घण्टाघरबाट हेर्दा

बाख्रै साहेव ब्याक भए रे
सर्लाहीमा घण्टीले बाह्र बजाएर लखेटेसी लाउरेसका अल्पकालीन सभापति बाख्रे साहेवले राजीनामा दिम कि नदिम भनेर सामाजिक सञ्जाल ट्रायल गरे । सामाजिक सञ्जालमा आफ्ना नन्दीभृंगीहरुको ठूलो संख्या परिचालन गरेर दिनुहुँदैन भन्ने रिप्लाई गर्न लगाए । तुरुन्तै राजीनामा दिनुपर्छ भन्नेहरुको थुतुनो थुन्न तथानाम गालीको बर्षा गर्न लगाए । जाबो एउटा अमरेन्द्र कुमार सिंहसँग पाहा पछारिए झै पछारिएका बाख्रे साहेब यतिबेला राजीनामाबाट व्याक भा’छन् रे । सबैतिरबाट राजीनामा नदिन दबाब आयो रे । बच्चा जन्मनु कहिले कहिले कोक्रो बन्नु अहिले भनेझैँ बाख्रे साहेवले चुनावै नजितिकन देश कसरी चलाउनु पर्छ भनेर खाका तयार पारेका थिए रे । तर तिनका खाकालाई सर्लाहीका जनताले पत्याइदिएनन् । काठमाण्डौका जनताले नपत्याउने छानक पाएसी’ सर्लाहीका जनतालाई मूर्ख बनाउन झरेका थिए । विचराको हरिबिजोगै भयो। अब नियमित महाधिवशेनबाटै घोक्रेठ्याक खानुभन्दा अगावै बोरा विस्तारा कसेर कुले ठोक्दा बेश ।
शिक्षकको दुर्दिन आए जस्तो छ
घण्टे पार्टीका खगेन्द्र सुनुवारले नेपालका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरुका लागि अस्तिका दिन बडो गतिलो उर्दी जारी गरेका छन् । सनुवारले घण्टा हल्लाएकै भरमा ल्वाई कि ल्वाई भोट हालेकाहरु माने शिक्षकहरु अबचाहिँ कन्तविजोगै होला जस्तो छ । अस्तिका दिन सनुवारले शिक्षकहरुलाई उत्तानो पारेर भाटाले बजाउनुपर्छ भनेर अभिव्यक्ति दिए । अत्याधिक वहुमतले चुनाव जितेर आएका सांसदले भनेको मान्नैप¥यो । सुनुवारको अभिव्यक्तिले क्षकहरुमा खैलाबैला मच्चिएको छ । तर भाटाले कुन दिनदेखि कुट्ने् त्योचाहिँ सुनुवारले मिति तय गरिसकेका छैनन् । विचरा निर्वल शिक्षकहरुको सुनुुवारले धुलै काढ्ने भए ।
खै कहिले बुझ्लान् गुइँठेहरुले
युरोपियनहरुले त्यसै भन्या होइन रैँछ संसारमा सबैभन्दा मूर्ख मतदाता नेपालका हुन् भनेर । अब हेरम न हिजो आज एकथरि गुइँठेहरु राप्रपाले भोट ल्याएन त्यसैले राजाको मुद्धा सकियो रे । भोट नल्याउँदैमा राजाको मुद्धा सकियो भन्ने गुइँठेहरुले खै कैले बुझ्लान् ? त्यसो भए माओवादीले जनमत पाएन । के गणतन्त्र सिद्धियो भन्ने ? हैन हौ यस्ता हावाको दिमागमा गुहु नै भरिएको छ कि क्या हो ? गणतन्त्रको नाममा लुटिखानेहरु यतिबेला तिल्मिलाएका छन् । कुन दिन बालेनले दुई तिहाइले निर्णय गरेर राजसंस्था ल्याइदिन्छन् त्यसबेला यिनको चेत खुल्ला ।
आगमन भिषा नदिने रे
हाम्रा बाबु बाजेले त्यसै भन्या होइन हगाई भन्दा पदाई ठूलो भनेर । नेपालमा वर्तमान शासक पदाइकै पछि लागेका छन् । अब हेरम न गृहमन्त्रायले अस्तिका दिन बडो गज्जबको निर्णय गरेछ । इरानी नागरिकलाई नेपाल आउने अर्थात आगमन भिषा नदिने रे । यो के खालको पांदुरे निर्णय हो ? इरानी नागरिक नेपाल आउँछन् ? न नेपालले इरानसँग तल व्यापार गरेको छ, न अरु कुनै प्रकारको व्यापार व्यवसाय गरेका छन् । इरानी नागरिक ह्वारह्वार्ती कहिले पो नेपाल आएका छन् र ? हावा न चावाको निर्णय ग¥यो, मिडियाबाजी ग¥यो, भत्ता पचायो । हुन त नेपालका मन्त्रालयहरुले गर्ने निर्णय नै यस्तै हो । हावाको भरमा हिड्या छ । ताइ न तुइको निर्णय ग¥यो बस्यो ।
ठूला दको बन्ध्याकरण

यस पटकको नेपालको निवाचन बडा गज्जबको भयो । बर्षैदेखि आफूलाई ठूलो दल भनाउँदाहरुको यसपटक बालेनले घण्टी बजाएरै बन्ध्याकरण
गरिदिएका छन् भने क्षेत्रय, पहिचानवादीहरुको समुलै नष्ट गरिदिएका छन् । बन्ध्याकरण गरिएका ठूला दलहरुको हैकम सानो थिएन । नेपाली नागरिकलाई अनागरिक बनाएर विदेश ठेलेर पनि मालै पड्काएका थिए , कर्मचारी सरुवा बढुवामा पनि मालै पडएका थिए । विकासका आयोजनाहरुमा पनि मालै पड्काएका थिए । तिरिक्क पहेलो पिसाब आउँदा पनि राज्यको ढुकुटीबाट उपचारका लागि विदेश दौडिएकै थिए, ललिता निवास पनि डकारेकै थिए, लाउडा, चेजएयर, एनसेल, टेरामक्स पनि भ्याइदिएकै थिए । अनि यिनीहरुको बन्ध्याकरण र समुल नाश नभए कस्को हुन्छ ?
घण्टेहरुको नारामा परिवर्तन निर्वाचनको बेला सहर र गाउँमा घण्टी बजाएर ध्वनी प्रदूषण गरेका घण्टेहरु सरकारमा जान लाग्दा नारामा पनि परिवर्तन भएको छ । घण्टीको तालमा ¥याप हानेर चुपचाप घण्टीमा छाप बोलको गीतमा उफ्रनुसम्म उफ्रिएका थिए । आफू त उफ्रिए उफ्रिए अरुलाई पनि उफार्न सफल भएका थिए । प्रदषण ज्यादै फैल्याएपछि निर्वाचन आयोगले घण्टी बजाउन रोक लगायो । अब अहिले घण्टेहरुको नारा बदलिएका छ । अब खाना पकाउन सिलिण्डर हाफ, नेपालीहरुको दैनिकी साफ । दिन कस्तो हुन्छ भन्ने कुरा विहानको मौसम हरेर अनुमान गर्न सकिन्छ । घण्टेहरु
सरकारमा जान लाग्दा नेपालीको चुलो नबल्ने भयो । यसैका लागि मच्चिई–मच्चिई भोट हालेका थियौ क्या वात †
गन्हाउने मुख बेपत्ता
निर्वाचन अगाडि नेकपाका सह संयोजक माकुने आच्या गन्हाउने थुतुनो भा’काले हामी स्पष्ट बहुमत ल्याउँछम् भनेर कम्ता डंका पिटेका थिएनन् । ्रसरकार चलाउने अनुभव हामीसँग मात्र छ, २० वटा राजनैैतिक दल मिलेर पार्टी बनेको हो भन्ने जस्ता कुरा ग¥या थिए । तर निर्वाचनमा माकुनेले जमानत समेत जोगाउन सकेनन् । लाजसको पसारो । विचरा मच्चिए मच्चिए अनि थच्चिए । यसपालि त मानुकेलाई रौतहटमा जनताले राम्रै स्वागत गरेछन् । गत निर्वाचनमा फ्रि ढेउवा, फ्रि भिषामा वैदेशिक रोजगारमा युवाहरलाई पठाइदिने बाचा ग¥या थिए । विचरा युवाहरुले गोडा तीनकेक बर्ष पर्खिए । न माकुनेले विदेश पठाए, न फर्किएर गए । युवाहरुलाई जिल्लराम बनाइदिए । यसपटक माकुनेलाई पूरै जिल्लाबासीले नै जिल्लराम बनाइदिएछन् । वक्त वक्त कि बात है ।
न्याय पाउलिन जस्तो छैन
इनिसा विकमाथि पासविक बलात्कार भएको छ । उनीमाथि भएको् पासविक बलात्कारीहरुलाई मृत्यु दण्डको सजाय दे भनेर ठाम ठाममा नारा जुलुस निस्कन थाल्या छ । तर घण्टाहरुबार्टचाहिँ इनिसा विकले न्याय पाउँछिन् भन्ने कुरामा फुट्टीकौडी विश्वपास छैन । हुने कुरा पनि भएन । त्यसैमाथि अब रास्वपाको सरकार बन्दैछ । रास्वपाकी नेता सोभिता गौतमले निर्वाचन अगावै भनिसकेकेकी छन् बलात्कार सामान्य कुरा हो । एक दुई झापड हाने जस्तै हो । अब यस्ती महान नेताले निर्वाचन जितेर सांसद भैसक्या छिन् । भोलि मन्तरी होलिन् । सरकार एक्लौटी यिनीहरुले बनाएसी’ बलत्कारीले फुइøयाँ सजाय पाउँछन् ? बलात्कार रास्वपाका लागि जघन्य अपराध हुँदै होइन । यति कुरा बुझेर पनि निसा विकलाई न्याय दे, बलात्रकीलाई फाँसी दे भनेर सडकमा अधिकारीबादीहरुले के तमासा देखाएका होलन् ? कुरा बुझ्नुमा छ ।

तपाईको प्रतिक्रिया