इटहरी/आम नेपालीहरुको महान एवम् राष्ट्रिय पर्व दशौ आउन अब एक महिना बााकी छ । अन्य समय जे जस्तो भएपनि, जस्तोसुकै लगाएपनि, जे सुकै खाएपनि दशैका समयमा राम्रो लगाउने, मिठो खाने हरेक नेपालीको सपना हुन्छ । यो महान चाडको अवसरमा दशौको जोहो गर्ने हेतुले सर्वसाधारणहरु एक महिना अगाडिदेखि नै किनमेल गर्न थाल्छन् ।
देशैका लागि किनमेल गर्न एक महिना अगाडिदेखि नै आउने गा्रहकको भीड गोरखा डिपार्टमेन्ट स्टोरमा खचाखच देखिन्छ । यतिबेला गोरखा डिपार्टमेन्ट स्टोरमा आकर्षक पहिरन अर्थात कपडा किन्नेहरु बढी देखिएका छन् । लगातार तराई तथा अन्यत्र भएको बन्दले पनि गोरखा डिपाटमेन्ट स्टोरमा आउने ग्राहकहरुमा कुनै कमी आएको पाइादैन नियमित ग्राहकहरु आइरहेका छन्् डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यको कथन छ । डिपार्टमेन्ट स्टोरको पहिलो शाखा मोरङ्गको
विराटचौकमा समेत यतिबला अधिकांश ग्राहक आकर्षक पहिरन
(कपडा) मै झुम्मिएका देखिन्छन् आचार्यको कथन छ ।
दैनिक बन्दका समयमा पनि
धरान, इटहरीका स्थानीय, पूर्वी पहाडी जिल्ला र पूर्वी नाकाबाट ठूलो संख्याका भारतीय नागरिक यतिबेला किनमेलका लागि आउने गरेका छन् । नयाा डिजाइन र फेसनेवल कपडा नै गोरखा डिपार्टमेन्ट स्टोरको विशेषता भएको छ दशैको किनमेल गर्ने ग्राहकहरुका लागि । राजधानीपछि पूर्वाञ्चलमा पहिलो पटक खुलेको डिपार्टमेन्ट स्टोरले सत्र बर्षको अवधिमा लाखौ ग्राहकको मन जितिसकेको छ । एउटै छानामुनी मानवीय आवश्यकताका लाखौ सामान उपलब्ध हुनु यसको विशेषताकै कारण ग्राहकहरुको पछिल्लो रोजाइमा गोरखा डिपार्टमेन्ट स्टोर पर्दै आएको छ । स्तरीय सामान र हरेक सामानको निश्चित मूल्य तोकिएका कारण बार्गेनिङ्ग गर्नु नपर्ने झन्झट ग्राहकहरुले व्यहोर्नु पर्दैन ।
गोरखा डिपार्टमेन्ट स्टोरको गोरखा किचेनको दक्षिणतर्फ रहेको एसीसहितको गोरखा हल इटहरीकै सानको रुपमा
रहेको छ । विवाह, भोज, पार्टी आदिका लागि अत्यन्तै उपयुक्त गोरखा हल यतिबेला स्थानीय मात्र नभएर बाहिरका मानिसहरुका लागि पनि पहिलो रोजाईमा पर्ने गरेको छ । दुई सय जना क्षमता
रहेको उक्त हल प्रतिघण्टा २ सय ५० रुपैया र साउन्ड सिस्टमको एक हजार मात्र बुझाएर निर्धक्क विवाह, भोज, पार्टी, कार्यक्रम सञ्चालन गर्न सकिन्छ । इटहरीमा बग्रेल्ती पार्टी प्यालेसहरु पछिल्ला दिनमा खुले तापनि तिनले स्थानीय तथा बाहिरका मान्छेलाई आकर्षित गर्न सकेको देखिदैन । गर्मीमा खल्खली पसिना र जाडोमा मुटु नै कपाउने त्यस्ता पार्टी प्लेस तथा हलहरुप्रति आयोजकहरुको त्यति ध्यान जान छाडेको छ । गोरखा हलको अर्को विशेषता भनेको मनोरम दृश्यावलोकन र संगै रहेको गोरखा किचेनबाट रुची अनुसार खाजा नास्ता उपलब्ध हुनु पनि हो ।
यस्तै डिपार्टमेन्ट स्टोरको भुइातलाको उत्तरपट्टि रहेको लिक्वायर सेक्सनमा पछिल्ला दिनमा महिलाहरुको भीड उल्लेख्यमात्रामा बढेको डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनु
हुन्छ । स्वदेशी तथा विदेशी ब्राण्डका हिस्वी, वाइन, जीन, ब्राण्डी, रम, भोड्काका अलवा वाइनहरु रोयल विग, मास्टर डिभाइन,, हिन्वाका व्राण्डहरु भुइातलामा रहेका छन् । अक्सर गरेर अरु ब्राण्डका रक्सीहरु पुरुषहरुले खरिद गरेर लिएर जाने भए तापनि हिन्वा,
रोयल विग मास्टर डिभाइन जस्ता वायनहरु महिलाहरुले बढी खरिद गर्न थालेका छन् । यसबाट प्रष्ट हुन्छ महिलाहरु पनि हल्का पेयपदार्थ वाइनप्रति आकर्षित हुादै गएका छन् ।
गोरखा डिपार्टमेन्ट स्टोरले गत बर्षदेखि आÏना नियमित ग्राहकलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्राहक सेवा योजना सञ्चालन गरेको छ । यसपटकको ग्राहक सेवा योजना स्टोरले गत बुधबार आफ्नै प्रांगरणमा एक कार्यक्रमको आयोजना गरी स्कुटर र अन्य सान्त्वना पुरस्कार वितरण गरी सम्पन्न गरेको छ । यस अन्र्तगत उसले लक्की ड्र मार्फत स्कुटर प्रदान गरेको हो ।
यसपटकको पहिलो पुरस्कार इटहरी वडा नं. ८ का सुमनकुमार फुयाालले प्राप्त गरेका छन् । यमाहा कम्पनीको
रे जेड मोटर साइकल तिरुपति अटो सिटी इटहरी र गोरखा डिपार्टमेन्टको सहकार्यमा फुयााललाई प्रदान गरिएको हो । गोरखा डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्न पुग्ने ग्राहकले एक पटकमा ३ हजार भन्दा बढीको सामान खरिद गर्ने ग्राहकलाई उक्त योजनामा सहभागी गराई लक्की ड्रमार्फत पुरस्कार प्रदान गर्ने गरेको छ । यसपटकको दोस्रो पुरस्कार दमककी विजिता प्रसाई, तेस्रो पुरस्कार इटहरीका मोजले प्राप्तगरे भने सान्त्वना पुरस्कारधरानकी जीवनकला लिम्बु, मनकुमारी राई, तयाहाङ्ग राई, स्वीकृति आचार्य, अनिता चौधरी, तर्क मगर र अमर भुजेले प्राप्त गरेका छन् ।
हरेक उमेरका अहिलेका पुस्ताका लागि अनिवार्य जस्तै भएको कम्प्युटर र ल्यापटप खरिदका लागि ग्राहकको पहिलो रोजाईमा परेको छ गोरखा डिपार्टमेन्ट स्टोर । जुनसुकै साइजका ब्राण्डेड ल्यापटप र कम्प्युटर बजारमा पाइने मूल्य भन्दा कम मूल्यमा पाइएपछि पनि यसप्रति ग्राहकको रुची बढेको हो ।
एप्पल, डेल, एच.पी, लेनेर्वा, एसर जस्ता ब्राण्डेड ल्यापटपले प्रयोगकर्तालाई नलोभ्याइरहन सक्दैन । यसका अलावा अलइन वान कम्प्युटर (जसमा छुट्टै सिपियुको झन्झट नहुने र बर्षौसम्म टिक्ने) का कारण पनि कम्प्ुटर सेक्सनमा ग्राहकको सधै भिडभाड देखिने गरेको छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य भन्नुहुन्छ, दैनिक सरदर १० वटा ल्यापटप र त्यतिकै अनुपातमा अलइन वान कम्प्युटरहरु बिक्री हुने गरेका छन् । मनिटरमा डेल, सामसुङ्ग, आसुस, एक्सज सिरिज, प्रोसेसर, प्रोजेक्टरहरुसमेत फिक्स प्राइसमा उपलब्ध छन् । प्रिन्टरहरुमा सामसुङ्ग, ब्रदर, क्यानन,ब्लाक एण्ड ह्वाइट र कलर दुवैमा उपब्ध छन् । कम्प्युटरका लागि चाहिने सम्पूर्ण पार्टहरु समेत एकै ठाउामा उपलब्ध छन् ।
डिपार्टमेन्ट स्टोरका कर्मचारी रन्जित मालाकारका अनुसार अहिलेका पुस्तामा इलेक्ट्रोनिक्स सामान खरिदमा आकर्षक नै बढेको छ । डिपार्टमेन्ट स्टोरको दोस्रो तलामा उपलब्ध सम्पूर्ण इलेक्ट्रोनिक्स सामान खरिदका लागि स्थानीयदेखि भारतको सिलगुढी, दार्जीलिङ्ग, सिक्किम , आसामसम्मका ग्राहकहरु आउाछन्, इलेक्ट्रोनिक्स सामानमा पूर्वाञ्चलमा नै चर्चामा आएको गोरखाले पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमा लञ्च भएको मोवाइलहरु समेत विक्री वितरण
गरिरहेको छ ।
