घण्टाघरबाट हेर्दा

खप्रओको अपानवायु बन्द
घरेलु मन्तरीले झालेमालेका अध्येक्षे खप्रओको अपानवायु नै बन्द गर्देछन् । हुन त नयाँ जोगीले खरानी ज्यादा घस्छ भन्ने हो कि क्या हो ? ताइफाइ गर्ने हाम्रा घरेलु मन्तरी सुदन गुरुङले पर्धानमन्तरी भैसक्या खप्रओलाई क¥यापझ्याप पारेछन् । थुतुनो बझानमा ख्याति आर्जन ग¥या खप्रओलाई क¥यापझ्याप पारेसी’ झालेमालेका ठेट्नाहरु रन्थनिएका छन् । गुण्डुको गुण्डाकाजीले त आन्दोलनको घोषकै ग¥या छन् । दुई तीन पटक पर्धानमन्तरी भैसक्या, पार्टीको अध्यक्षे रहेका खप्रओलाई अँठ्याउनु राज्य आतंक हो रे । भोगटे काजी पनि हँसाउछन् वा † राजधानी सहित देशै कब्जा गर्ने भागेटे काजीको हुँकार अब डेड एक्स्पाएर भैसक्या छ । भोगटे काजी मात्र होइन आइलभयु केपी बा भनेर उफ्रने् झालेमालेका छौडा–छौडीहरु समेत तैचूप–मैचूप छन् । हुन त सबै बलेकै आगो ताप्ने त हुन् । खप्रओ सत्तमा छउन्ज्याल आइलभयु भन्नेहरु यतिबेला आइ हेट यु भन्न थाल्या छन् । जेलबाटै शुरु भएको खप्रआको
राजनीति जेलमै सिद्धिने भयो । घरेलु मन्तरीलाई साधुवाद त भन्नै पर्छ ।
गगन बिनको सांसद भयो रे

