फागुन १६ गते इरानमाथि एकतर्फी आक्रमण गरेका अमेरिका इजरायलको स्थिति भयावह

एजेन्सी । फागुन १६ गते अमेरिका र इजरायलले इरानमाथि एकतर्फी आक्रमण गरी १ सय ७५ जना स्कुलका बालबालिकाको निर्ममतापूर्वक हत्या गरी इरानको भौतिक संरचनामा क्षति पु¥याएपछि प्रत्याक्रमणमा उत्रिएको इरानले इतिहासमै पहिलो पटक दुवैलाई नराम्रोसँग घुँडा टेकाइदिएको छ । विगत ४७ वर्षदेखि अमेरिकाको नाकाबन्दी झेल्दै आएको इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई ध्वस्त बनाई विस्थापित गरेपछि आफूलाई सुपरपावरको डंका पिट्दै आएको अमेरिका आफ्नो वास्तविक औकातमा देखिएको छ भने इजरायलको राजधानी तेल अभिभ, जेरुसेलम, हाइफा, फादरल्याण्डजस्ता सहरहरू इरानी आक्रमणबाट ध्वस्त भएका छन् । जर्मनीबाट हिटलरले खेदाएका यहुदीहरूलाई प्यालेस्टिनीहरूले आश्रय दिएपछि अन्ततः त्यही देश कब्जा गरेर इजरायल बनाएका यहुदीहरूले सात दशकभन्दा लामो समयदेखि प्यालेस्टिनीहरुकै नरसंहार गर्दै आएका थिए । मध्यपूर्वका मुस्लिम देशहरूमाथि नियन्त्रण गर्न, पेट्रोलियम पदार्थ लगायत अन्य प्राकृतिक स्रोत साधनहरूको दोहन गर्न साम्राज्यवादी अमेरिकाले प्यालेस्टिनी राज्य हडपेर यहुदीहरूका लागि इजरायल स्थापित गर्न सहयोग गरेको थियो । वास्तवमा इजरायल कुनै देश होइन, त्यो त अमेरिकाद्वारा स्थापित आतंककारी अखडा मात्र हो । मध्यपूर्व तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाबाटै अमेरिकाले अन्य खाडी मुलुक सिरिया, लेबनान, इरान लगायतमा आक्रमण गरी आफूलाई सुपरपावरको कथित डंका पिट्दै आएको थियो । उसलाई यस कार्यका लागि नाटो देशहरू खासगरी बेलायत, फ्रान्स, जर्मनी, क्यानाडा लगायतले साथ सहयोग दिँदै आएका थिए । तर यस पटकको स्थिति भिन्न देखियो । अमेरिका र इजरायलको इरानमाथिको आततायी आतंकका विरुद्धमा कसैले साथ सहयोग दिएनन् । यसको प्रमुख कारण अमेरिका र इजरायलले इरानमाथिको आक्रमणको औचित्य पुष्टि गर्न सकेनन् । नाटो देशकै साथ सहयोगबाट अमेरिकाले विश्वभरि आतंक मच्चाउँदै आएको थियो । अमेरिकाका लागि वर्तमानको जस्तो लज्जास्पद अवस्था कहिल्यै आएको थिएन । इरानीहरू आफ्नो मुलुकको सम्प्रभुता रक्षा गर्न प्राण समेत आहुति दिन पछि परेनन् । इरानी मिसाइलका अगाडि इजरायल र अमेरिका टिक्न नसकेर पछाडि हटेका छन् । आफ्नै देशमा दुवै देशका राष्ट्रपति र प्रधानमन्त्रीको विरुद्धमा नागरिकहरू सडकमा आएका छन्, लाखौँले दैनिक नेतृत्वको विरुद्ध नाराबाजी गरेका छन् । इरानी आक्रमणका अगाडि अमेरिका र इजरायलका हातहतियार खेलौना सावित भएका छन् ।
अरबौँ डलरको नोक्सान
