अखिल नेपाल फुटबल संघ एन्फाले असन्तुष्ट रहेका चारजना उपाध्यक्षलाई आगामी साधारण सभासम्मका लागि बर्खास्त गरेको
छ ।
एन्फाको सोमबार बसेको बैठकले कर्मा छिरिङ शेर्पा,
ैविजयनारायण मानन्धर, किशोर
राईलाई बर्खास्त गरेको हो। सदस्य पंकज नेम्वाङलाई पनि आगामी साधारणसभा सम्मका लागि बर्खास्त गर्ने निर्णय बैठकले गरेको एन्फाका सिइओ इन्ऽमान तुलाधरले सेतोपाटीलाई जानकारी दिए ।
एन्फा विधान अनुसार उनीहरुलाई बर्खास्त गरिएको उनले बताए। साधारणसभा भने एन्फाको अब बस्ने बैठकले तय गर्नेछ। एन्फा विरुद्ध लागेको अभियोगमा उनीहरुलाई बर्खास्त गरिएको उनले बताए। उनका अनुसार उनीहरु लामो समयदेखि एन्फा बैठकमा समेत आएका
थिएनन ्।
बैठकले उनीहरुको स्थानमा मणी कुवार, सन्तोष खड्का र वीरबहादुर खड्कालाई उपाध्यक्षमा मनोनयन
गरेको छ । रिक्त रहेको सदस्य पदमा अरुणमान जोशीलाई चयन गरिएको छ। त्यस्तै बैठकले रिक्त रहेको उपाध्यक्ष पदमा नरेन्ऽ श्रेष्ठलाई मनोनयन गरेको छ ।
उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर मृत्यु भएपछि सो पद
रिक्त थियो। अध्यक्ष गणेश थापाले आर्थिक हिनामिना गरेको भन्दै उनीहरुले संसदीय समिति, अदालत गुहारेका थिए। तर ती निकायबाट पनि हिनामिना गरेको पुुष्टि नभएपछि थापा एन्फामा फर्किका छन । अनुसन्धानमा सहज होस भन्ने हेतुले थापाले ३ महिना एन्फाबाट बिदा समेत लिएका थिए ।
