राष्ट्रिय लिग फुटबलमा मनाङ–मस्र्याङ्दी विजयी

अखिल नेपाल फुटबल संघ
(एन्फा) को आयोजनामा भएको
राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मनाङ–मस्र्याङ्दी क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई
पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको सो प्रतियोगितामा मनाङ– मस्र्याङ्दीले एपिएफलाई १–० गोलअन्तरले
पराजित गर्दै विजयी भएको हो ।
खेलको निर्धा्रित समयसम्म
रोकेको एपिएफले खेलको दोस्रो हाफको इन्जुरी समयमा गोल खान पुग्यो । रुपेश केसीले गरेको एक नै मनाङ–मस्र्याङ्दीका निर्णायक गोल सावित भयो ।

केसीले खेलको दोस्रो हाफको अतिरिक्त समय ९० प्लस दुई मिनेटमा गोल गरेका थिए । जितसागै मनाङ–मस्र्याङ्दी २२ अङ्कका साथ लिगको चौथो स्थानमा उक्लिएको छ । त्यस्तै एपिएफ भने २० अङ्कका साथ लिगको पााचौा स्थानमा छ ।
प्रतियोगितामा थ्रीस्टार २६ अङ्क जोड्दै पहिलो स्थानमा छ भने आर्मी २४ अङ्कका साथ लिगको दोस्रो स्थानमा छ । त्यस्तै २४ अङ्क नै बटुलेको मोफसलको टोली झापा फुटबल क्लब गोलअन्तरका आधारमा लिगको तेस्रो स्थानमा छ ।
भोलि मङ्गलबार नेपाल प्रहरी क्लब र मोरङ फुटबल क्लब आमनेसामने हुनेछन् ।

तपाईको प्रतिक्रिया