धरान/जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका इन्चार्ज ट्राफिक प्रहरी
निरीक्षक नविन अधिकारीलाई महिला सञ्जाल धरान, पारालिगल, धरान, सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा विदाई गरिएको छ ।
इलाका प्रहरी कार्यालय धरानको हाताभित्र रहेको सामुदायिक प्रहरी सेवाको भवनमा गरिएको सो कार्यक्रममा प्रहरी निरीक्षक अधिकारी यही साउन मसान्तमा काठमाण्डौमा सरुवा हुने भएपछि उहालाई एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको हो ।
