घण्टाघरबाट हेर्दा

भुंग्राको माछा
ढिलै भएपनि छोरो भयो मने नयाा संविान बन्नु थियो बन्यो । तर नयाा संविधान बनेसी’ यसले कस्लाई फाइदा पुर्‍यायो अनि कस्लाई घाटा पुर्‍यायो भन्ने जोड घटाउ पनि यतिबेला धुवााधारले चल्ने गरेको छ । अरुलाई फाइदै फाइदा भएनि आठ बर्षदेखि शितल निवासमा बसेर मस्ती
मारिरहेका रामवनरन यादवलाईचाहिा नयाा सविधान पिाधमा निस्केको चाल्ने पिलो जस्तो भएको छ । उनी भुंग्राको माछा जस्तै भा’छन् । शितल निवासले उन्को छातीमा शितलता दिनै छाड्या छ । के गर्नु नाम मात्रको शितल निवास भएर ? मतमा उखरमउलो ज्वाला दन्केपछि विचारा जादवको अनुहार पनि हिजो आज हरेउ जस्तै भा’छ । उता हल्वाटारमा बसेका शुशिल दा’को पनि हालत जादवकोभन्दा फरक छैन रे । अस्तिका दिन संविधान बनेसी साताभित्रै बेडियाविस्तार बोकेर निस्कनुपर्ने भएसी दा’ बढो चिन्तित छन् । रामवरन जादव त कुम्लो कुटुरो बोकेर धनुषाको सपहीतिर जालान् दा’चाहिा कता हान्निएलान् ? नयाा सविधानले यी दुईको मुख नराम्रारी मोसिदिएको छ ।
आफ्नै वैरी
जंगलका रुख काट्न बन्चरो लिएर तस्कर जंगल पसेपछि रुखले भन्छ रे के गर्नु बञ्चरोको वीड आफ्नै जातको भए नि वैरी भएर आयो । अहिले लिम्बुवानको माग गर्दे आएका लिम्बुवनवादी पार्टीकहरुका लागि सुभाष नेम्बाङ्ग वैरी भएका छन् । मान्छे लिम्बु भएपनि बाहुनको सति गएको भन्दै पूर्वका लिम्बुहरुले विचारा नेम्बाङ्गलाई सक्तो सराप गर्न थाल्या छन् । नयाा संविधानमा लिम्बुवान प्रदेश भनेर कुचुक्क घुसारी द्या भए लन्ठै साफ हुन्थ्यो । हुन त नेम्बाङ्गलाई नि कम्ता अप्ठेरो थे न। तीनवटा वाहुनको च्यापमा चेप्टिनु पर्दा विचाराले हल र चल
नगरी बस्नु पर्‍या थ्यो । जे होस् हाललाई नेम्बाङ्ग पूर्वका लिम्बुहरुकै वैरी भने भा’छन् ।
माछो माछो
पूर्वमा आन्दोलन गर्दै आएका लिम्बुहरुको पार्टी संघीय लिम्बुवान फेरि चोइथिएको छ । गोडापााचेक समूह भएर आ–आफै दगुर्दै हिडेकाहरु एउटै भएसी लिम्बुवान प्रदेश होला होला जस्तो भाथ्यो । फेरि कुनचाही असतिका आाखा लागे कुन्नि पेरि एक्ला एक्लै दगुर्न थाल्या छन् । पक्कै पनि त्यहाा बाहुनहरुको षड्यन्त्र भएको हुनुपर्छ । आध्यारो कुनाबाट केही बाहुनहरु लिम्बुवान पार्टीमा गा’थे । अब चाहिा माछो बल्झेला जस्तो भा’थ्यो फेरि हातालागी उही भ्यागुनताको होला जस्तो पायो भयो । हुन त भ्यागुताको धार्नी कहिल्यै पुग्दैन भन्थे हो कि क्या हो । एकातिर सम्हाल्यो अर्कोतिर ह्वाङ्गै ।
केपीको छट्टपट्टी
हिजोआज झालेमालेका अध्येक्षे केपी ओली निक्कै छट्टपटिन थाल्या छन् रे । नयाा सधिवान घोषना भएका सात दिन भित्र श्रीमतिलाई पछि लगाएर हल्वाटार छिरम्ला भन्ने ओलीको सपना ततकालै पूरा नहुने भएको छ । हल्वाटार छिनकै हतारले हतार हतार संविधान बनाउ अड्डी कसेका ओलीले अझ केही दिन सुगुरको पूर्णिमाको जुन हेर्ने जस्तै आकाशतिर
हेरेर बस्नुपर्ने भएको छ । रात रहे अग्राठ पलाए भन्छन् । संविधान जारी भएसी’ सुशिल दा’ले छोड्दिम्ला भन्या छन्, ूढले छोडेनन भने आपत पर्ने डरले केपी बा छट्टपटिन थाल्या छन् रे । सबैभन्दा ठूलो दलको हैसियतले मै पर्धानमन्तरी बन्छु भनेर सुशिल दा’ले अड्डी कसे भने खप्रओको सपना भताभुंग हुने निश्चित छ । जस्तो पर्ला त्यस्तै टर्ला । ओली बा’ चिन्ता
नगरेकै वेश ।
सभासद
