नयाँ संविधानको स्वागत र विरोधका आ–आफ्नै दिनचर्या

धरान/नेपाल अधिराज्यको संविधान २०७२ जारी भएसागै खुशियाली मनाउदै स्वागत गर्ने र विरोध गर्नेहरुको आ–आÏनै दिनचर्या देखिन थालेको छ । संविधान जारी भएकै दिन पूर्वाञ्चलका विभिन्न स्थानहरुमा हजरौ सर्वसाधारण खुशियाली मनाउदै सडकमा मात्र आएनन् उनीहरले चौक तथा सडकहरुमा सात प्रदेशको नेपालको नक्सा र नेपालको झण्डा बनाई सााभ दिप प्रज्वलन समेत गरेका थिए । उता लिम्बुवान सहतिको संघइिता माग गर्दै संघीय लिम्बुवान पार्टी, अन्य लिम्बुवान जन्य संघ संघटनहरुले आवहान गरेको बन्दका कारण अरुण पूर्वका नौ जिलको जनजीवन ठप्प भएको थियो । संविधानमा आÏना मागहरु नसमेटिउको भन्दै संयुक्त मधेशी मोर्चा र थरुहटले आवहान गरेको बन्द लगभग ४० दिन प ुगिसकेको छ । अन्य दिनको तुलनामा असोज ३ गते संविधान जारी भएको दिन उनीहरु आझ आक्रमक देखिन्थे ।
धरानमा भव्य स्वागत
नयाा संविधान जारी भएको दिन धरानमा सर्वसाधाणमा बेग्लै खालको उत्साह देखिएको थियो र धरानको भानुचौकमा संघीय लिम्बुवान पार्टीका कार्यकर्ताहरुल्े आफ्नो बाक्लो उपस्थिति जनाएका कारण जारी भएको संविधानको स्वागतमा वडा तथा टोल टोलमा चन्द्रसूर्य झण्डासहित सात प्रदेशको नेपालको नक्सा बनाई भव्य रुपमा दिप प्रज्वलन गरेका थिए ।
नेपाली कााग्रेस, एमाले, माओवादी, राप्रपा लगायतका दलको उपस्थितिमा छाताचौकमा नयाा संविधानको भव्य स्वागत गरिएको थियो । नेपाली कााग्रेस धरान नगर समितिका सभापति किशोर राईको नेतृत्वमा छाचोकमा सम्पन्न स्वागत समारोहमा ठूलो संख्यामा स्थानीय बास्निदाहरुको समेत उपस्थिति रहेको थिो । सााझ धरानका अधिकांशले नयाा संविधानको स्वागत समारोहमा ठूलो संख्यामा स्थानीय बासिन्दाहरुको समेत उपस्थिति रहेको थियो । सााझ
धरानका अधिकांशले नयाा संविधानको स्वागत गर्दैै दिपावली गरेका थिए ।
तरहरामा उत्साह
नेपाली कााग्रेसको भातृ संगठन नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ्गको नेतृतवमा हजारौ युवायुवती र स्थानीय बासिन्दाले नयाा संविधानको भव्य स्वागत गरेका छन् । धरान विराटनगर सडक खण्डको प्रहरी कार्यालय अगाडि झण्डै एक किमी टाढा सम्म नेपालको विशाल झण्डाहरु गाडिएका थिए भने सडकमा सात प्रदेश सहितको नेपालको नक्सा बनाइएको थियो । यस अगाडि तरहराबासीमा यतिको उत्साह कहिल्यै देखिएको थिएन स्थानय भगलु चौधरीले भने । नयाा संविान जारी गर्दा जुन उत्साह देखिएको छ त्यसले नयाा संविधानप्रति नेपाली जनताको विश्वास र अपनत्व देखियो, छोटो प्रतिक्रियामा अध्यक्ष गुरुले भने ।
इटहरीमा छुट्टै उत्साह
संविधान जारी भएको असोज ३ गते सााझ इटहरी बजार बेहुली झौ सिंगारिएको थियो । प्रत्येक घरमा रंगीचंगी बत्ती बालिएका थिए । राष्ट्रपति रामवरण यादवले संविधान घोषणा गरे लगत्तै खुशियाली मनाउदै सडकमा आएका थिए । इटहरी चौकमा स्थानीय, राजनैतिक दलका कार्यकर्ता, उद्योगीी, व्यवसायी, पेशााकर्मीले नाचगान गरेका थिए । उनीहरले नाचगानसागै इटहरीचौकमा लाखबत्ती समेत बालेका थिए ।
दुहवी तनावग्रस्त
