भत्किएको पुल निर्माणमा ढिलाइ हुने संकेत

धरान/ एक हप्ता भन्दा अगाडि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुनसरीको चतरा जोड्ने मुख्य
राजमार्गमा रहेको पुल भत्किए पनि पुल निर्माणमा ढिलाई हुने संकेत देखिएको छ
पूर्व पश्चिम राजमार्गबाट सीधै प्रतिष्ठान जाने पुल गत असोज ७ गते राति भत्किएपछि प्रतिष्ठान जाने र चतरा जाने बाटो अवरोध भएपनि स्थानीय निकाय र सडक विभागले यसको निर्माणमा तदरुकता नदेखाएकै कारण यो पुल निर्माण एक बर्ष पछि मात्र हुने संकेत देखिएको हो ।
धरान ८ धनकुटे रोड र धरान १९ चौकीबारीलाई जोड्ने यो पुल भत्किदा प्रतिष्ठान र चतराको सीधै सम्पर्क टुटेका कारण विरामी बोकेर आउने गरेका एम्बुलेन्स समेत समस्यामा परेका छन् ।
३२ फुट लम्बाई भएको यो पुल २१ बर्ष अगाडि सडक विभागले निर्माण
गरेपनि यसको रेखदेख र मर्मत संभार भने धरान उपमहानगरपालिकाले गर्दै आएको छ । पछिल्लो समयमा धरान उपमहानगरपालिका र पूर्वाञ्चल सडक डिभिजन कार्यालय विरानगरबीच पुल निर्माणका विषयमा तालमेल नमिल्दा पुल निर्माण ढिलाइ हुने पक्कापक्की भएको छ ।
धरान उपमहानगरपालिका कार्यकारी अधिकृत टिकादत्त राईले पुल मर्मतसभारमा हालसम्म नगरपालिकाले ८ लाख खर्च गरेको र पुल भत्किसकेपछि पनि त्यसको सफाइ गर्ने काम उपमहानगरपालिकाले गरेको बताउनुभयो । यो सडक विभागले हेर्ने गरेकोले आजै पुल निर्माणका लागि पूर्वाञ्चल सडक डिभिजन कार्यालय विराटनगरमा पत्रचार गरिसकेको बताउनुभयो ।
यता सडक डिभिजन कार्यालय
विराटनगरका प्रमुख डिई इन्जिनियर रामचन्द्र राउतसागको टेलिफोन सम्पर्कमा पुलको विषयमा केन्द्रीय कार्यालय काठमाण्डौमा जानकारी गराइसकेकोले एक बर्षभित्रमा पुल निर्माण हुने बताउनुभयो । उहाले यस पुललाई राष्टिूय योजना आयोगको रातो कार्डमा पार्ने कोशिश भइसकेकोले यसको डिजाइन, ठेक्का प्रक्रियाको काम ३ महिना पछि हुने जानकारी दिनुभयो ।
पुल भत्किदा विरामीमात्र हैन स्थानीयहरु समेत प्रत्यक्ष मारमा परेका छन् । पुलसंगै खानेपानीको पाइप समेत काम नलाग्ने भएकोले त्यस स्थानमा बसोबास गर्ने ३ सय घर परिवार खानेपानीबाट समेत बञ्चित भएका छन् । खानेपानीका लागि उनीहरु अहिले टाढाटाढासम्म धाउनुपर्ने स्थानीयहरुका भनाई छ ।
पुल भत्किएपछि वैकल्पिक बाटोको रुपमा धरान ९ वगैचालाइन र धरान १९ जोड्ने चौकीबारीको पुल प्रयोग गरेपनि त्यो पूल समेत जीर्ण रहेको भन्दै स्थानीयले रोकेका छन् । वडा नागरिक मञ्चका धरान ९ का संयोजक रत्न कटुवालले वैकल्पिक बाटोमा रुपमा प्रयोग गरिएको पुल समेत जीर्ण रहेकोले त्यस स्थानमा ठूला सवारी साधनलाई आवातजावत गर्न नदिएको बताउनुभयो । उहाले यस विषयमा पटक पटक धरान उपमहानगरपालिकालाई जानकारी गराउदा समेत उपमहानगरपालिकाले वेवास्ता गरेको आरोप लगाउनुभयो ।
पुल भत्किएपछि हाल विरामी लिएर आएको एम्बुलेन्स र सुनसरीको चतरा जाने यात्रुवाहक सवारी साधनहरु धरान ६ भानुचौकदेखि धरान ९ पुतली लाइन हुदै जानुपर्ने बाध्यता रहेको छ । अति सवेदनशील क्षेत्र अस्पताल जाने बाटोमा पर्ने पुल समेत चाडो निर्माणका लागि पहल नहुदा धरानका सर्वसाधारणसमेत आश्चर्यमा परेका छन् ।

तपाईको प्रतिक्रिया