हाम्रा गजघुम्मे सभासदहरुलाई गाउाको एउटा मनरच्यषासेले सोधछ आम्मै सभासद ज्यू के साह्रो दुब्लाउनु भा’को हा ? सभासदले पनि लामो स्वास तानेर भनेछने आठ बर्षदेखि जन्ताको गाली खाएको खाई गर्दा नदुब्लाएर मोटाउनु त ? अब भने हाम्रा सभासदहरु काठमाण्डौको मान्छेको मलमा स्वााठिएका मुझाझौ स्वााठिने भएका छन् । अस्तिका दिन देखि उनीहरुले जताततै ताली खान थाल्या छन् । ताली खाादा तयसै त्यसै स्वााठिएर आउनु स्विभाविक हो । तर घण्टाघरलाई भने चिन्ता लाग्न थाल्या छ ताली खाएर मोटाउादा मोटाउादै यिन्का स्वास्थ्य गढबढी पो हुने हो कि । फेरि भोलि गाली खाने दिन आयो भने अर्को वित्याास । त्यसैले ताली खाादा पनि कति पचाउन सकिन्छ त्यति मात्र खाने हो कि ? एकफेरा मोटाए पेरि दुब्लाउनु पर्दा नमज्जा हुन्छ है । होस गरेस ।
प्रचण्डाउको तुजुग
संविधान बनेसी प्रचण्डाउको तुजुग उकाएक बढेको छ । हुन त प्रचण्डाउको फुर्कने स्वभाव अहिलेको हैन । आठ बष्र्या अगाडि जंगलबाट शहर पस्दा यिन्का दुवै कुम कम्ता हल्लदैनन् थिए । उस्तैले त नित्का कुममा स्प्रीङ हाल्या छ कि क्या हो पनि भन्थे । झन पर्धानमन्तरी भएसी’ तिनका कुम हल्लाई चरमोत्कर्षमा पुग्या थ्ढयो । तर पछि रुक्मांगत कटुवालले कन्दनी खुस्काई दिएपछि तिन्का कुम मात्र हैन शरीरै हल्लन छाड्या थ्यो । अब अहिले प्रचण्डाउलाई त्यही पुरानो
रागले झम्टटे जस्तो छ । संविधान जारी त भयो तर मधेशमा रााको बल्या छ अब तयो राको निभाउन आफू सिराहको निर्वाचन क्षेत्र जान्छु भनेर खुट्टा उचाल्र्दै छन् । जाबो सविधानका लागि सुझाउ संकलन गर्न सिराहा जवाादा त मधेशीहरुले भ्याकुरो खेदेझौ खेदेका थिए । अब जाादा कसरी खेदप्ने हुन कुन्नि ? त्यसैले प्रचण्डाउ
सिराहातिर जाने निर्णय फिर्ता लिने हो कि ? लिए राम्रै हो । बााकी तिम्रै तजबिज ।
कारबाही गर रे
हिले र झिागे माछा मात्र च्याप्पच्याप्ती समाउादै आएको अख्तियारले अस्तिका दिन ऊर्जा मन्त्री राधा ज्ञावालीले सोलु करिडोर लाइन विस्तारमा २५ करोड झ्याम बनाएको हुादा करबाही गर भनेर सरकारलाई पत्र पठाएछ । दुई चार हजार लिनेलाई समातेर तुर्लुङ्ग हाल्ने ख्त्यिारले ज्ञवालीलाई अठ्याएर तुर्लुङ हाल्द्या भे भै हाल्थ्यो नि । सरकारका नाममा त्यति पत्र पठाउन पनि अख्तियारका प्रमुखदेखि अन्य आयुक्तहरुले कतिपटक सुरुवाल विगारे होलान् ? ठूला माछा समाउन ह्याउ चािहन्छ ,। स्यालको सिकार गर्नेैले बाघको सिकार गर्छु भनेर डिङ्ग हाकेर पनि कही हुन्छ ? माने अख्तियार भन्या स्यालको शिकार गरेर आनन्द लिने निकाय त हो नि भन्ने कस्लाई पत्तो छैन र ?
स्याल दरबार
नाम अनुसारको काम भैद्या भे हाम्रो देश सिंगापुर बन्न छोडेर झिागापुर बन्ने थिएन । यहाा सबै कुरा उल्टो चल्या छ । अब हेरौ न सिंहदरबारबाट स्यालहरुले शासन गरेसी’ मुलुक झिंगापुर बन्यो । नामचाहिा सिंहदरबार रजाइचाहिा स्यालको अनि भुत्रो हुन्छ । अमेरिकातिर युवाहरल्े शासन गछद्र्धन् र बूढाहरुलाई सम्मान दिन्छन् । नेपालााचाहिा बूढाहरुले शासन गर्छन र युवाहरुलाई टेन्सन दिन्छन् । रोगी, बोली नै हराइसकेका, कान नसुन्ने, स्मरण शक्ति नै गायव भएकाहरुले शासन गर्ने व्यवस्था अबको संविधानमा राख्नु पर्‍यो । यस्तो मुख्य बुादा नै छुटाएसी यतिबेला मुलुकभरि आन्दोलन मच्चिया हो कि ।
विस्तारै गरम है ।

तपाईको प्रतिक्रिया