिमा निर्माण कार्य भइरहेको इटहरीस्थित थ्रि स्टारको गरिमा होटल, सुनसरीको बकलौरीमा सञ्चालनको तयारीमा रहेको कृषि क्याम्पस,
गोरखा डेरी उद्योगको स्थापना, निकट भविष्यमै सञ्चालनमा आउन लागेको पथरी, दमक र धरानस्थित गोरखाका शाखाहरुले पनि आचार्यको मेहनत, लगनशिलता र आत्मवललाई उजागर
गरेको छ । यसभन्दा अगाडि नै मोरङ्गको विराटचौकमा आचार्यले गोरखाको पहिलो शाखा विस्तार गरी त्यस क्षेत्रका बासिन्दाहरुलाई सेवा प्रदान गर्दै आउनु भएको छ ।यतिबेला तराई मधेश आन्दोलनका कारण भारतबाट आउने सामानको आपूर्ति ठप्प हुादा पनि आचार्यले आफ्ना े ग्राहकहरुलाई कुनै पनि सामानको अभाव हुन दिनु भएाके छैन , निकट भविष्यमै आउन लागेको सम्पूर्ण नेपालीहरुको महान पर्व विजयादशमी र सामान आयातमा देखिएको कठिनाईका सम्बन्धमा केन्द्रित रही यसपटक हामीले आचार्यसाग वार्ता गरेका छौं । प्रस्तुत छन् वार्ताका सारसंक्षेप :
द्दनेपालीहरुको महान पर्व विजयादशमी आउन अब धेरै दिन छैन । यस्तो महत्वपूर्ण समयमा तराई–मधेश आन्दोलन, भारततर्फबाट आयात ठप्प भएको छ । अहिले सामानहरुको अवस्था कस्तो छ ?
–सामान्य नै छ । मलाई त्यस्तो गाह्रो जस्तो लागेको छैन । दशौ तिहार धान्न सक्ने स्टक छ हामीसाग ।
द्दयतिका दिन अर्थात झण्डै दुई महिनादेखि भारतबाट सामान आएको छैन भनेर हरेक मिडियाहरुमा समाचार आइरहेको छ । तपाइहरुसाग भएको स्टक सिद्धिएन त अब ?
–हाम्रो स्टक क्षमता बढी नै छ । सामान आएन भन्ने कुरा त एउटा बहानामात्र हो । रातिभरि हाम्रा सुरक्षाकर्मीहरु एक छिन नसुतिकन स्कर्टिङ्ग गरेर सामान वारपार गराइरहेकै छन् । नत्र कहााबाट चल्न सक्थ्यो ? सामान आइरहेकै छ ।
द्दभारतबाट त आएको छैन । भारतले भन्सारमा कडाई गरेको छ भनिन्छ नि त ?
–उताबाट आउने भन्ने एउटा पेट्रोलियम पदार्थमात्र हो।, अन्य सामामा त्यति ठूलो भर परिरहनु पर्ने अथवा एक दुई महिना बन्द हुादैमा यहाा खानैले मरिहालिन्छ जस्तो मलाई लाग्दैन ।
द्दतपाईसाग अहिले दुई महिनासम्मको स्टक छ । त्यसपछिको अवस्था के होला ?
–त्यसपछि हामी सचेत हुनुपर्छ । हामी अर्काको खुट्टामा कतिञ्जले बााच्ने त ? आज उसले दिएन भनेर उसलाई ठाडो हात पारेर सरापेर मात्र हुादैन । हामी आफूचाहिा केही नगर्ने, अनि उसको मुख मात्र ताकेर हुन्छ ? हाम्रो लागि दुवै छिमेकी उत्तिकै हुन् । दुवैलाई सन्तुलनमा लिएर हामी हिड्न सकिरहेका छैनौं ।
द्दकमजोरी कसको हो ?
–हाम्रै हो । कसको भन्ने ?
द्दबजारमा अहिले दैनिक उपभोग्य सामानहरुको कालो बजारी भइरहेको छ भनेर उपभोक्ताहरु भन्दै छन् । गोरखामा आउने उपभोक्ताले बजारमा कालो बजारी भएका भनिएका सामान सुपथ मूल्य र सर्वसुलभ ढंगले नै पाइरहेका छन् । यसको वास्तकिवता के हो ?
–कालो बजारी गर्नेहरुले एउटा बहाना खोजेको मात्र हुन् । म फेरि पनि भन्छु नुन, चिनी जस्तो अति आवश्यक चीज अरु दुई महिनालाई हामी कुनै मूल्य नबढाई यही मूल्यमा दिन सक्छौं । म हाम्रा सम्पूर्ण ग्राहकहरुलाई ढुक्क भएर बस्न अनुरोध गर्दछु । तर एउटा कुराचाहिा के हो भने कसैले घरमा आवश्यकता भन्दा बढी लगेर घरमा सञ्चिति नगरिदिनुस् ।
द्दआफूलाई चाहिने मात्र लगिदिनुस् भन्न खोज्नुभएको हो ?
–हो । दुई महिनासम्म पूर्वका सम्पूर्ण ग्राहकलाई उपलब्ध गराउने हाम्रै ठेक्का भयो ल ।
द्दअब यो अवस्था कहिलेसम्म रहला । दुई महिना पछि तपाईहरुको पनि स्टक सिद्धिदै जान्छ ?
–हाम्रा पूर्खाहरुले जसरी धानेका थिए हामीले पनि त्यसैगरी धान्ने कुरामा अभ्यस्त हुनुपर्छ । जसरी सिस्नोको जरा घोटेर खाएर पनि हाम्रा पूर्खाहरु बााचेका थिए । मेरो मतलब हामी स्वावलम्बन हुन सिक्नुपर्छ । तयसो भएमा मात्र नेपालीले केही गर्न सक्छन् । हामी स्वर्गमा छौ । वास्तवमा नेपाल स्वर्ग हो । स्वर्गमा बसेर पनि हामी उत्पादन गर्न नसक्ने अथवा विदेश जानैपर्ने । हामीले यहाा सामान उत्पादन गरेर निर्यात गर्नुपर्ने ठाउामा हामी मानिस नै विदेशमा निर्यात गरेर देश चल्न सक्दैन । राम्रा–राम्रा जनशक्ति जति सबै बाहिर छन्े । अनि यो अवस्थामा के देश चल्छ र चलाउनु ?
द्दअहिले हामीसाग स्टक घट्दै गएको के के छन् त ?
–स्टक घटेको अवस्था हुादै नभएको भन्ने हामीसाग त्यस्तो केही छैन । हामीसाग सबै सामान छ ।
द्दतेस्रो मुलुकबाट सामान आयात भइरहेको छ त तपाईहरुको अहिले ?
–तेस्रो मुलुकबाट आएको आएको केही सामान रानी भन्सारमा रोकिएको छ । त्यसरी नरोकिनुपर्ने हो, किन भने भारतबाट नभएर तेस्रो मुलुकबाट आएको सामानहरुलाई शायद भारतलाई रोक्न अधिकार थिएन । कसरी रोकिरहेको छ , १५ दिन देखि त्यही अड्किएको छ । त्यसले केही अप्ठेरो परेको छ ।
द्दके के सामानहरु रोकिएका छन् त ?
–विशेष गरेर यही घरायसी सामान हो । खाने कुरा त कमै छन् । त्यसभन्दा बाहेकका लत्ता कपडा, किचेन वायरहरु आदि रहेका छन् ।
द्द१५ दिनदेखि सामाना रोकिएका छन् । त्यसवापत विलम्ब चार्ज पनि तिर्नुपरेको होला नि ? त्यसबाट घाटा हुादैन ?
–हा…हा…हा…हा…। ममात्र हो र ? यसरी कत्तिका सामान त्यसरी रोकिएका छन् । त्यो त आम नेपालीले भोगिरहेको छन् । हामीले समयलाई नचिन्नु नै गल्ति हो । हामीले आफू कति पानीमा छौं भन्ने नबुझेर सदैव अर्काको बुई चढ्नाको कारण दु:ख पाइरहेका छौं । यसबाट सिक्नुपर्छ ।
द्दअहिले दशैलाई लक्षित गरेर नयाा समानहरु के के आएका छन् ?
–नयाा भन्नाले त्यस्तो केही छैन । यस भन्दा अगाडि जे जति सामान थिए । तिनै सामान छन् । नयाा भनेर, स्पेशनल भनेर सहजता छैन । भुइच्चालोले भर्खर थिल्थिल्याएको कुरा सबै नेपालीलाई थाहै छ । हामी तंग्री नसक्दै अघोषित नाकाबन्दीको मारमा पर्यौं । त्यसमाथि विभिन्न राजनैतिक दलको बन्द र हड्ताल खपिसक्नु नै छ । यो अवस्थामा यत्तिको हुनु पनि बहुत ठूलो भाग्य हो भन्छु म त ।
द्दबन्द र हड्ताल जारी रहेको अवस्था र त्यसभन्दा अगाडिको अवस्थामा विक्रीको तुलना गर्नुपर्दा तपाई कसरी गर्नुहुन्छ ?