हैन हौ यो लाउरेसमा हिजोआज के उत्पात हुन लाग्या हँ ? घण्टी काँग्रेसहरुलाई नाटक गर्न पनि कस्तो सरम नलाग्या होला ? गनगने थापा आच्या बाख्रे साहेब बिनाको संसद औचित्यै हुँदैन भन्दै डंका छोडेर चिच्याएको देख्दा घण्टाघरलाई आश्चर्य लाग्या छ । निर्वाचनसम्म जित्न नसक्ने, जनताले नपत्याएका बाख्रे बिना संसद चल्नै नसक्न हो र ? प्रमाण यहाँ छ भनेर बुरुक बुरुक उफ्रेर चिच्याउने बाहेक तिनले आजसम्म संसदमा केही ग¥याजस्तो लाग्दैन । गनगनेको उपस्थिति बिना संसदको कल्पना सम्म गर्न सकिदैन रे । हैट चाकडीको पनि एउटा सीमा हुन्छ । गनगनेलाई संसदमै पु¥याउने हो भने एउटा खाली कुर्सीको छुट्टै व्यवस्था गर्न लगाए भैगयो ।
राइटर पक्रिदा काँग्रेस मौन
लाउरेसर पार्टी भन्या मरेको सिनो रै’छ भन्ने कु्रा आज आएर साबित भयो । नयाँ सरकारले देशका विख्यात लेखक यानी रमेश पाण्डेलाइ गिराÏतार गरेर लग्यो । तर सबै काँग्रेसी तै चूप मै चूप छन् । यत्रा भातृ संगठन छन् । पार्टी पक्ति छ तर कसले एक पित्को बोलेको भए मरिजाआउ । घरेलु मन्तरी छँदा त ज्यानै दिम्ला झै गरेर तिनका अघिपछि दौडन्थे, घरमा चौबीसै घण्टा जम्मा हुन्थे । ती सबै मुद्धा आज कता मुन्टिएछन् ? हुन त छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेँडी भन्थे हो रै’छ । लेखक भन्या काँग्रेसका पुराना नेता हुन् । कमसेकम उनको गिराÏतारीमा सिधै नभए पनि कुना काप्चाबाट आवाज त उठाउनु पथ्र्यो । झालेमालेका अध्यक्षे पक्राउ पर्दा आन्दोलन नै शुरु भएको छ । खै यही ताल हो भने काँग्रेस सिद्धिएको घोषणा हुनमात्र बाँकी होला जस्तो छ । बरु श्रम र्सँकृति पार्टीका अध्यक्षे हर्क साम्पाङ्गले विरो्ध गरे ।
गफ नदेउ ढकाल भाइ
रास्वपाका एकजना गफाडी ढकाल नराम्रोसँग उत्तानोचित्त भएका छन् । कहिले कुन दल, कहिले कुन दल, कहिले स्वतन्त्र हुँदै अन्तेमा जता मल्खु उतै ढल्कु भनेझै रास्वपामा छिरेर निर्वाचन जितेका सागर ढकाल अक्सफोर्ड पढेको खुब फुइँ लगाएर हिँड्थे । अक्सफार्ड पढेको प्रधानमन्त्री कहिले पाउने हामीले भन्दै कुर्लन्थे । तर ढकाल भाइलाई पत्तै भएन छ अक्सफोर्ड पढ्दैमा मन्त्री बन्न पाइदैन भनेर । अहिले जाबो एउटा सामान्य मन्त्री त बन्न सकेनउ । नेपालमा धेरै पढेकाको काम छैन भन्दा पत्याएनौ । सुदन गु्रुङ जतिको पढेको भए पुग्छ । खुबै म यो भन्त्री बन्छु र त्यो मन्त्री बन्छु भन्दै हिड्या थियो । अब गफ नदेउ है भाइ ज्यान गए पनि पत्याइँदैन । मन्त्री बन्ने त ल्याकत पो हुनुपर्छ त । सुदन गुरुङलाई हेर्ने पर्दैन ? त्यत्रो जेनजी आन्दोलन हुँदा जेनजीहरुलाई पानी बाँड्न दौडिएका थिए, सुस्ला आमैलाई पर्धानमन्तरी बनाउन सुरक्षा निकायसँग छलफल चलाए । तिमीलेचाहिँ खाली अक्सफोर्ड पढ्या छु भनेर फुलेर बस्यौ । अनि मन्त्री पाइन्छ त ? बात करता है ?
प्रतिवेदन एकतर्फी भयो रे
आफू अनकुल भए सबै कुरा ठीक प्रतिकूल भए नानाथरिका गनगन । पूर्व न्यायाधीश गौरीबहादुर कार्कीले जेनजी आन्दोलनको प्रतिवे्दन सार्वजनिक
गरेपछि तत्कालीन सत्तामा बसेका दोषीहरुमाथि सरकारले डण्डा बजाउन शुरु गरेपछि झालेमाले र लाउरेसका नेताहरुको ओठतालु सुकेको छ । सकन ओठ तालु सुक्नु ? कार्की आयोगको प्रतिवदेन जस्तो आउनुपथ्र्र्यो त्यस्तै आएको छ । हिजो लाँग्रेस र झालेमालेले ०४७ सालको प्रतिवेदन पनि पूर्व पधानपञ्चहरुमाथि मात्र डण्डा हान्ने गरी तयार गर्न लगाएका थिए । आज लाँग्रेस र झालेमालेलाई डण्डा हान्ने आएको छ । भोलि फेरि आजकालाई डण्डा हान्ने गरी आउला । नेपालाँ यो चक्र चलिरहन्छ ।
गणतन्त्रको भोज खाने
सत्ताका चरम दुरुपयोग गरेर बर्षौसम्म गणतन्त्रको भोज खानेहरुको टाउकोमा यतिबेला कालो बादल मडारिएको छ । कहिले ललिता निवास बजाइदिएको छ, कहिले ओम्नी बजाइदिया छ, कहिले लाउडा बजाइदिदया छ, कहिले चेज एयर बजाइदिया छ, कहिले एनसेल बजाइदिया छ, कहिले पतञ्जली जग्गा बजाइदिया छ, कहिले के बजाइदिएको छ त कहिले के बजाएको छ । बजाउन पनि निर्धक्क बजाएका थिए । यसो दायाँबाया हेरेर धक त मान्नुपर्ने थियो । हुन त सर्वाङ्गै नागो भैसकेपछि बजाउन के को लाज र त्यसरी निर्धक्क बजाउनेहरुमा सत्र हजारे प्रचण्डाउ, सर्पनाथ खनाल, स्यालबहादुर देउवा, बिना ढेउवा बिना पासपोर्ट भिषाका प्रवद्र्धक माकुने, खप्रओले ख्याल मजाले गणतन्त्रको भोज खाएनन् । अब गुरुङ माने भेडो गृहेमन्त्री भा’छ । यिनको् ठाममै लाग्ने गरी हान्या हान्यै गर्लान् जस्तो छ । जब मर्ममा प्रहार हुन्छ त्यसपछि आफै ओकल्छन् । खप्रओ र राइटरलाई अँठ्याएर कास्टिङमात्र देखाए जस्तो छ फिलिम शुरु हुन त बाँकी नै छ ।
श्राद्ध गर्ने नै भए
घण्टी पार्टीका सांसद अमेरस कुमार सिंह पनि सुझबुझ भएकै नेता रै’छन् । तिनले पहिल्यै भन्या थिए खप्रओले एमालेको श्राद्ध गरेरै विश्राम लिन्छन् । अहिले त्यही भा’छ । एमोलाई भड्खालोमा हालेर आफूचाहिँ सुदन गरुङ्गको कृपामा ससुराली पुग्या छन् । ससुरालीबाट फिर्ता ल्याउन आलाकाँचा ठेट्नाहरु सडकमा उफ्रन थाल्या छन् । किन उफ्रिएका होलान् ? कहिले सासुको पालो कहिले बुहारीको पालो । एक बर्ष अगाडि चैत्रमा तीनकुनेमा ताण्डप मच्चाएर दुर्गा प्रसाई लगायतलाई बिना कसुर जेलमा हाल्या किन बिर्सेको ? फेरि पहिला पहिला पो सडकमा गीत गाउँदा, नाच्दा, नारा लगाउँदा, उफ्रदा टन्न मासुभात खान पाइन्थ्यो । अब त्यो पनि नपाइने भएको छ । मासुभातको व्यवस्था गर्ने नै ससुरालीमा बसेपछि कस्ले मासुभात खुवाउने ? यसपटकको सडकको उफ्राई सुख्खा हुन भयो ।
अन्तेमा
जेनजी आन्दोलनपछि ९ सय पृष्ठको कार्की आयोगको प्रतिवेदन कार्की आमैलाई बुझायो । ढिलो बुझायो ल ठीकै छ । ढिलो चाँडो त्यस्तै हो बुझायो । तर घण्टाघरले बुझ्न नसकेको कुराचाहिँ के हो भने त्यो ९ सय पृष्ठको आयोगको प्रतिवेदनमा झोलेमालेका अध्येक्षे खप्रओ र स्यालबहादुरका विश्वासपात्र विश्वविख्यात लेखक रमेशको नाम किटान गरिएको थियो कि क्या हो ? त्यत्रो नौ सय पृष्ठको प्रतिवेदनमा दुईजनाका नाम कत्रा अक्षरले लखिएको रै’छ हँ ? अरुको त नाम छैन ।

तपाईको प्रतिक्रिया