गाोविन्द बस्नेत
धरान/ लामो समयदेखि भएको तराई बन्दका कारण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको चाप बढ्न थालेपछि बेड अभावकै कारण प्रतिष्ठानले विरामीहरुलाई फर्काउने गरेको छ ।
बन्दका कारण तराईका जिल्लामा प्रशासनले कÏर्यु र निषेधाज्ञा जारी गर्ने निषेधाज्ञा तोड्दा झडप हुने स्थिति बढ्दै गएपछि अस्पतालहरुमा समेत
असुरक्षित महसुस हुन थालेपछि तराईका विरामीहरु समेत धमाधम
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने र पहाडबाट समेत उत्तिकै संख्यामा विरामीको संख्या आउने गरेकाले विरामीको चाप थेगिनसक्नु भएसंगै अस्पतालमा बेड समेत खाली नहुने गरेको चिकित्सकहरुको भनाई छ ।
विगतमा १० देखि १५ वडा दैनिक विरामी वेड भर्नाका लागि आउने गरेपनि अहिले ५० देखि ६० जनासम्म आउने गरेकाले अझ समस्या बढ्दै गएको गाइनो विभागका चिकित्सक डा. मोहनचन्द्र रेग्मीले बताउनुभयो । अझ प्रस्तुती गृहमा सबैभन्दा बढीचाप हुने गरेकाले वेड खाली नहुदा अन्यत्रै रिफर गर्न बाध्य हुनुपरेको उहाको भनाई छ ।
२०५२ सालमा स्थापना भएको प्रतिष्ठानमा स्थापना कालमा ५ सय वेड रहेको थियो । अहिले पनि सोही बराबरको वेडमात्ररहेको विरामीलाई राख्ने वेड थप गर्न नसकेकै कारण चापलाई थेग्न नसकेको उहाको भनाई छ ।
गाइनो, मेडिकल, सर्जिकल, प्रसुति वार्डमा भर्ना हुने विरामीकालागि अहिले वेड नै खाली नरहको प्रतिष्ठानको भनाई छ । सीमित वेडले पछिल्लो समयमा बढेको विरामीको चापलाई थेग्न नसक्दा विरामीलाई फर्काउने गरेको चिकित्सकहरुको भनाई छ ।
त्यसरी फकाईका विरामीहरु
विराटनगर, झापा, काठमाण्डौका विभिन्न अस्पताल, भारतका विभिन्न हस्पतालहरुमा पठाइने गरेको प्रतिष्ठानले जानकारी दिएको छ ।
यता प्रतिष्ठानका निर्देशक प्रा.डा अरविन्द सिन्हाले विरामीको चापका कारण आएका विरामीहरुलाई एउटा वेडमा दुई देखि तीनजना राख्नुपर्ने बाध्यता भएको बताउनुभयो । उहाले यसै कारणले आफूहरुले वेडकै अभावमा विरामीहरुलाई फर्काउने गरेको बताउनुभयो ।
प्रतिष्ठानमा गाइनो, मेडिकल, सर्जिकल, प्रसुति वार्डमा वेड भर्ना लिने गरिएको छ । २० बर्ष अगाडि भएको वेड हालसम्म थप्न नसक्दा तराई र पहाडबाट आएका विरामीको चापलाई थेग्न नसकेको चिकित्स्कहरुको भनाई छ ।
यसैलाई मध्यनजर गरी प्रतिष्ठानले ४ सय शैयाको आमा बच्चा सुरक्षित मातृ सेवा केन्द्रको स्थापना गर्ने उद्देश्यले केही समय अगाडि प्रधानमन्त्री शुशिल कोइरालाबाट शिल्यान्यास गरिएको छ । यो अहिले निर्माणाधीन अवस्थामा रहेको छ । यसको निर्माण सम्पन्नभएपश्चात भने वीपीले वेडको अभावमा कुनै पनि विरामीलाई फर्काउनु नपर्ने प्रतिष्ठानका निर्देशक प्रा.डा. दाशले जानकारी
दिनुभयो ।
