भलिवलको विकासमा जयनारायण चौधरी सक्रिय

इटहरी/अन्ज्य खलको तुलनामा भविवल खेलको विकासमा राज्य नै उदास भइसहेको वतृमान अवस्थामा पूर्वाञ्चलको इटहरीलाई केन्द्रविन्दु बनाएर भलिवल खेलको विकासमा नेपाल भलिवलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा नेपाल भलिवल संघका पूर्व महासचिव जयनाराण चौधरी सक्रिय हुनु हुने भएको छ ।
भलिवल खेल र भलिवलकै विकासको लागि समर्पित रहादै आउनु भएका चौधरीको सक्रियताले पूर्वाञ्चलमा भलिवलले नयाा फुड्को मार्ने पूर्वाञ्चल भलिवल संघका अधयक्ष विश्वराज धिमालको विश्वास रहेको छ । गत बर्ष झै यस बर्ष पनि इटहरी उपमहानगरपालिकामा आयोजना हुने पााचै राष्गिट्रय पुरुष तथा चौथो राष्ट्रियय महिलाबीच भलिवल प्रतियोगिताका सम्बन्धमा जानकारी गराउने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा चौधरीले समेत उपस्थिति जनाएपछि र्पूको भलिवल खेलाडीहरु यतिबेला उत्साहित भएका छन् ।
पूर्वाञ्चल भलिवल संघका अध्यक्ष विश्वराज धिमालले चौधरी र पूर्व राष्ट्रिय भलिवल खेलाडी श्याम पौड्यालको स्वागत गर्दै आगामी कार्तिक १७, १८ र १९ गते इटहरीमा सम्पन्न हुने जानकारी गराउनुभयो । राष्ट्रिय खेलकुद परिष्ढादको सहयोगमा नेपाल भलिवल संघको तत्वाधानमा पूर्वाञ्चल भलिवल संघको आयोजनामा सञ्चालन हुने विच भलिवल प्रतियोगितामा ८ टिमको सहभागिता रहने भएको छ । जसमा पााच विकास क्षेत्रमा पााच टिम र विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस र एपिएफ रहने छन् । प्रतियोगितामा ६४ खेलाडी, १५ जना निर्णायकहरुको सहभागिता रहने र ८ लाख रुपैयाा प्रतियोगिताका लागि खर्च हुने पत्रकार सम्मेलनमा धिमालले जानकारी गराउनुभयो । प्रतियोगितालाई सफलतालपूर्वक सम्पन्न गर्न खेलप्रेमी, इटहरीबासी सबैमा उहााले आगै्रह समेत गर्नुभयो । यसैबीच असोज १७ गते देखि इटहरी–४ स्थित जागृति टोलमा प्रगतिसेवा समाजको आयोजनामा पूर्वाञ्चल स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन भइरहेको छ । असोज ८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका विजेता तथा उपविजेता टिमले क्रमश : ५१ हजार र २६ हजार सगै शिल्ट, मेडल र प्रमाणपत्र पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया