इनिसाको हत्यारालाई कडा कारबाहीको माग

धरान । सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या गरिएको जघन्य घटनाको विरोधमा धरानमा दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै खबरदारी ¥याली निकालिएको छ । धरान बाल सञ्जालको आयोजनामा भएको ¥यालीमा सहभागी बालबालिकाहरूले बालबालिकामाथि बढ्दो हिंसाविरुद्ध कडा आवाज उठाउँदै दोषीलाई तत्काल कानुनी कठघरामा ल्याउन माग गरेका छन् ।

धरान–१२ स्थित धरान उपमहानगरपालिकाको प्राङ्गणबाट सुरु भएको ¥यालीले नगरका विभिन्न मुख्य सडकको परिक्रमा गर्दै भानुचौकमा पुगेर कोणसभा गरेको थियो । सहभागीहरूले “बालिकामाथि हुने हिंसा बन्द गर”, “इनिशा बिकलाई न्याय दे” र “अपराधीलाई कडा कारबाही गर” लेखिएका प्लेकार्ड बोकेका थिए । ¥यालीको नेतृत्व गरिरहेका धरान बाल सञ्जालका प्रतिनिधि रोजन शंकरले घटनाको घोर भत्र्सना गर्दै राज्यको मौनताप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले चेलीबेटी आफ्नै घर र समाजमा असुरक्षित हुनु अत्यन्त दुःखद र लज्जास्पद विषय भएको बताउँदै इनिशा बिकको हत्यारालाई कडाभन्दा कडा सजाय नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिनुभयो ।

तपाईको प्रतिक्रिया