इरानको संवर्धित युरेनियममाथि आँखा लगाउँदै आएको अमेरिकाले युरेनियम लुट्ने प्रयास समेत गरेको छ । धम्क्याउने, तर्साउने र आक्रमण गरेर लुट्नेसम्मको निज कार्य गर्न तयार भएको अमेरिका यतिबेला इरानसँगको युद्धमा नराम्ररी फँसेको छ । इरानी मिसाइल आक्रमणमा अमेरिकाका हजारौँ सैनिकहरू मारिएका छन् । कफनमा उनीहरूका शव दैनिक हजारौँको संख्यामा अमेरिका पुगिरहेका छन् । मृत सैनिकका परिवारको दैनिक आलाप–विलापले अमेरिकी नागरिकहरूमा चरम घृणा पैदा गरेको छ । अर्कोतर्फ उसका अत्याधुनिक लडाकु विमानहरू आकाशमै नष्ट भइरहेका छन्, सयौँ युद्धपोतहरू ध्वस्त भइरहेका छन् । युद्ध रणनीति अनुसार इरानले आफ्नो होर्मुज जलडमरूमध्यमा नियन्त्रण गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पकै कारण विश्व बजारमा तेलको मूल्य वृद्धि भएको छ । युद्ध खर्च धान्न नसकेर अरबौँ रुपैयाँ निकासीका लागि ट्रम्पले सिनेटमा बारम्बार प्रस्ताव गरेका छन् । तर सिनेटले त्यसलाई ठाडै अस्वीकार गरिदिएको छ, औचित्यहीन आन्दोलनमा राज्यको ढुकुटीबाट रकम दिन नसकिने जनाउ दिएको छ । खर्च अभावका कारण
अमेरिकी सैनिकहरू भोकै बस्न बाध्य भएका छन् । कतिपय अवस्थामा इरानले नै उनीहरूका लागि खाद्यान्नको व्यवस्था गरेको छ ।
पराजित अमेरिका भाग्न बहाना खोज्दै
इरानको प्रत्याक्रमणपश्चात पूर्ण रूपमा पराजित भइसकेको अमेरिकी राष्ट्रपति ट्रम्प यतिबेला भाग्ने बहाना खोजिरहेका छन् । युद्ध मैदानबाट सिधै भाग्दा इज्जतको धज्जी उड्ने भएकाले उनी यतिबेला बहानाबाजी र नाटक मञ्चन गर्न व्यस्त भएका छन् । इरानसँगको युद्ध रोक्न उनले कहिले एकतर्फी युद्धविराम (सिजफायर) को कुरा अगाडि ल्याउँछन्, कहिले इरान महान देश हो उसका आर्मी लडाकु प्रवृत्तिका छन् भन्छन्, कहिले ४८ घण्टाभित्र इरानलाई ध्वस्त बनाइदिन्छु भनेर धम्की दिन्छन्, कहिले इरानले परमाणु कार्यक्रम अगाडि बढाउन सक्छ भन्छन्, कहिले म इरानसँग आफैँ वार्तामा बस्न तयार छु भन्छन्, कहिले चीन, रुसलाई वार्ताका लागि मनाउन आग्रह गर्छन्, कहिले आफ्नै देशका नागरिकबाट घृणा र तिरस्कृत भएपछि आफ्नो उपस्थितिमा होटेलमा सुनियोजित रूपमा गोली चलाउन लगाएर जनताबाट सहानुभूति बटुल्ने प्रयास गर्छन् । उनका यस्ता रंग–विरंगका नाटक मञ्चनले इरानसँग पराजित भइसकेको स्पष्ट बुझ्न गाह्रो छैन । रुस–युक्रेन युद्धमा खुल्लमखुल्ल युक्रेनलाई हातहतियार, आर्थिक सहयोग गर्ने तर इरानलाई चीन र रुसले सहयोग गर्दा सोको घोर विरोध गर्ने ट्रम्प यतिबेला इरान युद्धमा नराम्रोसँग फँसेका छन् । इरानलाई दुई चार दिनमै तहसनहस गर्ने र युरेनियम हडप्ने योजनाका साथ युद्धमा बिना सूचना होमिएको अमेरिकालाई इरानले एकपछि अर्को झड्का दिएको छ । इरान आफ्नो सार्वभौमिकताका लागि यो हदसम्म लड्न सक्छ र उसले विकसित गरेका हतियार, मिसाइल यति शक्तिशाली छन् भन्ने ट्रम्पले कल्पना नै गरेका थिएनन् । पटक पटक युद्धविरामका लागि चिच्याए पनि इरानले युद्धको सुरुवात तिमीले गरेका थियौ, हामीले युद्धको सुरुवात गरेका थिएनौँ, अब युद्धको अन्त्य पनि हामी नै गर्छौँ भनेर जवाफ दिएपछि उनी थप तिल्मिलाएका छन् ।
स्ट्रेट अफ हर्मुजमा नाकाबन्दी


