भारतीय प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको सम्न्धमा अझ सुमधुर बनाएको छ

विजय डाागा
पूर्व अध्यक्ष सुनसरी उवा संघ , धरान

सत्र बर्षको लामो अन्तरालपछि
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले महत्व पाउनु स्वभाविक नै हो । जुनसुकै काल र परिस्थितिमा नेपाल
भारत सम्बन्ध ऐतिहासिक अविच्छिन
रहादै आएको छ । १७ बर्ष पछिको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण पशुपतिनाथको दर्शनमा मात्र सीमित भएको होइन, नेपाल र भारत एउटा धार्मिक सम्बन्ध भएका देश हुन् । सदियौदेखि नै भारतले नेपालको समुचित विकासमा सहयोग गर्दै आएको सर्वविद्धितै छ । जस्तै नेपालमा भारतीय सहयोगबाट नेपालका हुलाकी भवन, विमान स्थल, राष्ट्रिय राजमार्ग, रक्षा सामाग्री लगायतका सरसामान भारतको ठूलो योगदान रहेको छ । हालै भारतीय प्रधानमन्त्री समक्ष हामीले ठूलाठूला लगनीका कार्यक्रम जस्तै जलस्रोत, उर्जा, व्यापार एत्ब् तथा एम्ब् जस्ता प्रस्ताव राखेकोमा पूर्ण आश्वासन प्राप्त भएकोमा हामी हाम्रो तर्फबाट पूर्ण सहयोग गर्नेछौं । साथै भारतीय प्रधानमन्त्रीले हामीलाई एकसय अरब भारतीय मुद्रा बराबरको सुहलियत कर्जा सहयोग गर्नु भएको छ । साथै जल विद्युतका पूर्वाधार तथा हिमाली जडबुडी र पर्यटनबारे पनि चासो देखाउनु भयो । प्रथम पटक एउटा प्रधानमन्त्रीले पटक पटक नेपलमा जन्मिनुभएका बुद्ध सम्झिए । गुजरातको सोमनाथ, यूपीको काशाीनाथ, नेपालको पशुनाथलाई सम्झनु भयो । अबको सार्क सम्मेलनमा नेपाल आउदा बुद्धको जन्म स्थल लुम्बिनी तथा राजा जनकको नगरी जनकपुरमा माता जानकीको दर्शन गर्ने इच्छा समेत जाहेर गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमणको बेला साह्रै सान्दर्भिक बाक्य बोल्नुभएको छ, भारतको काम नेपालमा दखल दिने होइन आवश्यक पर्दा सहयोग गर्नेर् हो । यो वाक्य तथा सदनमा भाषण गर्दा नेपाली भाषाको सम्मान गर्दै बोल्नु भएपछि सम्पूर्ण सांसदहरुले उहााको जोडदार ढंगले ताली बजाइ स्वागत
गरेका थिए ।
उहााले संसदमा हाम्रा सांसदहरुलाई एउट हिट फर्मुला समेत दिनुभयो । । हिट जसको अर्थ यस प्रकार छ । ‘एच’ को मतलव हाइवे राजमार्ग, ‘आइ’ को मतलब आइवेज सूचना प्रविधि तथा ‘टि’ को मतलब ट्रान्सवेज प्रसारण लाइनबारे हामीलाई जानकारी
गराउनुभयो । साथै उहााले आगामी दिनहरुमा नेपालले जरुरत भन्दा बढी विजुली उत्पादन गरेर भारतको
अध्यारोलाई पनि उज्यालो बनाइ दिने घोषणा समेत गर्नुभयो । उहााले नेपाल असल मित्र भएको नाताले यी सबै
कुरा राख्नु भयो तर गर्नुपर्ने यो काम नेपाली नेतृत्वको हो । भारतीय प्रधानमन्त्रीले १९५० को शान्ति सन्धिबारे नेपालले चाहेमा सन्धिमा संसोधन गर्न सकिन्छ तर मेरो आफ्नो सोझो
विचारमा १९५० को सन्धिमा केही
कुराहरु नकारात्मक भए तापनि हामी दुवै मुलुकका नागरिक एक अर्काका मुलुकमा निर्धक्क भएर आवातावत गर्नुका साथै उद्योग व्यापार व्यवसाय गर्न पाउने प्रावधान संसारका कुनै मुलुकमा छैन । भारतका कुनैपनि ठाउामा हामी पूजापाठ होस् वा स्वास्थ्योपचारका लागि बिना
रोकतोकका साथ आवतजावत गर्न पाउछौ । हामी नेपालीका लागि सजिलो भएको छ । उहााले भरतीय
दुरसञ्चारको नेपालसंग कुराकानी गर्दा महागो महसुलको कुरा राख्नुभयो निकट भविष्यमा सो पनि निरराकरण हुनेमा हामी विश्वस्त छौं ।
१९५० को मैत्री सन्धीमा व्यापार व्यवसायमा केही त्रुटि भएको नै होला तर शान्ति तथा मैत्री सन्धी समानता का आधारमा भएको नै छ जस्तो लाग्छ । अन्त्यमा भारतको ६८ औं स्वतन्त्रता दिवसको महान उपलक्ष्यमा म तथा मेरा सम्पूर्ण सहभागी मित्रहरुको तर्फबाट भारतीय जनताको सु–स्वास्थ्य तथा
उत्तरोउत्तर प्रगतिको कामना गर्दै आगामी दिनहरुमा भारत नेपाल सम्बन्ध अझै दरिलो हुने कामना गर्दै श्री पशुपतिनाथले सबैको कल्याण गुरुन, जय नेपाल, जय हिन्द ।

 

तपाईको प्रतिक्रिया