धरान/ लगातारको तराई वन्दतथाभारतले लगाएको अघाषित नाकावन्दिकाकारण पुर्वी नेपालमाआलु प्याज सगै हरियो साग सब्जिको अभाव सुरु भएको छ । भारतीय कृषकको निर्भरमाधानिएको आलु र प्याजको व्यापार
भारतको अघोषित नाकाबन्दीकाकारण अभाव सुरु भइको हो भने प्रयाप्त इन्धन नहुदापुर्वी पहाडी जिल्लावाट हरियो साग सब्जि आयत गर्न नपाउदा अभाव भएको
हो ।
पुर्वी पहाडी जिल्लावाट हरियो साग सब्जि सगै भारत तथा भुटान लगएकातका देशवाट आलु प्याज आयात गरि पुर्वी नेपालका विभिन्न शहरहरु सम्म बिक्रि वितरण गर्दै आएको धरान स्थित कृषी उपज बजारमा दैनिक२० टनभन्दा बढी बिक्रि वितरण हुने आलु अभाव सुरु भइसकेका छ भने एक साता देखी प्याज आउन सकेको छैन । पुर्वी पहाडी जिल्लाहरु धनकुटा , तेह्रथुम लगायतका जिल्लामा हरियो साग सब्जि भए पनि इन्धन अभावको कारण ल्याउन नसकिएको व्यापारीहरुको भनाई छ । कृषकको खेतीमा हरियो साग सब्जि कुहिन थालेको भएपनिबजारमा अभाव भएको उनिहरुले वताए ।
वर्षको ६ महिना भारतमा निर्भर हुनु पर्ने आलु ४ दिन देखि बजारमा छैन । त्यसैगरि वर्षै भरि निकासी हुने प्याज हप्तादिन देखि शुन्य छ । धरान स्थित कृषिउपजबजार स्थलमा भुटान र भारतको नाजिकबाट आलु र प्याज निकासी हुने गर्दथ्यो । तर सातादिन अघिको भारतको अघोषित नाकाबन्दीले निकास नै ठप्प हुादाअभाव शुरु भएको व्यापारी विरेन्द्र चौधरीले बताउनुभयो । आलु र प्याज सगै हरियो साग सब्जिनहुदा कृषी उपज वजार सुनसान बनेको छ ।
भारतबाट निकासी हुने आलुले धरानलगायत पहाडी जिल्लाको बजार ६ महिनाथाम्ने गर्दथ्यो । पहाडको आलु सानो र ग्रिडिङ नगरि आउने भएकाले भारतीय ठुलो आलुको माग बढी थियो । होटल व्यवसायी, पार्टीका लागि भारतीय आलुकै खपत बढी हुने गर्दथ्यो । तर पछिल्लो समय दुवै वस्तुको अभावले व्यापार नै ठप्प भएको छ । धरानको बजारमा आलु र प्याज अहिले हरियो साग सब्जीको समेत अभाव हुन थालेको छ । पहाडी क्षेत्रबाट आउने बन्दकोपी, फुलकोपी, टमाटर सगै आलु र प्याज तथा साग सब्जीमा समेत अभाव रहेको ेकृषि उपजबजार स्थलका बजार सहायक नेत्र काफ्लेको भनाई छ ।
बजारमा रहेका सब्जीहरु पनि पेटूोलियम पदार्थको अभावले ढुवानी खर्च बढेकाले मुल्य बढेको व्यापारीहरुले बताएका छन् । कृषि उपज बजार स्थलमा दुई दिन सम्ममात्रै पुग्ने आलु रहेको छ । प्याज भने शुन्यनै रहेको छ । धरानसगै अहिले पुर्वी नेपालमा प्याजको मुल्य १ सय ३० देखी ५० रुपया सम्मपुगेको छ भने आलुको मुल्य ३० देखी ५० रुपया सम्म पुगेको छ । अभाव सगै सव्जिमा समेत कालाबजारी सुरु भएको छ ।
