सम्पत्ति शुद्धीकरण सम्बन्धी सर्कुलर

धरान । नेपाल सरकार गृह मन्त्रालयले हालै एक सूचना प्रकाशित गरी सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी न्यूनीकरणका लागि देशका ७७ वटा जिल्लालाई सर्कुलर जारी गरेको छ ।

एक पक्षीय वा गोप्य रूपमा त्यस्तो सूचना उपलब्ध जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखालाई उपलब्ध गराइदिन समेत आग्रह गरेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी न्यूनीकरण सम्बन्धी उक्त सूचनामा भनिएको छ । सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन २०६४ दफा २८ च (२) र सम्पत्ति शुद्धीकरण निवारण नियमावली २०८१ को नियम ६३(१) बमोजिम कुनै व्यक्ति, निकाय वा संस्थाले आफ्नो काम कारबाहीको सिलसिलामा कुनै तरिकाले कुनै व्यक्ति, समूह वा संगठनको नाममा संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषदको सूचीकृत व्यक्ति, समूह वा संगठनसँग सम्बन्धित प्रस्ताव (रिजोल्युसन) ले सूचीकरणका लागि तोकेको मापदण्ड (डेजिग्नेसन क्राइटेरिया) मा पर्न सक्ने कुनै सूचना वा मनासिब आधार प्राप्त गरेमा सूचना गर्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया