जन्मिादा छोरी बनेर जन्मिएका चेलीहरु जब ११–१२ वर्ष उमेरका हुन्छन् तब आफै छोरा बन्दछन् । सुन्दैमा अपत्यारिलो, अनौठो तथा विचित्र लाग्ने यो कुनै कथाको कल्पना होइन, एउटा गाउाको वास्तविकता हो । हो, डोमिनिक गणतन्त्र नामक देशको दक्षिण पश्चिमी इलाकामा पर्ने स्यालिनास नामक गाउामा केटीहरु किशोरावस्थामा प्रवेश गर्नैलाग्दा आफसेआफ केटा बन्ने गरेका छन् ।
कुनै अत्याधुनिक लिंग परिवर्तन उपचारका कारण होइन एउटा अनौठो तथा भयानक रोगका कारण गाउाका चेलीहरु बौश नजाग्दै केटा बन्न बाध्य छन् ।
गाउामा केटीहरु आफै केटा बन्ने कुरा यति सामान्य भैसक्यो की अब यसलाई सबैले स्विकार गरिसके र अचम्म मान्न छाडिसके ।
डाक्टरहरुका अनुसार गर्भावस्थामा हुने आनुंवशिक रोगका कारण बच्चालाई अत्यावश्यक इन्जाइम नपुग्दा यस्तो हुन्छ । गर्भावस्थामा भ्रुणलाई डिहाइड्रोटेस्टेस्टेरोन नामक पुरुष हर्मोन राम्रोसाग उत्सर्जन हुन पाउादैन । बच्चा जन्मिएर बच्चा एघार बाह्र वर्षको भएपछि मात्र हर्मोन सन्तुलन हुने र बच्चाको लिंगको आकार बढेर बल्ल केटाजस्तो देखिने गर्छ ।
यद्यपि जन्मिादा पूर्णरुपमा केटी रहेका बच्चाहरु पछि केटा बन्ने चाहीा होइन । हर्मोनको गडबडीका कारण कतिपय बच्चामा लिंग नै नपलाउने र लिंग नै नभएका कारण उक्त बच्चा केटा भएपनि बावुआमाले छोरी ठान्ने
गरेका हुन् । नठानुन् पनि किन छोराको यौनाग हुने ठाउामा छोरीको यौनांग जस्तै पिसाब फेर्ने सानो प्वाल मात्र भएपछि । तर जन्मिसकेर उमेर बढ्दै गएपछि उक्त ठाउामा लिंग पलाउने र पछि पूर्ण आकारको लिंग तयार भैसकेपछि त्यो बच्चालाई पूर्ण छोरा बनेको ठान्ने गर्छन् गाउालेहरु ।
अहिले २४ वर्ष उमेर भएका जोनी नामका एक युवक पनि सानोमा केटी थिए । उनको नाम फेलेसिटिया थियो । उनको लिंग नभएका कारण बाआमाले उनी छोरी भएको ठाने । उनलाई छोरीकै कपडा लगाइदिने,
छोरीकै खेलौना दिने तथा स्कुलमा पनि केटीकै समूहमा बसालियो । तर पछि उनको लिंग पलाएपछि बुवाआमाले उनी छोरा भएको
स्विकारे र नाम बदलिदिए ।
यो गाउामा जन्मिने हरेक ९० जना बच्चा मध्ये एउटा बच्चा यस्तो जन्मिने गरेको छ की ऊ जैविक रुपमा केटा भएपनि लिंग नपलाएको
कारणले छोरी ठानिन्छ ।
१२ वर्षको उमेरमा छोरीहरु
छोरा बन्ने यो रोगलाई गुएवेडोसेज भनिन्छ । जसको अर्थ हुन्छ, १२ वर्षमा लिंग ।
त्र
