बुद्धि बिग्रेका बाउराम
त्यत्रा विधि पढेका बाउराम भट्टराईको गिदीमा बुद्धि नै बुद्धि छ भन्ठान्या घण्ण्टाघर अस्तिका दिनदेखि उत्तानोचित भएको छ । हुन त घण्टाघरले स भन्दा अगाडि नै सनकसिंह र मुरख विद्वानको उपमा भट्टराईलाई दिइसक्या थ्यो । अब अहिले आएर उपमामा लालमोहरै लाग्यो । भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ कााध हाल्न सकिन्न । बुद्धि बिग्रेका बाउरामले सनक्क सन्किएर अस्तिका दिन माउवादी पार्टीबाटै स्वात्तै राजीनामा दिएछन् । उता सांसदबाट पनि राजीनामा ठोकेछन् । सप्रेको बुद्धि भए त बाउरामले त्यसो गर्देै गर्दैनन् थे । संविधानसभबाट संविधान बनेका दिनदेखि नै बाउरामको बुद्धिमा घुन लाग्न थाल्या थ्यो । संविधान जारी हुादा सबैले देशैभरि बत्ती बाले उत्सव मनाए । तर बाउरामले बत्ती बाल्ने बेला भा’छैन भनेर भट्याए । आÏना गुरु एसडी मुनिले बत्ती नबाल्न भन्नु भनेर सुझाउ द्या थे कि क्या हो ?
कसिंगर नै हट्यो
गोडा विसेक बर्षदेखि बुद्धि बिग्रेका बाउरामको घुर्की र टोकोसोबाट आजित भएका प्रचण्डाउ यतिबेला खुशी छन् । हुन तबाउराम भट्टराई जस्तो बोर्ड फस्ट ल्याउनुभन्दा चार पटकमा थर्ड डिभिजन ल्याउने हरिवंश आचार्य हुनु नै जाति भन्ने उखान हाम्रो गामघरतिर खुब चलनचल्तीमा छ । सिधै घोक्रेठ्याक लगाएर पार्टीबाट निकाल्दा अपजस आइलाग्ने भएर चुपचाप बाउराम टठोकोसो व्यहोदर्लै आएका प्रचण्डाउलाई अब भने मस्तीको निन्द्रा लाग्ने भएको छ । बढारेर फाल्नुपर्ने कसिंगर हावाले उडाएससी प्रचण्डाउलाई निन्द्रा नलाग्ने त कुरै भएन । अब भने बाउराम वि ग्रेडबाट डि ग्रेडमा झरेका छन् । ए ग्रेड माने एकीकृत माउवादी, बी ग्रेड माने वैध माउवादी, सी ग्रेड भन्या चन्द माउवादी अब गठन हुने डी ग्रेड भन्या डा. बाबुराम । ए ग्रेडबाट डि ग्रेडमा झर्या बाबुराम अब मधेशतिर गएर दुई चारजनाको नेता हुन्छन् कि हिसिलालाइ हेर्या हेर्यै गरेर बस्छन् त्यसको टुंगो चााडै लाग्ने वाला छ ।
राजिन्दरको चुनौति
जब लगौटीको जुम्रा टाउकोमा पुग्छ त्यसबेला त्यो बढी सल्बलाउाछ । यतिबेला मधेशी नेताको पगरी गुथेका राजिन्दर महतो अन्टेसन्टे बोलीले टाउकामो जुम्राको याद आउन थाल्या छ । अब हेरै न अस्तिका दिन राजिन्दरले झालेमालेका अध्येक्षे अप्रओलाई मधेशमा आएर देखाउन चुनौति देछन्, खप्रओलाई राजिन्दरले फुइय्यााको चुनौति दिनु ? त्यता नख्खु जेल तोड्ने खप्रओ भन्या खप्रओ नै हुन । खप्रओले बोल्दा सद्धे मान्छेको टाउको त पोलिहाल्छ भने राजिन्दर महतो कुन ड्याङका मुली हुन र ? आÏनै देश मधेशतिर जान खप्रओले चाहे भने १२ हातको ठाागाले पनि छुादैन । खप्रओ जाादा राजिन्दर महतोहरुचाहिा कहा पुग्ने हुन हुन त्यसमाचाहिा घण्टाघरलाई चिन्ता लाग्या छ ।
गौतमको फुइँ
हिजो आज घरेलुमन्त्री बामदेउको फुइा देख्दा घण्टाघरलाई उदेक लाग्न थाल्य छ । भारतले अघोसित नाकाबन्दी गरेसी’ पेट्रोलियम पदार्थ लगायत अन्य कुनैपनि पदार्थ नेपालाा आउन सक्या छैन । मास्तिरबाट चीनले झार्देला भन्या त्यो पनि उही गफास्टमात्र भैराछ । अब सबैतिर पेट्रोलियम पदार्थको हाहाकार मच्चिएसी’ घरेलु मन्त्री बाउदेउले बडो फुइा लगाएर भनेछन् भारतले नर्दि जहाजबाट इन्धन ल्याउाछौं तर आत्म सममर्पण गर्दैनौं । वाह हाम्रा घरेलु मन्त्री गौतम कम्ता क्रान्तिकारी छन् ? बरु कहिलेदेखि इन्धन, ग्याास र अरु खित्रिङमित्रिङ ल्याउने हो तय गरे हुन्थ्यो । ह्या हाहाकार भैसक्यो । घण्टाघरलाई चाहिा विश्वास छैन बाउदेउले हवाइजहाजबाट ल्याएर इन्धन र अरु खित्रिङमित्रिङ देलान् भनेर । थुतुनो चलाउन जति सजिलो छ गर्न त्यति नै गाह्रो छ भनेर बाउदेउलाई कस्ले सम्झाइ देला कुन्नि ?