नेपाल अधिराज्यको संविधान जारी हुनुपूर्व अशान्त बन्दै गएको दुहवी संविधान जारी भएपछि थप आन्त बनेको छ । असोज ३ गते सविधान जारी भएपछि दुहवीका प्रत्येक घरमा कालो झण्डा गाडिएका थिए । अन्यत्र संविधानको स्वागत गर्दे दिपावली गरिए तापनि दुहवीमा त्यस्तो हुन सकेन । संविधानको स्वागत गर्न आतुर भएका कााग्रेस, एमाले र माओवादीका कार्यकर्ताहरुले इलाका प्रहरी कार्यालयमा जम्मा भएर नयाा संविधानको स्वागद गर्दै दिपावली गरेका थिए । आन्दोलनकारीहरुले दुहवी भलुवा नगरपालिकामा आइतबार सााझ आगजनी गरेपछि स्थिति थप तानवपूर्ण बनेको छ । हजारौको संखयामा सडकमा निस्केका आन्दोलनकारीहरुले जारी संविधानमा आगो लगाएका थिए । सोमबार कााग्रेस, एमाले र माओवादीले स्वागतमा र्‍याली निकाल्ने तयारी गरपछि सम्भावित झडपलाई मध्यनजर गरी दुहवी–भलुवा नगरपालिका क्षेत्रमा प्रशासनले कÏर्फु लगाएको छ ।
संविधान बनेको भोलिपल्ट झापादेखि कैलालीसम्म के भयो ?
नयाा संविधान जारी भएको समर्थन र विरोधमा काठमाडौं उपत्यका सहित देशभर प्रदर्शन भएका छन् । मधेसी मोर्चालगायतका असन्तुष्ट दलहरुले संविधानका प्रति जलाएका छन् भने प्रमुख तीन दलले अबीरजात्रा र विजयसभा गरेका छन् ।
काठमाडौंको सैनिकमञ्च टुाडिखेलमा संविधानको स्वागतमा सभा आयोजना गरियो । त्यसअघि बिभिन्न स्थानबाट निकालिएको स्वागत र्रुयालीमा दूर्गाको स्वरुपमा कलाकारहरु पनि सहभागी भए ।
स्वागत सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्वोधन गरेका
थिए ।
भोटाहिटीमा लाठीचार्ज
स्वागत समारोह सकिए लगतै करिब तीन(चार सय मिटरको दुरीमा भने असन्तुष्ट दलहरुले नयाा संविधानको प्रति जलाए । मधेसी र आदिवासी जनजाति आवद्ध संघीय गठबन्धन तथा वैद्य माओवादी नेतृत्वको ३० दलीयमोर्चाले संयुक्तरुपमा नयाा संविधानको प्रति जलाएका हुन् ।
संविधान जलाउने कार्यक्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीले हस्तक्षेप गरेपछि आन्दोलनकारी तितर(वितर भएका थिए ।
बर्दियामा अबीरजात्रा
नयाा संविधान जारी भएको खुसियालीमा बर्दियामा अबीरजात्रा निकालिएको छ । स्थानीयले अबीरजात्रा गर्दै बाजागाजासहित र्रुयाली निकाले । र्रुयालीमा बिभिन्न राजनीतिक दलका नेता(कार्यकर्ता र सर्बसाधारण सहभागी थिए ।
सदरमुकाम गुलरियासहित, भुरीगाउा, ताराताल, बाासगढी, सानोश्री, मगरागढी, शितलाबजार लगायतका क्षेत्रमा पनि नयाा संविधानको स्वागत गरिएको छ ।
गुल्मीमा विजयसभा
गुल्मीमा बिभिन्न राजनीतिक दलहरुको संयुक्त आयोजनामा बिजयसभा आयोजना गरिएको छ । नयाा संविधान जारी भएको खुशीयालीमा गुल्मीमा सोमबार पञ्चेबाजासहितको झााकी निकालेर भव्य स्वागत गरिएको छ ।
र्‍यालीमा नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, राप्रपा, राप्रपा नेपाल, परिवार दल, अखण्ड नेपालका नेता तथा कार्यकर्ता सहभागी थिए । उद्योगी, व्यापारी, बुद्धिजिवी, पेशाकर्मी, महिला समूह, बिभिन्न कार्यालयका प्रमुखहरु, विद्यार्थी, सुरक्षाकर्मीलगायतको उलेख्य सहभागिता थियो ।
दलहरुले आ(आफना पार्टी कार्यालयबाट निकालेको र्रुयाली बजारका बिभिन्न स्थानबाट संयुक्तरुपमा र्रुयाली बजार परिक्रमण गरेका थिए । र्रुयालीमा सहभागीले ‘हिमाल पहाड तराई, कोही छैन पराई, दलीय एकता जिन्दावाद लगायतका नारा लगाउादै अबीरजात्रा गरेर तम्घास बजार
परिक्रमा गरेका थिए ।
