घण्टाघरबाट हेर्दा

चिप्लेलान जस्तो छ
कसैले तपाई भनोस् कि नभनोस आफै मपाई बन्दै आका झालेमालेका अध्येक्षे खप्रओ पर्धानमन्तरीको लिगलिगे दौडबाट चिप्लेलान जस्तो छ । संविधान बनेको भोलिपल्टै सुशिल दा’ले राजीनामा गरेसी पर्धानमन्तरी पड्काउने पालो आÏनै हो भनेर कन्दनी कसेर बस्या खप्रओ हिजो आज अरु दललाई सक्तो सराप गर्दै वर्वराउन थाल्या छन् । सहमतिमा कुनैपनि दलले खप्रओलाई पर्धानमन्तरी बनाउनै हुादैन भन्दैछन् भने बहुमतीयबाट पनि खप्रओ पर्धानमन्तरीले बन्ने योगै छैन रे । पर्धानमन्तरी बन्नकै लागि गोडदुइएक दिन पनि पर्खन नसकेका खप्रओले संविधान पनि तानतुन गरेरै बनाउन लगाए । विचिराको खप्पराा पर्धानमन्तरी बन्ने योग नै लेख्या रै’नछ कि क्या हो हा ? बहुमतीयमा जाादा फेरि सुशिल दा’ नै प र्धानमन्तरी बन्लान बन्लान जस्तो पो छ । नपत्याउादा सुशिल दा’कै खप्पराा भाविले ड्याम श्रीको स्वयम् हान्देको छ कि क्या हो ?
एक नम्बर रे
एता न उता माने ए माउवादीका अध्येक्षे प्रचण्डाउ हिजोआज फेरि अलि बढ्ता खोक्न थालेछन् । हुन त खोकेरै आजसम्म अध्येक्षे बन्या त हुन नि । दश बर्ष अगाडि बोली रकुम हल्लाइको ताल समान थ्यो भने आजकल थुतुनो बढी चम्कने तर कुम नहल्लाउने भा’छ । फेरि नहल्लने कुम प्रचण्डाउ जबरजस्ती हल्लाउन थाल्या छन् । अब हेरौ न अस्तिका दिन उन्ले आफ्ना दुई चारजना हुक्के ढोकेहरुलाई भेला पारेर दुई बर्ष भित्रमै र्पाीलाई एक नम्बरको पार्टी बनाउने भनेर गफ दिएछन् । उन्को गफ सुनेरउन्कै छिचिमिराहरुले त्यसै गरे । मणि थापाहरुले त्यसै गरे । हुादा हुादा हिसाला पति बाउरामले समेत झण्डी देखाइदिए । यसरी सबैले छोडेर गएसी जाादै गरे भने दुई बष पछि प्रचण्डाउ एक्लै रहन्छन् । अनि एक्लै भएसी’ एक नम्बर पार्टी त बन्ने भयो । कि कसो हौ प्रचण्डाउ ।
नाकाबन्दी
मुखबन्दी र आाखाबन्दी नगर्दा यसपटक नेपालले नकाबन्दी सहनु पर्‍यो । थुतुनोमा आएजति फलाक्न थालेपयछ र केही नगरी ट्वालट्वाल्टी हेरेर बसेपछि नै भारतले पनि नेपालीहरुको नाकै थुन्देर नाकाबन्दी गरिदियो । भारतले नाक थुनेर नाकाबन्दी गदैसी सास फेर्न नपाएर सात दिनमै इन्तु न चिन्तु भएका नेपालीहरुमात्र हैन सत्ता बन्दीको खेल खेल्दै गरेका नेताहरु समेत साह्रै नराम्रो हविगत देखियो । नाकबाट सास फेर्न नपाएर नाकान्दी रोगबाट ग्रसित भएर पनि मुख बन्दी र आाखा बन्दी भएपनि फलाक्नचाहिा नछाड्ने वाह †
उपिन्द्रको गर्जन
मान्तेको स्वभाव मने नेताको स्वभाव अनुसार पार्टीको नाम हुन्छ कि क्या हो हा ? अब हेरम न मधेशी जनअधिकार फोरम नेपालका अध्येक्ष उपिन्द्र यादवको पार्टीको नाम पनि फोरम छ भने मान्छेको स्वभाव पनि फोरम नै रहेको छ । तराईमा यतिका दिन
तराईबासीलाई फोरेर आन्दोलन गरिरहेका जादवले अब उत्तरी नाकातिर पनि फोर्ने योजना बनाएका रै’छन् । माने उन्ले
तराईका कुनैपनि ठामबाट नेपालमा माल सामान भिभित्रन द्या छैनन् । सर्कारले दक्षिणबाट नभएर उत्तरबाट भए पनि पेट्रोलियम पदार्थ ल्षउन घोषना गरेसी जादवले उत्तरतिर पनि फोर्ने धम्की
देछन् । दक्षिणयतिर जादवका नाता गोता छन् उत्तरतिरचाहिा यिन्का को छन्
कुन्नि ? उत्तरतिर गएका दक्षिणतिरको हर्कत देखाए भने यिनका करङ्गका हड्डी गनिन्छन् भनेर यिन्ले किन नबुझ्या होलान् ? कि कसो हौ ?
