सुरु भयो हजुरआमा सापटी लिने सेवा

घरमा बच्चाबच्ची छन् तर तिनीहरुलाई हेर्ने तथा उनीहरुसाग खेल्ने बुढाबुढी अर्थात् हजुरबा हजुरआमा छैनन् भने पनि चिन्ता लिनु नपर्ने भएको छ, रुसमा । किनकी त्यहााका परिवारहरुलाई हजुर आमाहरु सापटी लिन सक्नेछन् ।
समाचार अनुसार रुसको मस्कोस्थित भ्लादमिर क्षेत्रमा एक घण्टाका लागि हजुरआमा परियोजना सुरु भएको छ । यस अनुसार घरमा बच्चाबच्ची भएका परिवारहरुले सरसहयोगका लागि सित्तैमा हजुरआमाहरु भाडामा लिन सक्नेछन्, हप्ताको कैयौा पटक पनि । अनि यसरी अर्काका बाउआमा कज्यााएको पैसा पनि तिर्नुपर्नेछैन ।
सामान्य प्रशासनिक विधि तथा प्रक्रिया पूरा गरेपछि हजुरआमाहरुलाई भाडामा लिन सकिनेछ । अगष्टबाट सुरु भएको यो परियोजनामा अहिलेसम्म ३५ जना हजुरआमाहरुले सहभागिता जनाइसकेका छन् । यो सेवालाई मस्को तथा सकोभ सहरमा समेत विस्तार गर्ने योजना रहेको छ ।
यसले वृद्धवृद्धाहरुलाई समेत व्यस्त राख्ने, बच्चाबच्चीसाग खेल्ने तथा दिन बिताउने मौका प्रदान गर्नुका साथै कामकाजी परिवारलाई बच्चाको स्याहारबाट फुर्सद निकालेर अन्य काममा लाग्ने मौका प्रदान गर्ने हादा धेरै परिवार हजुरआमा सापटी लिने यो सेवाप्रति इच्छुक देखिएका बताइएको छ ।
स्मरण रहोस् मस्कोमा यसअघि नै एक घण्टाका लागि लोग्ने नामक सेवा पनि सुरु भैसकेको छ । जस अनुसार घरको साह्रोगाह्रो काम गर्नका लागि एक घण्टा कुनै पुरुषलाई भाडामा लिन सकिन्छ ।

तपाईको प्रतिक्रिया