धरान/बीपी चिन्तन प्रतिष्ठान जिल्ला कार्यसमिति सुनसरीले नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रवद्र्धक, प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०२ औं जन्मजयन्तिका अवसरमा चारजना व्यक्तिलाई अभिनन्दित तथा सम्मानित गरेको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर समर्पित रहादै आउनु भएका पश्चिम कुसाहका प्रजातन्त्र सेनानी मिश्रीलाल साह, नेपाली कााग्रेसकी प्रतिबद्ध कार्यकर्ता श्रीमति इन्दिरा पलिखे, श्याकुमार कार्की र अनिल विश्वकर्मालाई प्रतिष्ठानले अभिनन्दित तथा सम्मानित गरेको हो ।
सो अवसरमा नेपाली कााग्रेसप्रति आवद्ध, पुराना एवम् इमान्दर कार्यकर्ता चित्रकार गोपाल शाक्यद्वारा तयार
पारिएका बीपी कोइरालाको व्यक्तित्व सम्बन्धी चित्रकला प्रदर्शन गरिएको थियो । प्रदर्शनीको नेपाली कााग्रेसका जिल्ला सभापति राजीव कोइरालाले उद्घाटन गर्नुभएको थियो । बीपी चिन्तन प्रतिष्ठान सुनसरी धरानका अध्यक्ष आनन्दप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न उक्त विचार गोष्ठी, प्रजातन्त्रका सेनानी, तथा प्रतिवद्ध कार्यकर्ताको सम्मान तथा अभिनन्दन कार्यक्रममा प्रमुख अतिथि एवम् पार्टी सभापति राजीव कोइराला, भीष्म काफ्ले, नेपाली कााग्रेसका धरान नगर सभापति किशोर राई, डा. गोपाल भण्डारी, जिल्ला सचिव केदार भण्डारी, तिलक राईले बीपीका बारेमा विभिन्न कोणबाट प्रकाश पार्नुभएको थियो भने सञ्चालन श्यामा रेग्मीले गर्नुभएको
थियो ।