खाडी मुलुकमा रहेका अमेरिकी बेस क्याम्पहरू एकपछि अर्को गर्दै विस्थापित भएपछि युद्धका लागि यतिबेला अमेरिकाले सेना र हतियार राख्ने ठाउँ समेत पाएको छैन । अझ पनि इरानलाई गलाउन सकिन्छ कि भन्ने झिनो आशाले अन्तर्राष्ट्रिय जलमार्ग स्ट्रेट अफ हर्मुजमा अमेरिकाले नाकाबन्दी गरेको छ । उक्त जलमार्ग इरानको भएको र इरानले त्यसलाई अमेरिकी आक्रमणपश्चात बन्द गरिदिएको थियो । हाल उक्त जलमार्ग खुलाउन उसले अन्य देशहरूलाई हारगुहार गरिरहेको छ । ४७ वर्षदेखि नाकाबन्दी व्यहोरेको भए पनि इरानले उक्त बन्दरगाह बन्द गरेको थिएन, न त टोल असुली गरेको थियो । हर्मुज बन्दरगाहको टाढा–टाढा अमेरिकाले आफ्ना सैनिकसहितका युद्धपोतहरू तैनाथ गरेको छ । तर इरानी आक्रमणबाट दैनिक रूपमा अमेरिकी युद्धपोतहरू ध्वस्त हुँदै गएका छन् । यसका कारण अमेरिका थप संकटमा फँसेको छ । कहिले अणविक हतियार चलाउँछु भन्दै इरानलाई थर्काउँछन् भने कहिले मैले अणविक हतियार चलाउँछु भनेकै छैन भनेर सफाइ दिन्छन् । युद्धकै अवधिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नेभी प्रमुख, स्थल सेना प्रमुख, रक्षा सल्लाहकारलाई बर्खास्त गरेका छन् । यसबाट उनले देशभित्रै थप कडा आलोचना सहनु परेको छ । इरानसँगको युद्ध यति लम्बिएला, त्यस प्रकारको अकल्पनीय क्षति व्यहोर्नु पर्ला भन्ने कुरा सायद ट्रम्पले सोचेका थिएनन् । हाल इरानसँगको युद्धले अमेरिकी हातहतियारमा संकट उत्पन्न भएको छ । मिसाइलहरू सकिएका छन्, गोलाबारुदको भण्डार सकिएको छ, आर्थिक संकट चुलिएको छ, सैनिकहरूले औचित्यहीन युद्ध भन्दै आदेशको पालना गर्न छाडेपछि उनी मानसिक रूपमा विक्षिप्तझैँ भएका छन् ।
इजरायल नक्साबाटै गायब
ग्रेटर इजरायलका उद्देश्य लिएर आफ्ना छिमेकी देशहरूमाथि अनाहकमा अमेरिकी हातहतियारको बलमा वर्षौँदेखि आक्रमण गर्ने, भूभाग कब्जा गर्ने, लाखौँ बालबालिका, वृद्धवृद्धा, युवाहरूको हत्या गरी नरसंहार मच्चाउँदै आएको इजरायललाई अधिकांश खाडी मुलुकहरूले नक्साबाटै गायब बनाइदिएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँगको युद्ध यति महँगो र विनाशकारी होला भन्ने कल्पना समेत गरेका थिएनन् । इरानी आक्रमणबाट इजरायल खण्डहरमा परिणत भएको छ । हजारौँ इजरायली सेना युद्धमा मारिएका छन्, कयौँ युद्धभूमिबाटै बेपत्ता भएका छन् । नागरिकहरू बंकरमा लुकेर भात–पानी बिना बस्न बाध्य भएका छन् । इजरायलका कुनै पनि सहर सलामत छैनन् । आयल रिफाइनरी सेन्टर, विद्युत आयोजना, हवाई अड्डा, अणविक भट्टी केन्द्र, सैन्य मुख्यालय सबै तहसनहस भएका छन् । प्रधानमन्त्री नेतान्याहु स्वयं अज्ञात स्थानमा लुकेर बसेका छन् वा उनी अमेरिका पलायन भइसकेका छन् । इजरायलमा जनआक्रोश चुलिएको छ । नेतान्याहुको तस्वीर ठाउँठाउँमा राखेर नागरिकहरूले थुक्ने, जुत्ताले हान्ने काम गरिरहेका छन् । इजरायली सेना पूर्ण रूपमा हतोत्साहित भइसकेको छ । युद्धका क्रममा हजारौँ इजरायली सेना मारिइसकेका छन् ।

तपाईको प्रतिक्रिया