भारतको हस्तक्षेप विरुद्ध साहित्यकार सडकमा

धरान/ भारतले अघोषित नाकाबन्दीको विरोधविरुद्ध सुनसरीका साहित्यकारहरु पनि सडकमा उत्रिएका छन् ।
असोज ३ गते जारी गरिएको संविधानप्रति असन्तुष्टि रहेको भारतले नेपालको राष्ट्रियता माथि हस्तक्षेप गरेको भन्दै साहित्यकारहरुले सडकबाट
भारत विरुद्ध सचेतना अभियान सञ्चालन गरेका छन् । असोज ११ गते देखि ईटहरीबाट शुरु गरेको स्वाधिन आवाज अभियान अन्र्तगत आइतबार धरानमा साहित्यिक कार्यक्रम गरेको छ । भारतले नेपाल माथि अन्तराष्ट्रिय कानुन र मान्यता विपरित गरेको व्यवहार प्रति कवि र कविताको माध्यमबाट जनचेतना फैल्याउन अभियान संचालन गरेको आयोजक सुनसरी स्रस्टा मञ्च सुनसरीका संयोजक बद्रिविशाल पोखरेलले बताउनुभयो ।
धरानको लोकतान्त्रिक चौतारीमा भेला भएका साहित्यकारहरुले भारतले गरेको हस्तक्षेपका विरुद्ध राष्टिूयताको पक्षमा साहित्यीक शिर्जना प्रस्तुत गरेका थिए । कवि बम देवानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला २३ जना साहित्यकारहरुले कविता वाचन गरेका थिए । त्यसै गरि दोहोरी गायीकाद्वय अञ्जु र गंगा गौत्तमले गीत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया