लागु औषधसहित दुई जना प्रहरीको नियन्त्रणमा

धरान । सुनसरी प्रहरीले लागू औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । गत चैत १५ गते साँझ करिब ५ः२० बजे ईनरुवा नगरपालिका–४ बसचौकस्थित पूर्व–पश्चिम राजमार्गमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको संयुक्त चेकिङ टोलीले शंका लागेर जाँच गर्दा दुई युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका–८ बस्ने २६ वर्षीय सचिन घिमिरे र सोही स्थानका २८ वर्षीय विवेक श्रेष्ठ रहेका छन् । उनीहरू लौकहीबाट ईनरुवा तर्फ पैदल आइरहेको अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार चेकजाँच तथा खानतलासीका क्रममा सचिन घिमिरेको साथबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.७३ ग्राम (एक ग्राम ७३० मिलिग्राम) बरामद गरिएको हो । दुवै जनालाई लागू औषधसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया