धरान/सााघुरी धारापानी समाज जिल्ला कार्यसमिति सुनसरीले आफ्नो पााचौ बार्षिक साधारणसभामा धरानका दुईजना जेष्ठ नागरिकलाई सम्मानित
गरेको छ ।
त्यसरी सम्मानित हुनेहरुमा धरान उपमहानगरपालिका वडा नं. १२ का लोकबहादुर राई र धरान वडा नं. १६ की विष्णुकुमारी राई हुनुहुन्छ । यसभन्दा अगाडि पनि समाजले धरानका प्रवुद्धवर्ग, बरिष्ठ समाजसेवी, जेष्ठ नागरिकहरुलाई सम्मान गरेको थियो ।
धनकुटा जिल्लाको धारापानीमा जन्मी हुर्की धरानमा बसोबास गर्दै आएकाहरुले गठन गरेको समाजले अन्य विविध सामाजिक कार्यहरु समेत गर्दै आएको छ । यसका अलावा आÏनो समाजमा आवद्ध व्यक्तिहरुकासमस्याहरुलाई समेत उचित ढंगले समाधान गर्दै आएको छ । समाजकी सभापति एवम् नेपाली कााग्रेसको भातृ संगठन नेपाल महिला संघ सुनसरी क्षेत्र नं. १ की सभापति नेत्रकुमारी राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आहाले धरान सेवा समाजका अध्यक्ष जीवनकुमार राई, प्रमुख अतिथि किरात थाक्थुङ चुम्लुङ सुनसरी अध्यक्ष संगीता सुब्बा, गोपाल खनाल, दर्शन राई, गंगा बरालले समेत पााचौ साधारणसभाको बारेमा बोल्नुभएको थियो भने सञ्चालन नेपाल महिला संघ सुनसरी क्षेत्र नं. १ की सह–सचिव निर्मला नेपालले गर्नुभएको थियो ।