काजी बोले
हाम्रा भकभके काजी मने नाम मात्रको शेरबहादुरले अस्तिका दिन आफ्नो थुतुनो खेलेका छन् । यिन्ले थुतुनो खोल्दा झालेमालेका अध्येक्षे खप्रओले मर्ममै दह्रौ प्रहार भएको छ । अर्काको मर्ममै प्रहार हुने गरी भकभके काजीले बोल्नु हुन्न थ्यो बोलिहाले के गर्नु ? बाख्रे कटक हिडाइ र बोलीको अस्पस्थता भए पनि गोडा तीनेक पटक पर्धानमन्तरी भैसक्या काजीले खप्रओलाई सव्ंविधान जारी भएसी पर्धानमन्तरी दिने कुरा कसैलाई थाहा छैन भन्दिए । शुशिल दा’ले यस्तो सहमति गर्‍या भे’ त्यो व्यक्तिगत हो । कसैको व्यक्तिगत कुरा अरुले मान्छन् भन्ने छैन भनेर काजीले ओकली दिए । सबैले
चारैतिबाट आक्रमन गर्न थालेसी खप्रओ बालकोटतिरै थन्किएका छन् रे ।
नयाँ शक्ति
माने बाुराम भट्टराई कुन खेतका मुली हुन कुन्नि ? हिजो आज घण्टाघरलाई छुट्याउनै हम्मे हम्मे पन थाल्या छ । सवंविधान नबनुनज्याल संविधान बनाउनपर्छ भन्दै डिङ्ग हाक्ने बाउरामले संविधान बनेसी कसैले स्वागत नगर्नु स्वागत गर्ने बेला भइसक्या छैन भनेर भाषण ठोके । गोडा तीनके दिनपछि माउवादी पार्टी नै छोडेर हिडे । जता मल्खु उतै ढल्कुको स्वभाव भएाक बाउरामले तराइतिर झरेर ठूलै नेता हुने सपना देखे । सपना साकार पार्न जनकपुरतिर हान्निएका तर केही जोर चलेन, प्रचण्डाउको कााध विस्टाएर मधेशी नेताको प्यारो हुन गा’थे झण्डै मधेशी युवाहरुले घुाडाको पांग्रो खुस्काइदिए । जसो तसो प्रहरीले पाखुराले चल्ला छोपेझै छोपेर एयरपोट पुर्‍याई काठमाण्डौ पठाइदिए । मधेशीलेपन लोप्पा खुवाइ दिएसी अर्धानिी हिसिलालाई लिएर खोर्चातिर हान्निए, त्यहाा पुगेर उन्लय नेयाा शक्तिका लागि आफूले पार्टी छोडेको भनेछन् ,। त्यहाा पनि गगोर्खेहरुले पत्याइ दिएनन र फिस्स ओठ लोप्राइ दिएछन् ,। अब बाउरामको नयाा शक्ति पनि लोप्रिएला जस्तो छ ।
ग्याँस चाहियो
हाम्रा बेकामे उपराष्ट्रपति हिजोआज निवासै थच्चिन थाल्या छन् रे । उपराष्ट्रपति त्यसमाथि नामै
परमानन्द मार्न सदा परम आखनन्दमा रमाउनेलाई पनि के आपत्ति आइलाग्या होला । त्यत्रा ठूला मान्छेले निवासमै थन्किनु त राम्रो हैन । उनी भोका पनि रै’छन् । निवासमा थच्च्चिएका मात्र कहाा हुन र ? उपराष्ट्रपतिको यस्ता कुरा कएक कान दोकान मैदानमा आयो । अरुले जस्तै घण्टाघरले पनि विराले कान ठाडा बनायो ।
विचारालाई सरकारले सात दिनदेखि पेट्रोल नदिएको बाहिर निस्कन पाका रै’नछन् । अनि ग्याास पनि नपाएर विचाराले भात पकाइ खानसम्म पाका रै’नछन् । पेट्रोल नपाएसी, खानै नपाएसी विचारा बाहिर फेरा कसरी निस्किउन त ? झाले भन्या सरकारले पेट्रोल ग्याासै दिएन रे । सरकारकै हालत आफै त महादेव उत्तानो टाङ्ग कस्ले देला बर भन्ने अवस्थामा छ । अनि फुय्यााको झालाई पेट्रोल र ग्याास दियोस् ।
अन्तेमा
झालेमालेका बाादर सेनाहरु तातोपानी खुलाउन अस्तिका दिन हिड्या थे । अबचाहिा तल्तिरबाट भुत्लोभाङ्ग केही नदिए नि मास्तिरबाटै बर्सिएला जस्तै सबै कुरा बर्षिने भो भनेर घण्टाघर कम्ता फुरुङ्ग पर्‍या थेन ,। अब बाादर सेनाले तातोपानी नाका ख्वात ख्वात खुलाउाछन् अनि उताबाट गुरगुरती पेट्रोल, डिजल ताातिका तााती आउाछन् भनेर घण्टाघरले सोच्या थ्यो । तर म ताक्छु मुढो
बञ्चरो ताक्छ घुाडो जस्तै भयो । दशौ अघि त्यताबाट फुट्टिकौडी केही नआउने भयो । बाादर सेना यसो यसो रमाइलो गरेर फर्किए रे । अन्तेमा टाढाको देउताभन्दा नजिककै भूत काम लाग्ने भयो ।

तपाईको प्रतिक्रिया