धरान/ उरांव झांगड जातिले कर्मा पूजा धुमधामका साथ मनाएका छन् । पछिल्लो समयमा आएर सम्पूर्ण उरांव झांगडहरु एकै ठाउंमा भेला भई पूजाको थान बनाएर सामुहिक रुपले कर्मा पूजा गर्ने, शुभकामना आदन(प्रदान गर्ने र सांस्कृतिक कार्यक्रमहरु गर्न थालेका छन् ।
कर्मा पूजा गर्नाले सन्तान प्राप्त हुने, रोगव्याधी, दु:ख, कष्ट हटेर जाने र लामो समयदेखि टाढाटाढा गएका/हराएका आफन्तहरु फर्केर आउने उरांव झांगड जातिको विश्वास रहेको छ ।
कर्मा पूजा २०७२ को अवसरमा उरांव झांगड जातिको जातिय संस्था “नेपाल उरांव झांगड कोड्रेम सुध्रारा कार्य गुठीयारा आ” केन्द्रिय समितिले सुनसरीको मधुवनमा कर्मा पूजा तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा उनीहरुले कर्मा पूजालाई राष्टिूय पूजाको रुपमा मान्यता दिनुपर्ने सहभागी वक्ताहरुले बताएका छन् ।
पाल आदिवासी जनजाति महासंघका तराई सचिव ध्यानी
उरांव, पूर्व कृषि तथा सहकारी मन्त्री नन्दन दत्त, नेपाल आदिवासी जनजाति महासंघका पूर्वाञ्चल संयोजक एवम् नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष सुजेन्द्र गोले तामाङ, नेपाल आदिवासी जनजाति महासंघका सुनसरी अध्यक्ष खम्बासिंह गुरुङ, पूर्व गा.वि.स अध्यक्ष जयमुद्दिन खां, नेपाल माझी उत्थान संघका महासचिव पदम बहादुर माझी,
उरांव झांगडका महासचिव बाबुराम झांगड, पूर्व सभासद अमिलाल झांगड, नेपाली कांग्रेसका असद अन्सारी, नेकपा एमालेका सराज अन्सारी, एमाओवादीका शरद दाहाल, मधेशी जनअधिकार फोरम(लोतान्त्रिक) का असाद अन्सारी, नेकपा(माओवादीका राजकुमार साह, थारु कल्याणकारीणी सभाका तेज
नारायण चौधरी, स्थानीय राम प्रसाद उरांव लगायतले कर्मा पूजालाई राष्टिूय पर्वको रुपमा मान्यता दिनुपर्नेमा जोड दिए ।
सो अवसरमा मधुवन, पश्चिम कुशाहा र पूर्व कुशाहाका उरांव झांगडहरुले उत्कृष्ट झांकी, नृत्य र गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा तमु ह्युल छोंज धी गुरुङ राष्टिूय परिषदका सुनसरी अध्यक्ष कर्ण तमु, उरांव अगुवाहरु श्रीलाल उरांव, शिवलाल उरांव, कमल नारायण
उरांव, मोतिलाल उरांव, शयामलाल उरांव, नारायण उरांव, केशव उरांव, हजारी उरांव, रामलाल उरांव, पुरन झांगड लगायतको उपस्थिति रहेको थियो ।