गलेछन् खप्रओ
भारतले नेपालको संविधानलाई समर्थन गरेन, अघोषित नाकाबन्दी गर्यो भनेर धुवााधार विरोध गरेका झालेमालेका अध्येक्षे खप्रओ यतिबेला लथ्या्रकलुथु्रक भएर गलेछन् कि क्या हो । गोडातीनेक दिनदेखि ओलीका बोली फेरिएका छन् । गोडाचारेक दिन अगाडिसम्म अंगिकृत नागरिकता लिने दोस्रो दर्जाका नागरिक हुन्, अंगिकृत लिने बित्तिकै पर्धानमन्तरी चाहियो, नेपाल कहिल्यै झुक्दैन भन्दै भारतलाई चेतावनी दिादा घण्टाघर पनि गजक्क फुल्या
थियो । केपी ओलीले सााच्चै नै अघोषित नाकाबन्दी विरुद्ध भारतसाग सााच्चै नै अडान लिने भए, यिनै रै’छन् नेपालमा सच्चा नेता भन्या त भुत्राको हुनु ? अस्तिका दिनको ओलीबो बोली सुनेसी’ घण्टाघर खस्रङ्ग भएर थचक्कै बस्यो । उनले नेपाल र भारतबीचको सम्बन्ध अटुट छ यसलाई कसैले विगार्न सक्दैन भनेर पो फलाके । आफूले बोलेको कुरामा गोडातीनक दिन पनि टिक्न नसक्ने ओलीका फूर्तिफार्ती पनि देखियो । ढिलो चााडो लम्पसार पर्नु नै यिो भने किन प्यार–प्यार बोल्नु ?
वेफ्वाके जादव
नाम अनुसारको काम नगरेपनि संघीय फोरमका अध्येक्षे उपिन्द्र जादव हिजो आज अलि बढी बर्बराउन थाल्य छन् । साामा बस्ने नेताहरुको ह्याउ नभएरै यिन्को वक्वकाइ अलि ज्यादा भा’ हो । अब हेरौ न अस्तिका दिन उप्रिन्दले आफ्नो घराा पत्रकारहरुलाई खोया खुवाउदै भनेछन् सुशिल कोइराला पक्राउ पर्ने डरले संयुक्त राष्ट्रसंघको ७० औं महासभमा भाग लिन नगाका रे । मधेश आन्दोलनलाई दमन गरेर ४३ जनाको ज्यान लिएको अभियोगमा गा’भे सुशिल दा’लाई अमेरिकामा आठ्याइन्थ्यो रे । उपिन्द्रले अगाडि नै सुशिल दा’लाई अठ्याउने मान्छे पठाका थे कि क्या हो हा ? त्यसै अर्काका देशका पर्धानमन्तरीलाई आठ्याउन पाइन्छ ? वेÏवााके गफ गर्यो, दुनियाालाई उल्ललु बनायने । सोझा मधेशीलाई उचालेर सडकमा थुपार्यौ अनि आन्दोलनको डिङ्ग हाक्यो ।
बुद्धि पलाए जस्तो छ
माउवादीका नेता राम कार्कीले भन्या जातीय राजनीति गर्या कारण माउवादीको राजनीति संकटमा पर्यो रे । यस्ता कुरा भलिभााति जान्ने ज्योतिषी माने माउवादीले किन जातीय राजनीति गर्या होलान् त ? जहाा जहाा गयो त्यही त्यही जातलाई उचाल्यो, फूपूको सम्पत्ति बााडे जस्तै गोजीबाट थप थप राज्य दियो । ए बाबा हुने सम्मकोक ाम यपो गर्नुपर्छ छ ? जातको नाममा ारजनति गर्दा आज माउवादी पाहा पसारिए जस्तै पसारिन पुगेको छ । जातीय राजनीतिकै कारण प्रचण्डाउ लाजिम्पाट देखि कोटेश्वर सम्म सीमित भा’छन्, वैधाउ विचार अब त शरीरले पनि साथ दिदैन ओथरा बस्या छन्, विप्लव मुठ्ठी उज्याएर थुतुनोमात्र चलाउाछन्, बाउराम मधेशीसाग मिट लगउन दौडिएका । यस्तै हो भने अब केही बर्ष बाउवादी खोज्न बत्ती नै बाल्नुपर्ला जस्तो छ ।
अन्तेमा
भारुमा एउटा उखान छ चोर–चोर मौसेरे भाइ । यो उखान यतिबेला माउवादीबाट अलग भएका बाउराम भट्टराईमा ठ्याक्कै लागू भा’ छ ,। तराई टुक्र्याएर मधेश देश नबनाउने अभियानमा लागेका बाउराम भट्टराईको डा.. सिके राउतले मधेशमा
बाउरामको भव्य स्वागतको चााजोपााजो मिलाएका छन् रे । दुवै डा., दुवै सन्काहा । सज्जन र दुर्जन बीचमा लगन गााठो कसिदै कसिदैन । यी दुवैका उद्देश्य र योग्यता एउटै भएसी बातै सिद्धिइ गयो नि । अब बाउरामले मधेशका आन्दोलनलाई समर्थन गर्दै भाषन
गरे भने अनौठो नमाने हुने भएको छ । आखिरी जे हुनु थ्यो त्यही भयो । के को ख्यासा–ख्याास ।
