धरान/ धरान १६ का सन्तोषले बेलुकाको खानपिन गरिसकेपछि भान्सा कोठामा राम्ररी ताला लगाएर सुत्नुभयो । विहान जब उठ्दा भान्साको ढोका खुल्लै भएपछि उहा छक्क पर्नुभयो । बेलुका ढोका लगाएर सुतेका उहाले ढोका खुल्ला देख्दा अचम्म लाग्यो र भान्सा कोठामा गएर हेर्दा भान्सामा रहेका थाल, बटुका देखि भान्सामा प्रयोग गर्ने सम्पूर्ण सामाग्री गायव थियो ।
त्यस्तै धरान १५ का कृष्ण थापाले समेत बेलुका समसाझै खाना खाएर भान्सा कोठा राम्ररी बन्द गरेर सुत्नुभएको थियो । विहान उठेर हेर्दा काफ्लेको जस्तै उहाको समेत भान्सामा प्रयोग गर्ने सम्पूर्ण सामाग्री कोठामा थिएन ।
काफ्ले र थापा त उदाहरणमात्र हुन् चाडवाड नजिकिदै जादा धरानमा अहिले ठूला तथा साना चोरहरुको विगविगी बढेको छ । चाडवाडका समयमा सुरक्षा अवस्थालाई मजबुत बनाएको भन्न नचुकाउने प्रहरीले यी यस्ता चोरहरुलाई पक्राउ गरेर कारबाही गर्न भने सकेको छैन ।
प्रहरीले चाडवाड बढेसंगै धरानमा चोरीको घट्ना बढेको स्वीकार गर्दै यस्ता चोरहरुलाई निर्मुल पर्ने अभियान चलाएको बताउदै छ । प्रहरीले अभियान चलाएको बताएपनि चोरीको घट्ना घट्नुको साथै अझै बढ्दै गएको छ । चाडवाडका समयमा सुरक्षालाई अझ मजबुत बनाउदै चोरीका घटनालाई न्यूनिकरण गर्ने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुदमकुमार सिजापतिले जानकारी दिनुभयो ।
दुई तीन महिना अघि एक आद्य चोरीका घट्ना धरानमा हुने गरेपनि चाडवाड नजिकिदै जादा घट्ना बढेको स्वीकार्दै चाडवाडको समयमा शान्ति सुरक्षा र चोरीका घट्नालाई न्यूनिकरण गर्न प्रहरी लागि परेको उहाको भनाई छ ।
यता पीडितहरुले भने डिएसपी सिजापतिको कुरालाई त्यति मान्न तयार छैनन् । केही समय अगाडि आफ्नै भान्सा कोठाबाट भान्साका सामाग्री चोरी भएपछि इलाका प्रहरी कार्यालयमा उजुरी गर्न पुगेका काफ्लेले उजुरी गरेको यतिका दिन बितिसक्दा पनि चोरी गर्नेलाई पक्राउ गर्न नसकेको बताउनुभयो । उहाले चोरीका घट्नापछि प्रहरीको सक्रियता बढाएको भनिएपनि अहिलेसम्म धरानको टोल टोल, बस्तीमा प्रहरीको गस्ती नै नदेखको बताउनुभयो ।
धरानमा अहिले दैनिक २ वाट ३ वटा स साना चोरीको घट्नको उजुरी इलाका प्रहरी कायालय धरानमा पर्ने गरेका छन् । चाडवाडका समयमा प्रहरीले चोरीका घट्नालाई निर्मुल पार्ने अभियान नै चालेपनि चोरीको घट्ना बढ्नुको सट्टा झन झन बढ्दै गएको छ ।
