डिपोटका पूर्व विद्यार्थी समाजसेवामा

धरान/ धरान १७ स्थित रहेको डिपोट उच्च माविका भूतपूर्व विद्यार्थीहरुको संस्था एक्स डिपोटियन क्लबसमाज सेवामा समेत अग्रसर हुन थालेको छ ।
डिपोटमा अध्ययनरत तथा भूपू विद्यार्थहरुलाई सहयोग गर्ने उद्देश्यले गठित क्लवले अहिले समाजका द:ुखी तथा असहायलाई सहयोग गर्न थालेको हो ।
क्लबले आज धरान ९ की अपाग तथा असहाय एकल महिला मिठु कटुवाललाई १० हजार नगद र उहाले प्रयोग गर्ने औषधि तथा जुस प्रदान गरेको छ भने खोटाङका ३० बर्षीया विरामी आशिष राईलाई समेत १० हजार प्रदान गरेको छ ।
क्लबले १३ बर्ष अगाडि दुर्घटनामा परी दुवै खुटा गुमाएकी मिठुलाई उहाकै निवास र पुष १९ खोटाङ पौवा शेरामा घास काट्ने क्रममा लडेर हातखुट्टा चल्न नसक्ने भएपछिर् धरानको स्पार्क हस्पिटलमा उपचार गराइरहनु भएका आषिशलाई सोही स्थानमा गएर सहयोग हस्तान्तरण गरेको हो ।
विगतमा डिपोटका भूपू विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले गठन भएपनि समाजमा दु:ख पाएका अपांग, सहायलाई समेत सहयोग गर्न थालिएको डिपोटका पूर्व विद्यार्थी विकास राईले जानकारी दिनुभयो ।
आफूले गरेको सहयोगले अरुलाई केही राहत मिल्छ भन्ने उद्देश्यका सामाजिक कार्यमा समेत अग्रसर भएको उहाको भनाई छ ।

तपाईको प्रतिक्रिया