बुटवलमा संयुक्त स्वागत सभा
नयाा संविधानको स्वागतार्थ सोमबार रुपन्देहीको बुटवलमा बिभिन्न दलहरुले संयुक्त सभा आयोजना गरेका छन् । संविधान निर्माणको खुशियालीमा बुटवलको ट्राफिकचोकमा संयुक्त सभा भएको हो ।
सभाअघि प्रमुख दलहरुले केहिबेर छुट्टा(छुट्टै शक्ति प्रदर्शन गरेका थिए । त्यसपछि उनीहरु ट्राफिकचोकमा संयुक्त सभामा सहभागी भएका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै एमालेका उपमहासचिव विष्णु पौडेल, नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा सभासद अब्दुल रज्जाक, एमाओवादीका जिल्ला अध्यक्ष बामदेव क्षेत्रीलगायतले नयाा संविधान कार्यान्वयनमा जोड दिादै असन्तुष्ट दलहरुलाई सहमतिमा आउन आह्वान गरे ।
युवासंघ रुपन्देहीको आयोजनामा सोमबारै बुटवलदेखि भैरहवासम्म मोटरसाइकल र्रुयाली निकालिएको छ ।
झापामा हवाइ फायर
सोमबार झापामा संविधान जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ । झापाको विर्तामोडस्थित मुक्तिचोकमा आन्दोलनकारीले संविधान जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावग्रस्त भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायरसमेत गरेको छ । केही प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीमा जल्यो संविधान
कैलालीमा थरुहट पक्षधरले नयाा संविधान जलाएका छन् । उनीहरुले नयाा संविधानमा थारुहरुका हक अधिकार सुनिश्चित नभएको भन्दै आइतबार जारी नयाा संविधान जलाएका हुन् ।
संविधानको विरोधमा कैलालीको सुखड, मसुरिया, राजीपुर, नुक्लीपुर लगायतका ठाउामा बिरोध र्‍याली
र कोणसभा आयोजना गरिएको थियो ।
हातमा कालोझण्डा बोकेर आन्दोलनकारीहरुले नयाा संबिधान चाहिादैन, हाम्रो माग पूरा गर, तीन नेताको रबैया मान्दैनौं लगायतका
नारा लगाएका थिए । बिरोध कार्यक्रमलाई सम्वोधन गर्दै थारु नेताहरुले माग पूरा नभए झन् कडा आन्दोलन गर्ने चेतावनी दिएको पत्रकार रमेश भट्टराईले जानकारी दिए ।
इटहरीमा हिन्दुवादीको विरोध
नेपाललाई बैद्धिक सनातन हिन्दु राष्ट्रका पक्षधरले सुनसरीको इटहरीमा विरोध प्रदर्शन गरेका छन् । नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग नयाा संविधानमा सम्वोधन नभएको भन्दै श्रीनिवासाचार्यको नेतृत्वमा हिन्दुवादीहरुले आाखामा पट्टी बााधेर प्रदर्शन गरेका हुन् ।
नयाा संविधानको भाग १ धारा ४ अन्तरगत उपधारा १ मा उल्लेखित ‘धर्म निरपेक्षता’ शब्द हटाएर ‘सनातन हिन्दु राष्ट्र’ लेखिनुपर्ने उनीहरुको माग थियो ।
विराटनगरमा गोली चल्यो
यसैगरी विराटनगरको महाविर चोकमा बन्दकर्ताहरुले टायरबाली प्रदर्शन गरिरहेका बेला प्रहरीले गोली चलाउादा स्थानीय तीनजना घाइते भएका छन् ।
विराटनगर ७ स्थित महाविर चोकमा तनावपूर्ण स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले हवाइ फायर गर्दा घरको छतमा बसीरहेका एकै परिवारका दुई दाजु(बहिनीसहित तीनजना घाइते भएका हुन् ।
कलैयामा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौं घाइते
बाराको कलैयामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थिति तनावग्रस्त भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको छ ।
त्र

तपाईको प्रतिक्रिया