‘जीवन बदल्नेहरु’को बिमोचन

दाङ–राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले बेपत्ता कमलहरीको तत्काल खोजी गर्न आयोग लाग्ने बताएकी छन् । पत्रकार दुर्गालाल केसीद्वारा लिखित पुस्तक ‘जीवन बदल्नेहरु’ को बिमोचन गर्दै ‘बेपत्ता कमलहरी बहिनीहरुको खोजी अनिवार्य
रहेको उनको भनाई छ ।
यसका लागि सरकारलगायत सम्बद्ध निकाय गम्भीर हुनु जरुरी छ’,
अन्सारीले भनिन् । प्रवक्ता अन्सारीले पत्रकार केसीद्वारा लेखिएको पुस्तक नेपालमा मात्र नभई दक्षिण एसियामै अब्बल पुस्तक बन्ने विश्वास व्यक्त गरिन् । साथै उनले कमलहरीका विषय केन्ऽीत पुस्तकमा दिइएको सुझाव र राय कमलहरीका क्षेत्रमा लाग्ने र आम पाठकका लागि मात्र नभई नेपाल सरकारका लागि समेत उपयोगी हुने जिकिर गरिन् ।
नेपाल युथ फाउन्डेसनका सचिव एवं वरिष्ठ पत्रकार युवराज घिमिरेले पुस्तक कमलहरी आन्दोलनको ऐतिहासिक दस्तावेजका रुपमा आएको बताउादै कमलहरी आन्दोलनको नदेखिएको पाटो उजागर गर्न सफल भएको विचार व्यक्त
गरे । त्यस्तै सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले लेखक केसी स्वयं कमलहरी आन्दोलनमा प्रत्यक्षरुपमा संलग्न भएकाले समेत पुस्तकमा लेखक पत्रकार, लेखककारुपमा मात्र नभई आन्दोलनको अभियन्ताका रुपमा देखिएको बताइन् । कार्यक्रममा पत्रकार एवं पुस्तकका लेखक दुर्गालाल केसीले पुस्तक लेखनका आफ्ना अनुभव तथा अनुभूति व्यक्त गरे । साथै उनले कमलहरीका लागि बार्षिक १२ करोड छुट्टाइए पनि बजेट अनुसार कार्यक्रम तय हुन नसक्दा ९ करोड रकम फ्रिज हुने गरेको बताए । लेखक केसीले हालसम्म १२ हजार कमलहरी मुक्त भएको बताउादै पुस्तकमा ती मुक्त भएका सबै कमलहरीको प्रतिनिधि पात्रको कथा समेटिएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया