धरान/नेपालका लागि भारतीय राजदुत रन्जित रे । आजभन्दा एक बर्ष अगाडि अर्थात् २०७० भदौ १७ गते सोमबारदेखि उहााले आफ्नो कार्यभार सम्हाल्नु भएको हो । नेपालमा राजदुतको पदभार सम्हाल्नु भन्दा अगाडि उहाा भियतनाम, हागेरीमा भारतीय राजदूत हुनुहुन्थ्यो । नेपाल मामिला सम्बन्धी विज्ञ मानिनु हुने रे नेपालमा भएको दोस्रो जनआन्दोलनका समयमा सात दल र माओवादीबीच १२ बुादे समझदारी हुादा रे भारतीय विदेश मन्त्रालयमा नेपाल डेक्स प्रमुख हुनुहुन्थ्यो । राजदुत रन्जित रे नेपालका लागि २३ औं भारतीय राजदुत हुनुहुन्छ । अत्यन्तै सरल र स्पष्ट वक्ता रेले नेपालको समुन्नतिका लागि भारत सरकारका तर्फबाट हरसम्भव प्रयास गर्दै आउनु भएको छ । साउन १७ गते सिन्धुपाल्चोकको जुरे माङ्गखामा पहिरो खसेर सुनकोशी बन्द भएपछि त्यसबाट उत्पन्न हुने अवस्था, समाधानका उपाय र विज्ञहरुको आवश्यक सुझाव हेतु राजदुत रेले सोमबार नेपाल सरकारका सिाचाइमन्त्री एन.पी.साउत, सिाचाई सचिव, सुनसरी–मोरङ्ग सिाचाई आयोजनाका प्रमुख, क्षेत्रीय प्रशासक, सुनसरी, मोरङ्ग, उदयपुर र सप्तरीका प्रमुख जिल्ला अधिकारीका साथ चतरादेखि व्यारेजसम्मको भ्रमण गर्नुभएको थियो । नेपालको हरेक क्षेत्रमा भारतीय सहयोग महत्वपूर्ण रहेको अवस्थामा राजदूत रे साग हामीले छोटो साक्षात्कार गरेका थियौं । प्रस्तुत छन् उहाासाग गरिएका साक्षात्कारका प्रमुख अंशहरु :
घसोमबार अचानक नेपाल
सरकारका सिँचाईमन्त्री, सिंचाई सचिव, कोशी आसपासका चार जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत संगै सुनसरीको चतरादेखि कोशी व्यारेज सम्मको निरिक्षण भ्रमण गर्नुभयो । निरीक्षण भ्रमणको प्रमुख उद्देश्य के थियो ?
–नेपाल–भारत बीचमा एउटा उच्चस्तरीय समिति छ । जसले समय समयमा सप्तकोशी निरीक्षण भ्रमण गर्दै आएको छ । कोशीबाट बनाइएका पूर्वी नहरसागै हामीले त्यस क्षेत्रको अवलोकन गर्यौं । यो नियमित अवलोकन जस्तै हो ।
घसिन्धुपाल्चोकको जुरे माङ्खामा पहिरोले सुनकोशीमा थुनिएको ताल फुट्यो भने त्यसले कस्तो विपत्ति निम्त्याउँछ ?
–यो अलि हाइपोथेटिक कुरा भयो । विज्ञहरुले यस समबन्धमा आफ्ना
धारणा सार्वजनिक गरिसकेका छन् । थुनिएको पानीको ताल फुट्ने अवस्थामै छैन । ताल फुट्ने त्रासले घर छोडेर हिाडेका स्थानीय बाससिन्दालाई निर्धक्क भएर घर जान भनी सकेको छ । तथापि हामीले सतर्कताचाहिा अपनाउनै पर्छ ।
घयस सम्बन्धमा विज्ञहरुले यहाँलाई कस्तो सुझाव दिएका छन् ?
–विज्ञहरुको पनि यही सुझाव छ । ताल कुनै पनि हालतमा फुट्दैन ।
घकथम्कदाचित ताल फुट्यो भने सम्भावित दुर्घटनाबाट दुवै देशका नागरिकलाई बचाउन भारतले कस्तो योजना बनाएको छ ?
–यसका लागि भारत सरकारले प्रभावकारी योजना ल्याउाछ । विज्ञहरुले ताल नफुटने बताइरहेका छन् । अब त्रसित हुनुपर्ने आवश्यकता छैन ।
घसुनकोशी पहिरो पीडितका लागि नेपाल सरकारले भारत
सरकारलाई पत्र पठाएरै सहयोगको आग्रह गरेको छ । त्यसमा भारत सरकारले के कस्तो सहयोग गरिरहेको छ ?
–बाढी पहिरो क्षेत्रमा भारतका विज्ञहरु आएर अवलोकन गरिसकेका छन् । सम्भावित दुर्घटनाको कुनै सम्भावना छैन । तथापि नेपाल सरकारले चाहेको सहयोग भारत सरकारका तर्फबाट प्राप्त हुन्छ ।
घकोशी हाइड्यामको कुरा लामो समयदेखि उठ्दै आएको छ । तर कार्यान्वयन भएको छैन । यस सम्बन्धमा प्रष्ट पारिदिनुस् न ?
–हो, कोशी हाइड्यामको कुरा लामो समयदेखि उठ्दै आएको छ । यो दुवै देशका सरकारबीचबाट हुने कुरा हो ।
घनेपाल र भारतबीचको सम्बन्धलाई तपाई आफ्नो शब्दमा कसरी व्याख्या गर्नुहुन्छ ?
–यसलाई शब्दमा व्याख्या गर्न कठिन छ । दुवै देशबीच जनस्तरबाटै भावानात्मक सम्बन्ध छ । यो सम्बन्ध कसैले बनाएर बनेको होइन । दुवै देशको आर्थिक, राजनीति, धार्मिक, साास्कृतिक, सम्बन्ध परापूर्व कालदेखि नै रहादै आएको छ । एक देशका नागरिकलाई पीडा हुादा अर्को देशको नागरिकले पीडा बोध गर्छन् ।
घएउटा कुटनीतिकको हिसाबले भन्नुपर्दा भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीको साउन १८ र १९ को भ्रमणलाईकसरी लिनुभएको छ ?
–भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीको नेपाल भ्रमण ऐतिहासिक र सफल रहयो । मेरो निकटमा रहनु भएका नेपालका विद्वान मित्रहरुले भ्रमण अत्यन्तै सफल भएको बताउनु भएको छ । दुई देशबीचमा भएका सम्पूर्ण विभेदलाई प्रधानमन्त्री मोदीले चिरीदिनुभएको छ । त्यसैले पनि म एउटा कुटनीतिकको नाताले भन्नुपर्दा भ्रमण अत्यन्तै उपलब्धीमुलक रहयो ।
घयहाँको अनुभवमा नेपालको तिब्र विकासका लागि कुन कुन कुरामा जोड दिनुपर्ला ?
–नेपालको तिव्र र दीगो विकासका लागि धेरै सम्भावनाहरु छन् । त्यसमध्ये पनि हाइड्रो, पर्यटन, कृषि सबैभन्दा महत्वपूर्ण हुन् । यी क्षेत्रमा मात्र नेपालको लगानी केन्द्रित हुने हो भने नेपालको कायापलट हुन्छ ।
घदुई देशबीच केही स्थानमा देखिएको सीमा समस्या समाधानका लागि कस्तो उपाय अपनाउनु
पर्ला ?
–वास्तवमै भन्ने हो भने नेपाल–भारत बीच ९८ प्रतिशतमा कुनै सीमा विवादै छैन । बााकी रहयो दुई प्रतिशतको कुरा त्यो दुई देशको हाइलेवल बसेर स्थायी समाधान गर्न सकिन्छ ।