–जुन प्रकारले बन्द हड्ताल, मेरै हुनुपर्छ भन्ने अहंमता जुन दखिएको छ यसै अनुसार जाने हो भने देश सोमालियातर्फ उन्मुख भएझै लाग्न थालेको छ । अहिलेको २१ औं शताब्दीमा आएर १७ औं शताब्दीको जस्तो कुरा गरिरहेका छौं । मेरो राज्य, तेरो राज्य, मेरो राज्य हुनुपर्छ भन्ने जस्ता कुरा अब सुहाउादैन ।
द्दहैन हैन मैले तुलनात्मक रुपमा हिजो र आजको विक्रीको कुरा गरेको हुा ?
–विक्रीको तुलनात्मक रुपमा कमजोर त हुने नै भयो । मानिसलाई घरबाट हिाड्दा कहाा कतिबेला बन्द हुने हो त्यसले सताइरहको छ । उनीहरुमा उमंगले चाडपव मनाऔं भन्ने सोच नै हराउन थालेको जस्तो देखिएको छ ।
द्दएभरेजमा भन्नुपर्दा हिजो कहााकहााबाट कति ग्राहक आउथे र अहिले कति आइरहेका छन् ?
–पहिला हरेक दिन १५२–१५ हजार ग्राहक आउथे भने अहिले ६–७ हजार मात्र ग्राहक आउने गरेका छन् ।
द्दधान्न गाह्रो भएको छैन ?
–त्यो त्यसै पनि गाह्रो हुने नै भयो । ग्राहक नआएपछि गाह्रो नै भयो । आन्दोलन हुनुभन्दा अगाडि दक्षिण (भारत) र पश्चिम तर्फका ग्राहक आएका छैनन् । यही आन्तरिक ग्राहकबाट धानिदै छ ।
द्दअक्सर गरेर गोरखा डिपार्टमेन्टमा कहााका ग्राहक बढी आउथे अर्थात कहााका ग्राहकसाग हामी भर परेका थियौं ?
–पूर्वाञ्चलका सबै स्थानबाट ग्राहकहरु आउनुहुन्छ । त्यसमाथि पनि भारतको विहाार, बंंगाल, आसाम, नागालैण्ड, मणिपुरसम्मका ग्राहक हुन्थे । जनकपुरदेखि यताका ग्राहक हुन्थे । अहिले त्यसतर्फका ग्राहक आन्दोलनकउन सकेको छैन । अहिले यहा आउने ग्रौहक स्थानीय, पूर्वी जिल्लाका मात्र रहेका छन् ।
द्दयसपटकको दशौ गोरखा डिपार्टमेन्टले के कस्तो अफर दिएको अलिकति प्रष्ट पारिदिनुस् न ?
–सधैको भन्दा नयाा हामीसाग केही छैन । त्यति नै हो बजारमा अहिले जुन किसिमको अभाव देखिएको त्यो गलत हो । त्यसरी अभाव हुने बेलै भएको छैन । त्यसरी अभाव भएमा म आफ्ना ग्राहकलाई नआत्तिन आग्रह गर्दछु । हामीसाग भएको स्टकले तपाईहरुको चाडपर्व मनाउ दु:खचाहिा हुादैन । यसमा ढुक्क हुन आग्रह गर्दछु ।
द्दत्यसरी बाहिर अभाव भएको छ, कालो बजारी गरिरहेका छन् । यसलाई सम्बन्धित निकायले अनुगमन किन गर्न सकिरहेको छैनन त ?
–त्यो मेरो विषय होइन ।त्यो सम्बन्धित निकाय नै जानोस् । हामी त व्यापारी हौ हामी आफ्नो व्यापार गरिरहेका छौं । अरुको हेरेर कहिल्यै व्यापार गरेका पनि छैनांै । के भइरहेको छ त्यो उनीहरुले नै जानुन् ।
द्दआफ्ना ग्राहकलाई फेरि पनि के भन्नु हुन्छ ?
–मैले त भनिसके हाम्रो ग्राहकहरुले आत्तिनु पर्ने अवस्था छैन । तपाईहरुले सबै प्रकारका सामान उपलब्ध गराउादछौं । हामी अवसरवादी व्यापार गर्दैनौं, आजसम्म गरेका छैनौं । ग्राहकको सल्लाह र सुझावको आधारमा हामी यहाासम्म आइपुगेका हौं । अब पनि यसैगरी हामी अगाडि बढ्छौं । तर अवसर लिएर अगाडि बढ्दैनौं ।
